सामग्रीमा जानुहोस्

एमिल वोन बेहरिंग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एमिल वोन बेहरिंग
सन् १९१३ मा बेहरिंग
जन्मएडोल्फ एमिल बेहरिंग
(१८५४-०३-१५)१५ मार्च १८५४
हान्सडोर्फ, क्राइस रोजेनबर्ग, प्रुशियाको प्रान्त (हालको वाविचे, इलावा काउन्टी, पोल्यान्ड)
मृत्यु३१ मार्च १९१७(1917-03-31) (उमेर ६३)
राष्ट्रियताजर्मन
चिनारीको कारणडिफ्थेरिया बाल रोगसम्बन्धी गरेको अनुसन्धान
पुरस्कारएडिनबरा विश्वविद्यालयको क्यामरुन पुरस्कार (१८९४)
नोबेल पुरस्कार (१९०१)
वैज्ञानिक करियर
क्षेत्रजीवशास्त्र, इम्म्युनोलजी,नेत्रशास्त्री

इमिल भोन बेहरिङ (इमिल एडोल्फ भोन बेहरिङ, जन्मनामः इमिल एडोल्फ बेहरिङ; १५ मार्च १८५४ – ३१ मार्च १९१७, अङ्ग्रेजी: Emil von Behring) एक जर्मन जीवशास्त्री थिए। उनले १९०१ मा जीवशास्त्र विज्ञान वा चिकित्सा तर्फको पहिलो नोबेल पुरस्कार प्राप्त गरे, जुन उनलाई डिफ्थेरियाको एन्टिटक्सिन (विषरोधी) को खोजका लागि प्रदान गरिएको थियो।

डिफ्थेरिया बाल मृत्युको प्रमुख कारणमध्ये एक भएकाले उनलाई "बालबालिकाका उद्धारकर्ता" भनेर व्यापक रूपमा चिनिन्थ्यो।[] उनले डिफ्थेरिया र धनुष्टम्भ (टिटानस) रोगसम्बन्धी गरेको अनुसन्धानकै कारण उच्च ख्याति र सम्मान प्राप्त गरे।[] सन् १९०१ मा उनलाई प्रुशियाली कुलीन उपाधि दिइएको थियो, जसपछि उनलाई "भोन बेहरिङ" भनेर चिनिन थालियो।

बेहरिङको जन्म हान्सडोर्फ, क्राइस रोजेनबर्ग, प्रुशियाको प्रान्त (हालको वाविचे, इलावा काउन्टी, पोल्यान्ड) मा भएको थियो। उनका पिता एक विद्यालय शिक्षक थिए, र उनको परिवारमा १३ जना सन्तान थिए।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

२९ डिसेम्बर १८९६ मा, बेहरिङले २० वर्षीय एल्से स्पिनोला (१८७६–१९३६) संग विवाह गरे। एल्से, बर्नहार्ड स्पिनोला (बर्लिनको शारिटे अस्पतालका निर्देशक) की छोरी थिइन्। उनकी आमा एलिस स्पिनोला (जन्म नाम बेन्डिक्स) यहुदी परिवारमा जन्मेकी थिइन् तर विवाहपछि ख्रीष्टियन धर्ममा परिवर्तित भएकी थिइन्।[] बेहरिङ र एल्से स्पिनोलाका छ जना छोराहरू थिए। उनीहरूले १८९७ मा "भिल्ला बेहरिङ" (काप्रिमा रहेको बेहरिङको अवकाश गृह) मा हनीमून मनाएका थिए। १९०९ देखि १९११ सम्म, रूसी लेखक म्याक्सिम गोर्की यसै भिल्लामा बसोबास गरेका थिए।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. ढाँचा:Nobelprize The Immune System: In Defence of our Lives, nobelprize.org
  2. Bynum, W. F. (२००७-०४-०१), "DEREK S. LINTON. Emil von Behring: Infectious Disease, Immunology, Serum Therapy. (Memoirs of the American Philosophical Society, number 255.) Philadelphia: American Philosophical Society. 2005. Pp. xi, 580. $65.00", The American Historical Review (अङ्ग्रेजीमा) 112 (2): 605–606, आइएसएसएन 0002-8762, डिओआई:10.1086/ahr.112.2.605 
  3. Derek S. Linton, Emil von Behring: Infectious Disease, Immunology, Serum Therapy, American Philosophical Society, 2005, p. 198