एसिया
| एसिया | |
|---|---|
| |
|
| विश्व नक्सामा एसियाको स्थिति | |
| कुल क्षेत्रफल | |
| किमी २ | ४४,५७९,००० |
| स्क्वायर मिटर | १७,२१२,००० |
| जनसङ्ख्या | ३,८७९,०००,०००(पहिलो) |
| जनसङ्ख्या घनत्व | ८९/किमी२ (२२६/sq mi) |
| वासिन्दा | एसियाली |
| राष्ट्र | ४७राष्ट्रको सूची |
| भाषा | भाषाको सूची |
| समय क्षेत्र | UTC+2 देखि UTC +12 |
| इंटरनेट TLD | .asia |
| ठूला शहरहरू | बेइजिंग दिल्ली टोक्यो काठमाडौँ मुम्बई आदी |
संसारकै सबभन्दा ठुलो महादेशको रूपमा प्रसिद्ध एसिया महादेश पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा युरोपसँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा युरेशिया भनिन्छ।
एसियालाई भूमध्य सागर, कालो सागर, आर्कटिक महासागर, प्रशान्त महासागर र हिन्द महासागरले घेरेका छन् र युरोपसँग ककेसस पर्वत र उराल पर्वतले छुट्याएका छन् (BNA: Brand New Animal)।
मुख्य लेख
[सम्पादन गर्नुहोस्]एसिया आकार र जनसङ्ख्या दुबै दृष्टिबाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन उत्तर गोलार्द्धमा अबस्थित छ। पश्चिममा यसको सीमाना यूरोपसँग जोडिएको छ। एसिया र यूरोपलाई सम्मिलित रूपमा यूरेशिया पनि भनिन्छ।
एसियाई महाद्वीप भूमध्य सागर, अंध सागर, आर्कटिक महासागर, प्रशान्त महासागर, र हिन्द महासागरले घेरिएको छ। काकेशस पर्वत र यूराल पर्वत प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै सुमेर, सिंधु घाटी सभ्यता, चीनको सभ्यता इत्यादि। चीन र भारत विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।
एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसियाबाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर रूसमा यूराल पर्वतसम्म जान्छ, यूराल नदीको किनारा-किनारा क्यास्पियन सागरसम्म, र फेरी काकेशस पर्वतसम्म हुदै अंध सागरसम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भूभाग पनि यूरोपको सीमामा आउछन।
एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसङ्ख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसङ्ख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण भूमध्य रेखासम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ।
प्राचीन पुस्तकहरूमा वर्तमान एसियाको नाम
[सम्पादन गर्नुहोस्]- जंबुद्वीप - मध्य भूमि।
- पुष्करद्वीप- उत्तर पूर्वी प्रदेश।
- शाकद्वीप - दक्षिण पूर्वी द्वीप समूह।
एसिया महादेशका ठुलो ताल
[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
एसियासँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।