एसिया
काठमाडौं
विषयसूची
स्थिति[सम्पादन गर्ने]
| एसिया | |
|---|---|
| विश्व नक्सामा एसियाको स्थिति | |
| कुल क्षेत्रफल | |
| किमी २ | ४४,५७९,००० |
| स्क्वायर मिटर | १७,२१२,००० |
| जनसंख्या | ३,८७९,०००,०००(१लो) |
| जनसंख्या घनत्व | ८९/किमी२ (२२६/sq mi) |
| वासिन्दा | एसियाली |
| राष्ट्र | ४७राष्ट्रको सूची |
| भाषा | भाषाको सूची |
| समय क्षेत्र | UTC+2 देखि UTC +12 |
| इंटरनेट TLD | .asia |
| ठूलो शहरहरू | बेइजिंग दिल्ली टोक्योकाठमाडौं मुम्बई आदी |
एसिया पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा युरोपसँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा युरेशिया भनिन्छ।
एसियालाई भूमध्य सागर, कालो सागर, आर्कटिक महासागर, प्रशान्त महासागर र हिन्द महासागरले घेरेको छ र युरोपसँग ककेसस पर्वत र उराल पर्वतले छुट्याएका छन्।
मुख्य लेख[सम्पादन गर्ने]
एसिया आकार र जनसंख्या दुबै दृष्टि बाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन उत्तर गोलार्द्धमा स्थित छ। पश्चिममा यसको सीमाना यूरोप संग जोडिएको छ। एसिया र यूरोपलाई सम्मिलित रूपमा यूरेशिया पनि भनिन्छ।
एसियाई महाद्वीप भूमध्य सागर, अंध सागर, आर्कटिक महासागर, प्रशांत महासागर, र हिन्द महासागरले घेरियेको छ। काकेशस पर्वत र यूराल पर्वत प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै सुमेर, सिंधु घाटी सभ्यता, चीनको सभ्यता इत्यादि। चीन र भारत विश्वकै दुई सर्वाधिक जनसंख्या भयेको देश हुन।
एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसिया बाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर रूसमा यूराल पर्वत सम्म जान्छ, यूराल नदीको किनारा-किनारा कैस्पियन सागर सम्म, र फेरी काकेशस पर्वत सम्म हुदै अंध सागर सम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भू भाग पनि यूरोपको सीमामा आउछन।
एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसंख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसंख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरियेको आर्कटिक देखि दक्षिणमा ऊष्ण भूमध्य रेखा सम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्लो पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई समेटेको छ।
प्राचीन पुस्तकहरूमा वर्तमान एसियाको नाम[सम्पादन गर्ने]
- जंबुद्वीप - मध्य भूमि।
- पुष्करद्वीप- उत्तर पूर्वी प्रदेश।
- शाकद्वीप - दक्षिण पूर्वी द्वीप समूह।
एसियालि राष्ट्रहरु[सम्पादन गर्ने]
- अजरबैजान
- अफगानिस्तान
- आर्मेनिया२
- इण्डोनेशिया
- ईराक
- इजरायल
- इरान
- उज्बेकिस्तान
- उत्तर कोरिया
- ओमान
- कजाख्स्तान
- कतार
- कुवेत
- कम्बोडिया
- किर्गिजस्तान
- चीन
- जापान
- जर्जिया२
- ताजिकिस्तान
- तुर्कमेनिस्तान
- टर्की
- थाइल्याण्ड
- दक्षिण कोरिया
- नेपाल
- पाकिस्तान
- पूर्वी टिमोर
- फिलिपिन्स
- बहराइन
- बंगलादेश
- ब्रुनाई
- भारत
- भूटान
- मकाउ३
- मलेशिया
- मंगोलिया
- मालदिभ्स
- म्यानमार
- यमन
- जोर्डन
- रूस१
- लाओस
- लेवनान
- भियतनाम
- संयुक्त अरब इमिरेट्स
- साइप्रस२
- साउदी अरब
- सिंगापुर
- सीरिया
- श्रीलंका
- हङकङ३
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
एसियासँग सम्बन्धित मिडीया विकिमीडिया कमन्समा रहेको छ ।
|
||||||||||||