सामग्रीमा जानुहोस्

एयावाडी क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एयावाडी क्षेत्र म्यानमारको एयावाडी नदीमा फैलिएको एउटा प्रशासनिक क्षेत्र हो। यस क्षेत्रको राजधानी सहर पटहेन हो। यो क्षेत्रलाई उत्तर–पश्चिममा राखाइन राज्य, उत्तरमा बागो क्षेत्र, पूर्वमा याङ्गोन, र दक्षिण तथा पश्चिममा बङ्गालको खाडीले घेरिएको छ।[]

एयावाडी क्षेत्रको १५°४०′ देखि १८°३०′ उत्तर अक्षांश र ९४°१५′ देखि ९६°१५′ पूर्व देशान्तरसम्म फैलिएको छ। क्षेत्रफल करिब ३५,१४० वर्ग किलोमिटर छ। २०१४ को जनगणना अनुसार यहाँको जनसंख्या ६,१८४,८२९ थियो, र यो क्षेत्र म्यानमारको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको क्षेत्र हो।

प्रारम्भिक इतिहास

[सम्पादन गर्नुहोस्]

एयावाडी क्षेत्र प्राचीन समयमा मोन साम्राज्यको हिस्सा थियो। ११औँ शताब्दीबाट यो क्षेत्र प्रायः बर्मेली शासनमा रह्यो। एयावाडी क्षेत्र चीनको सिचुआन क्षेत्रबाट बंगालसम्म पुग्ने प्राचीन व्यापार मार्गको हिस्सा थियो।[]

ब्रिटिश शासन

[सम्पादन गर्नुहोस्]

१८५२ मा दोस्रो अङ्गरेज–बर्मेली युद्धपछि ब्रिटिशहरूले एयावाडी क्षेत्र कब्जा गरे। यस क्षेत्रमा ब्रिटिशहरूले कृषिको विकासलाई प्राथमिकता दिए र धानखेतीको लागि व्यवस्थित बनाए। भूमिकर प्रणाली र पट्टा प्रणालीमार्फत किसानलाई जमिनको अधिकार दिइयो। यसले कृषक वर्गलाई स्थायित्व र आर्थिक अवसर प्रदान गर्‍यो।[]

ब्रिटिश शासनको बेलामा भारतचाट आएका चेत्तियार ऋणदाताहरूले कृषकहरूलाई सुलभ ऋण दिए, जसले कृषि विस्तारमा योगदान पुर्‍यायो। तर १९३० को दशकमा ऋणले गर्दा धेरै किसानले आफ्नो जमिन गुमाए र चेत्तियारहरूमा जमिनको नियन्त्रणमा जान पुग्यो। यसले गर्दा भूमिहीनता र सामाजिक असमानता बढ्यो।

एयावाडी क्षेत्र आठ जिल्लामा विभाजित छ: पटहेन, क्योनप्याव, हिन्थाडा, लाबुट्टा, माउबिन, म्यानाउङ, म्याउङम्या, प्यापोन। २०१९ मा नयाँ जिल्लाहरू क्योनप्याव र म्यानाउङ गठन भएका हुन्। लाबुट्टा जिल्ला नारगिस ताइफूनको तीन महिना पछि २००८ मा स्थापना भएको थियो।

यो क्षेत्रमा २६ नगरपालिकाहरू, २९ शहर, २१९ वडाहरू, १,९१२ गाउँ समूह र ११,६५१ गाउँहरू छन्। प्रशासनिक संरचना कार्यपालिका, विधायिका र न्यायपालिकामा विभाजित छ।

जनसांख्यिकी

[सम्पादन गर्नुहोस्]

२०१४ को अनुसार एयावाडी क्षेत्रको जनसंख्या करिब ६.१८ मिलियन थियो। बर्मेली भाषा यहाँको मुख्य भाषा हो। जातीय संरचनामा बर्मेली ७६.७% बहुसंख्यक छन् भने करेन २१.५% र अन्य १.८% छन्। पश्चिमी तटीय क्षेत्रमा थोरै रखाइन समुदाय बसोबास गर्छ।[]

धार्मिक दृष्टिले बौद्ध धर्म मुख्य धर्म हो र जनसंख्याको ९२.१% बौद्ध धर्मावलम्बी छन्। इसाई धर्म ६.३%, इस्लाम १.४%, हिन्दू धर्म ०.१% र अन्य धर्म ०.१% रहेको छ।

भूगोल र वातावरण

[सम्पादन गर्नुहोस्]

एयावाडी क्षेत्रको पश्चिममा राखाइन योमा पर्वत श्रृंखला छ। यो क्षेत्र समतल र उपजाउ भूमि भएको कारण धानखेतीका लागि उपयुक्त मानिन्छ। यहाँ धेरै ताल, नदी र साना जलाशयहरू पनि छन्। प्रमुख नदीहरू एयावाडी, नगावुन, पटहेन र टो हुन्।

जलवायु उष्णकटिबन्धीय मानसून मा पर्छ। विशेष गरी मनसुन ऋतुमा वर्षा धेरै हुन्छ। गर्मी महिनामा तापक्रम उच्च रहन्छ।

एयावाडी क्षेत्रको संस्कृति बौद्ध धर्म र स्थानीय परम्परामा आधारित छ। यहाँका प्रमुख पर्व, मेला र धार्मिक अनुष्ठानले जनजीवनलाई संरचित र समुदायलाई एकताबद्ध बनाएको छ। ऐतिहासिक मन्दिर र स्थलहरू संस्कृति र परम्पराको प्रतिनिधित्व गर्छन्।

