एला ब्राइट
एला ब्राइट | |
|---|---|
| जन्म | २७ नोभेम्बर २००६ न्युयोर्क सहर, संयुक्त राज्य अमेरिका |
| नागरिकता |
|
| पेशा | अभिनेत्री |
| कार्यकाल | सन् २०१५–वर्तमान |
एला ब्राइट (जन्म २७ नोभेम्बर २००६) एक बेलायती–अमेरिकी अभिनेत्री र गायिका हुन्। उनले बाल्यकालदेखि नै अभिनय गर्न थालेकी थिइन्। सिबिबिसीको म्यालोरी टावर्स (सन् २०२०–२०२५) को रूपान्तरणमा उनको अभिनयका लागि उनले बाल बाफ्टा र एमी पुरस्कारका लागि नामाङ्कन प्राप्त गरिन्। त्यसपछि उनले प्राइम भिडियोको शृङ्खला अफ क्याम्पस (सन् २०२६–वर्तमान) मा अभिनय गरेकी छिन्।
प्रारम्भिक जीवन
[सम्पादन]एला ब्राइटको जन्म २७ नोभेम्बर २००६ मा न्युयोर्क सहरमा भएको थियो र उनी नर्थ लन्डनमा हुर्किएकी थिइन्। उनका बुबा ओक्लाहोमाका हुन् र आमा क्यालिफोर्नियाकी हुन्।[१][२] उनीसँग बेलायती र अमेरिकी दोहोरो नागरिकता छ।[३] ब्राइटले साउथ ह्याम्पस्टेड हाई स्कूलमा अध्ययन गरेकी थिइन् र उनले सन् २०२५ मा आफ्नो ए लेभल्स पूरा गरेकी थिइन्।[४] बाल्यकालमा उनले अभिनय, गायन र नृत्यका लागि प्रदर्शन कलासम्बन्धी कक्षाहरू लिएकी थिइन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Wickes, Hanna (८ मे २०२५), "Ella Bright Is Hannah Wells In 'Off Campus': Meet the Actress", J-14, मूलबाट २० जुलाई २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मे २०२५।
- ↑ Baker, Jessica (११ मे २०२६), "Introducing Ella Bright, TV's Next Breakout Star", Who What Wear, मूलबाट १२ मे २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मे २०२६।
- ↑ Prance, Sam (१३ मे २०२६), "Who plays Hannah in Off Campus?", Capital FM, अन्तिम पहुँच १४ मे २०२६।
- ↑ "Inspirational Alumnae: Ella Bright, Actor", South Hampstead High School, अन्तिम पहुँच ९ अक्टोबर २०२५।
- ↑ "Meet Ella Bright, who plays Hannah Wells in Amazon Prime Video’s Off Campus", South China Morning Post (अङ्ग्रेजीमा), २०२६-०५-१५, अन्तिम पहुँच २०२६-०५-२१।
बाह्य कडीहरू
[सम्पादन]
- सन् २००६ मा जन्म
- जीवित मानिसहरू
- २१औँ शताब्दीका अमेरिकी अभिनेत्रीहरू
- २१औँ शताब्दीका बेलायती अभिनेत्रीहरू
- लन्डनका अभिनेत्रीहरू
- न्युयोर्क सहरका अभिनेत्रीहरू
- अमेरिकी बाल अभिनेत्रीहरू
- अमेरिकी चलचित्र अभिनेत्रीहरू
- अमेरिकी टेलिभिजन अभिनेत्रीहरू
- बेलायती बाल अभिनेत्रीहरू
- बेलायती चलचित्र अभिनेत्रीहरू
- बेलायती टेलिभिजन अभिनेत्रीहरू