एब्टाबाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एब्टाबाद
ایبٹ آباد
View of Abbotabad.JPG
एब्टाबाद पाकिस्तान-এ অবস্থিত
एब्टाबाद
एब्टाबाद
पाकिस्तानको नक्शामा एब्टाबादको अवस्थिति
देश Flag of Pakistan.svg पाकिस्तान
प्रदेश खैबर पख्तुनख्वा
जिल्ला एब्टाबाद
तहसील एब्टाबाद
स्थापना १८६३
सरकार
 - नाजिम
 - नाबीव नाजिम
अवनति १,२५६ मि (४,१२१ फिट)
जनसङ्ख्या (२०१७)[१]
 - जम्मा २०८,४९१
  एब्टाबाद: १३८,३११
एब्टाबाद नगरपालिका: ७०,१८०
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+५)
सम्पर्क कोड ०९२२
सङ्घिय परिसरको सङ्ख्या [२]
[३]

एब्टाबाद (उर्दु: ایبٹ آباد‎) पाकिस्तानको पाकिस्तानको खैबर पख्तुनख्वामा हजारा क्षेत्रमा पर्ने एब्टाबाद जिल्लाको सदरमुकाम शहर हो । यो शहर इस्लामाबादरावलपिंडी दुई शहरबाट १२० किलोमिटरको दुरुमा रहेको छ भने पेशावर शहरबाट १५० किलोमिटरमा रहेको छ । यो शहर समुन्द्री सतहबाट १,२६० मिटर उचाइमा रहेको छ । यो शहर कश्मीरबाट पुर्वमा रहेको छ ।

यस शहर पाकिस्तानकै सबैभन्दा अनुकुल मौसम, उच्च शिक्षा र पाकिस्तानी सैनिक तालिक केन्द्रको आयोजना गर्ने शहरको लागि चिनिन्छ जुन काकुल शहरमा आयोजना हुने गरेको छ । यस शहरमा रहेका लोकप्रिय पहाड र भिरपाखले गर्दा हरेक वर्ष सयौं पर्यटकहरूलाई यस शहर अवलोकन गर्न आउने गरेका छन् । यस शहर ओसामा बिन लादेनको हत्या गरेको ठाउँको रुपमा प्रचलित छ ।

भूगोल[सम्पादन गर्ने]

एब्ताबाद शहर चारै तिरबाट पहाडले घेरेको जसबाट पर्यटकहरूले एब्टाबाद उपत्यकाको अवलोकन गर्न सक्छन् । यो शहर समुन्द्री सतहबाट ४,१२० फिटको उचाइमा अवस्थित छ । शहरको उत्तरतिर सुन्दर कागान घाटी रहेको छ ।

सरकार[सम्पादन गर्ने]

एब्टाबाद शहर एब्टाबाद जिल्ला र हजारी क्षेत्रको सदरमुकाम शहर हो । एब्टाबाद जिल्लाका आयुक्त, प्रहरीका उप निरीक्षक, जनरल आयुक्त सबै एब्टाबाद शहरमा रहेका छन् । यो शहर गाउँ, नगरपालिकामा विभाजित छ । सिभिल प्रशाशक बाहेक यो शहर विभिन्न सैनिकहरूको अड्डा र तालिम केन्द्र पनि रहेका छन् ।

अर्थतन्त्र[सम्पादन गर्ने]

शिक्षा[सम्पादन गर्ने]

एब्टाबाद पाकिस्तानकै साक्षरता दर भएको शहर हो जसमा सन् २००७ मा ६७% रहेको थियो भने सन् २०११ मा यो दर ८७% पुगेको थियो । यो शहर खैबर पख्तुनख्वा कै पहिलो उच्च साक्षरता दर भएको शहर हो भने पाकिस्तानमा दोस्रो स्तरमा रहेको छ । यस शहरमा युवा (१५-३०) जनसङ्ख्याको साक्षरता दर उच्च रहेको छ किनभने यस शहरमा अन्य शहरबाट शिक्षा लिन अाउने विद्यार्थीको सङ्ख्या उच्च रहेको छ ।

यस शहरमा विभिन्न माध्यमिक शिक्षण संस्थाहरू रहेका छन् जस्तै- अयूब मेडिकल कलेज, फ्रन्टिएर मेडिकल कलेज, कम्सट्स साइन्स र टेक्नोलोजी विश्वविद्यालय र ईन्जिनियरिङ् र टेक्नोलोजी विद्यालय आदि छन् । एब्टाबाद पाकिस्तानी सैनिक एकेडेमीको स्थल हो जसमा चार वर्षीय सहकारी सैनिक प्रसिक्षण दिने आएको छ ।[४] सन् २०१४ आलिफ आलिएनका अनुसार पाकिस्तान जिल्ला शिक्षा बरियतामा यहाँ रहेको शिक्षामा गुणस्तरका आधारमा एब्टाबाद १४६ जिल्ला मध्य ३७ औं मा पर्न सफल भएको छ । [५]

खेलकुद[सम्पादन गर्ने]

एब्टाबाद शहरमा अरु खेल भन्दा क्रिकेट खेल सबैभन्दा लोकप्रिय छ । यस शहरको आधिकारिक क्रिकेट टोली एब्टाबाद फाल्कोन हो जसले राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी जनाउँदै आएको छ । यस शहरमा अन्य खेलहरू जस्तै फुटबल, हक्की, टेक्वान्डो आदि खेलहरू पनि खेलिन्छ । यस शहरमा एब्टाबाद क्रिकेट रङ्गशाला रहेको छ जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू पनि हुने गरेको छ । यस शहरमा हक्की खेलको लागि अन्तर्राष्ट्रिय रङ्गशाला पनि रहेको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "पाकिस्तानका जिल्ला अनुसारका जनगणना र घरहरूको सङ्ख्या", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-१७ 
  2. "युअारएल-५ अप्रिल २०१६", एनअाार डट जिअोभी डट पिके, २८ अक्टोबर २००५, मूलबाट १५ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. एब्टाबाद जिल्ला सरकार
  4. "पाकिस्तानी सैनिक तालिम", पाकिस्तान आर्मी, २५ जनवरी १९४८, अन्तिम पहुँच ३ मे २०११ 
  5. "२०१४- अालिफ अलिएनको शिक्षा बरियता", अालिफ, अन्तिम पहुँच २०१४-०५-०६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]