सामग्रीमा जानुहोस्

एस्ट्रोजेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एस्ट्रोजेन (अङ्ग्रेजी: Estrogen) महिला प्रजनन प्रणालीको विकास र नियन्त्रण तथा प्रजनन लक्षण वा यौन लक्षणहरूको निर्माणमा जिम्मेवार हुने यौन हर्मोनको एक समूह हो। यसमा मुख्य तीन प्रकारका अन्तःस्रावी (endogenous) एस्ट्रोजेनहरू छन्, जसले एस्ट्रोजेनिक हर्मोनका क्रियाशीलता भुमिका खेल्दछन्: एस्ट्रोन (E1), एस्ट्राडिओल (E2), र एस्ट्रायोल (E3)। यसमध्ये एस्ट्राडिओल, एक एस्ट्रेन हो भने सबैभन्दा प्रभावशाली र व्यापक रूपमा पाइने हर्मोन हो। अर्को एस्ट्रोजेन, एस्टेट्रोल (E4), केवल गर्भावस्थामा मात्र उत्पादित हुन्छ।

एस्ट्रोजेनहरू सबै मेरुदण्डीय प्राणीहरूमा र केही कीटजन्य प्राणीहरूमा पनि संश्लेषित हुन्छन्। मात्रात्मक रूपमा हेर्दा, पुरुष र महिला दुवैमा एस्ट्रोजेनको स्तर एन्ड्रोजनको तुलनामा कम हुन्छ। यद्यपि पुरुषमा एस्ट्रोजेनको स्तर महिलाभन्दा कम हुन्छ, तर यसका महत्वपूर्ण शारीरिक र प्रजनन सम्बन्धी भूमिकाहरू पुरुषमा पनि देखिन्छन्।

सबै स्टेरोइड हर्मोनझैं, एस्ट्रोजेन पनि सजिलै कोषिका झिल्ली मार्फत प्रवेश गर्न सक्छन्। कोषिकाभित्र पुगेपछि यी हर्मोनले एस्ट्रोजेन रिसेप्टर (ERs) सँग बाँधिएर सक्रिय हुन्छन्, जसले धेरै जीनहरूको अभिव्यक्तिलाई नियन्त्रण गर्छ। थप रूपमा, एस्ट्रोजेन "छिटो-संकेत दिने झिल्ली रिसेप्टर" (mERs) सँग पनि बाँधिएर सक्रिय हुन्छ, जस्तै GPER (GPR30)। एस्ट्रोजेन केवल प्राकृतिक हर्मोनको रूपमा नभई औषधिको रूपमा पनि प्रयोग हुन्छ, जस्तै "मेनोपॉज हर्मोन थेरेपी", हार्मोनद्वारा जन्म नियन्त्रण, र ट्रान्सजेंडर महिलाहरू, इन्टरसेक्स र ननबाइनरी व्यक्तिहरूको नारीकरण हर्मोन थेरेपी। प्राकृतिक र कृत्रिम वातावरणमा पनि एस्ट्रोजेन पाइन्छ र तिनीहरूलाई जेनोएस्ट्रोजेन (xenoestrogens) भनिन्छ। एस्ट्रोजेन "एन्डोक्राइन–डिसरप्टिंग कम्पाउन्ड्स" (EDCs)वा “हर्मोन प्रणालीलाई असर गर्ने रासायनिक यौगिकहरू" को समूहमा पर्छन् र यसले वन्यजन्तु तथा मानव दुवैमा स्वास्थ्य समस्या र प्रजनन असफलता निम्त्याउन सक्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]