क्षेत्रीय खानपान, सङ्गीत र नृत्यमा सांस्कृतिक विविधता प्रकट हुन्छ। समुद्र तट र तालहरूको वरिपरि बसोबास गर्ने समुदायले परम्परागत जीवनशैलीलाई अझ बलियो बनाएको छ।

एयावाडी क्षेत्र कृषि प्रधान क्षेत्र हो। यहाँ धान मुख्य खेती हो र यसले म्यानमारको “धानको भण्डार”को उपाधि पाएको छ। यसका अतिरिक्त मकै, तिल, बदाम, सूर्यमुखी, दलहन र जूट खेती गरिन्छ। माछा पालन, झिंगे माछा उत्पादन र माछा प्रसंस्करण पनि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो।[]

हालसालै पर्यटन क्षेत्र पनि विकसित हुँदै गएको छ। पटहेन सहरमा ऐतिहासिक स्थल र मन्दिरहरू छन्। पर्यटनको सम्भावना उच्च भए पनि होटल, सडक र यातायात पूर्वाधार अझै कमजोर छ।

ग्रामीण क्षेत्रका किसानहरू प्रायः साना छन् र धेरैको खेत ५ एकडभन्दा कममा सीमित छ। वर्षा ऋतुमा धानखेती हुन्छ। औसत उत्पादन ३.३ टन प्रति हेक्टर छ, जुन अन्य एशियाली देशको तुलनामा कम हो।

एयावाडी क्षेत्रको मुख्य विमानस्थल पटहेन विमानस्थल हो। []

राजमार्गमा धेरै पुलहरू बनेका छन्, जस्तै बो म्यात तुन, डेड़ालु, डाका, देडे, खत्तिया, माउबिन, म्याउङम्या र वाकेमा पुल। यी पुलहरूले नदी र जलमार्ग पार गर्न सहयोग पुर्‍याएका छन्।

एयावाडी क्षेत्रमा शिक्षा स्तर अत्यन्त सीमित छ। सरकारी तथ्यांक अनुसार प्राथमिक विद्यालयका विद्यार्थीहरू मध्य मात्र १०% उच्च विद्यालयसम्म पुग्छन्। मुख्य विश्वविद्यालय पटहेन विश्वविद्यालय हो। पछिल्ला वर्षहरूमा स्थानीय विश्वविद्यालय र प्राविधिक कलेजहरू पनि सुरु भएका छन्।[]

स्वास्थ्य सेवा

[सम्पादन गर्नुहोस्]

एयावाडी क्षेत्रको स्वास्थ्य सेवा कमजोर छ। प्रथामिक सेवा निःशुल्क भए पनि औषधि र उपचारका लागि शुल्क तिर्नुपर्छ। सरकारी अस्पतालमा आधारभूत सुविधा र उपकरणको कमी छ। याङ्गोन र मण्डलेय बाहेक अन्य क्षेत्रमा स्वास्थ्य पूर्वाधार धेरै कमजोर छ।[]

प्राकृतिक प्रकोप

[सम्पादन गर्नुहोस्]

नारगिस ताइफूनः मे २००८ मा नारगिस ताईफूनले एयावाडी क्षेत्रमा विनाश मच्चायो। मुख्य रूपमा लाबुट्टा नगरपालिकामा करिब ८०,००० जनाको मृत्यु भयो। यसले भयंकर बाढी र हावाको प्रकोप ल्याएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Census Report, The 2014 Myanmar Population and Housing Census 2, Naypyitaw: Ministry of Immigration and Population, मे २०१५, पृ: 17, मूलबाट २०१९-०५-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०७-११
  2. Vicol, Mark; Pritchard, Bill (२०१९), "Rethinking rural development in Myanmar's Ayeyarwady Delta through a historical food regimes frame", Singapore Journal of Tropical Geography, डिओआई:10.1111/sjtg.12315
  3. Adas, Michael (१९७४), The Burma Delta: Economic Development and Social Change on an Asian Rice Frontier, 1852–1941, Madison, WI: University of Wisconsin Press, आइएसबिएन 978-0-299-06490-7
  4. Jap, Jangai; Courtin, Constant (२०२२-११-२२), Deciphering Myanmar's Ethnic Landscape: A Brief Historical and Ethnic Description of Myanmar's Administrative Units, International IDEA, आइएसबिएन 978-91-7671-577-2, डिओआई:10.31752/idea.2022.57
  5. Cho, Ame; Belton, Ben; Boughton, Duncan (अगस्ट २०१७), "Crop Production and Profitability in Ayeyarwady and Yangon", Feed the Future Innovation Lab for Food Security Policy (66), मूलबाट जनवरी ८, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ८, २०२२ अभिलेखिकरण जनवरी ८, २०२२ वेब्याक मेसिन
  6. "Development continues on Myanmar logistics corridors and multi-modal transport", Oxford Business Group, २०१९।
  7. "Education statistics by level and by State and Division", Myanmar Central Statistical Organization, मूलबाट २०११-०७-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०४-०९ अभिलेखिकरण २००८-०५-२४ वेब्याक मेसिन
  8. "PPI: Almost Half of All World Health Spending is in the United States", २००७-०१-१७, मूलबाट २०११-०४-२७-मा सङ्ग्रहित। अभिलेखिकरण २००८-०२-०५ वेब्याक मेसिन
  9. "2008- Cyclone Nargis", Hurricanes: Science and Society, The University of Rhode Island, २०२०, मूलबाट मार्च ७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ५, २०२२