एमएसएन
![]() | |
साइटको प्रकार | वेब प्रवेशद्वार |
---|---|
सेवा क्षेत्र | विश्वव्यापी |
मालिक | माइक्रोसफ्ट |
युआरएल | www |
व्यवसायिक | मिश्रित |
दर्ता | वैकल्पिक |
चालु भएको मिति | अगस्ट २४, १९९५ |
वर्तमान स्थिति | सक्रिय |
लेखिएको भाषा | एएसपी डटनेट[१] |
एमएसएन एक वेब पोर्टल र विन्डोज र मोबाइल उपकरणहरूको लागि इन्टरनेट सेवाहरू र अनुप्रयोगहरूको सम्बन्धित सङ्ग्रह हो। यसलाई माइक्रोसफ्टले सञ्चालन गर्दछ। यो विन्डोज ९५ को जारीसँगसँगै २४ अगस्ट १९९५ मा सुरू गरिएको थियो।[२]
माइक्रोसफ्ट नेटवर्क सुरुमा सदस्यतामा आधारित डायल अप अनलाइन सेवा थियो जुन पछि एमएसएन डायल अप नामक इन्टरनेट सेवा प्रदायक बनेको थियो। कम्पनीले माइक्रोसफ्ट इन्टरनेट स्टार्ट नामक नयाँ वेब पोर्टल लन्च गरेको थियो र यसलाई यसको वेब ब्राउजर इन्टरनेट एक्सप्लोररको पहिलो पूर्वनिर्धारित गृहपृष्ठको रूपमा राखेको थियो। सन् १९९८ मा, माइक्रोसफ्टले यस वेब पोर्टलको नाम परिवर्तन गरी डोमेन नाम एमएसएन डटकममा सारेको थियो।[३]
यसको मूल एमएसएन डायल-अप सेवाको अतिरिक्त, माइक्रोसफ्टले वर्षौँदेखि विभिन्न प्रकारका उत्पादनहरू र सेवाहरूको लागि 'एमएसएन' ब्रान्ड नाम प्रयोग गरेको छ। यसले विशेष गरी हटमेल (पछि आउटलुक), मेसेन्जर (जुन एक पटक इन्टरनेट शब्दमामा 'एमएसएन'को पर्यायवाची थियो र हाल स्काइपद्वारा प्रतिस्थापित गरिएको छ), र यसको वेब खोज इन्जिन, हाल बिङ, र धेरै अन्य पुनर्गठित र बन्द गरिएका सेवाहरूमा एमएसएन प्रयोग गरेको थियो।
एमएसएनद्वारा प्रस्तावित हालको वेबसाइट र अनुप्रयोगहरूको सुइट पहिलो पटक माइक्रोसफ्टले सन् २०१४ मा पूर्ण पुनःबनोट र पुनः जारी भागको रूपमा प्रस्तुत गरेको थियो।[४] एमएसएन संयुक्त राज्य अमेरिकामा आधारित छ र यसले विश्वका दर्जनौँ देशहरूका लागि यसको पोर्टलको अन्तर्राष्ट्रिय संस्करणहरू प्रदान गर्दछ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Roger Chapman, "Top 40 Website Programming Languages", roadchap.com, मूलबाट सेप्टेम्बर २७, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ६, २०११।
- ↑ "Microsoft timeline and profile", About.com Web Trends, मूलबाट जुन १९, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १, २०१२।
- ↑ "MSN works to find its focus", मूलबाट जुन ६, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ७, २००९। वेब्याक मेसिन अभिलेखिकरण जुन ६, २००७ मिति
- ↑ Bishop, Todd (सेप्टेम्बर ३०, २०१४), "MSN's rebirth brings Microsoft's new approach into focus", GeekWire, अन्तिम पहुँच अक्टोबर १, २०१४।
- ↑ "MSN Worldwide", MSN, अन्तिम पहुँच अप्रिल १०, २०१५।