सामग्रीमा जानुहोस्

एसिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एशियाबाट अनुप्रेषित)
एसिया
विश्व नक्सामा एसियाको स्थिति
कुल क्षेत्रफल
किमी २४४,५७९,०००
स्क्वायर मिटर१७,२१२,०००
जनसङ्ख्या३,८७९,०००,०००(पहिलो)
जनसङ्ख्या घनत्व८९/किमी२ (२२६/sq mi)
वासिन्दाएसियाली
राष्ट्र४७राष्ट्रको सूची
भाषाभाषाको सूची
समय क्षेत्रUTC+2 देखि UTC +12
इंटरनेट TLD.asia
ठूला शहरहरूबेइजिंग दिल्ली टोक्यो काठमाडौँ मुम्बई आदी

संसारकै सबभन्दा ठुलो महादेशको रूपमा प्रसिद्ध एसिया महादेश पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा युरोपसँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा युरेशिया भनिन्छ।

एसियालाई भूमध्य सागर, कालो सागर, आर्कटिक महासागर, प्रशान्त महासागर र हिन्द महासागरले घेरेका छन् र युरोपसँग ककेसस पर्वत र उराल पर्वतले छुट्याएका छन् (BNA: Brand New Animal)।

मुख्य लेख

[सम्पादन]

एसिया आकार र जनसङ्ख्या दुबै दृष्टिबाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन उत्तर गोलार्द्धमा अबस्थित छ। पश्चिममा यसको सीमाना यूरोपसँग जोडिएको छ। एसिया र यूरोपलाई सम्मिलित रूपमा यूरेशिया पनि भनिन्छ।

एसियाई महाद्वीप भूमध्य सागर, अंध सागर, आर्कटिक महासागर, प्रशान्त महासागर, र हिन्द महासागरले घेरिएको छ। काकेशस पर्वत र यूराल पर्वत प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।

केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै सुमेर, सिंधु घाटी सभ्यता, चीनको सभ्यता इत्यादि। चीन र भारत विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।

एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसियाबाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर रूसमा यूराल पर्वतसम्म जान्छ, यूराल नदीको किनारा-किनारा क्यास्पियन सागरसम्म, र फेरी काकेशस पर्वतसम्म हुदै अंध सागरसम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भूभाग पनि यूरोपको सीमामा आउछन।

एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसङ्ख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसङ्ख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण भूमध्य रेखासम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ।

प्राचीन पुस्तकहरूमा वर्तमान एसियाको नाम

[सम्पादन]

एसिया महादेशका ठुलो ताल

[सम्पादन]


यो पनि हेर्नुहोस्

[सम्पादन]