सामग्रीमा जानुहोस्

ऐन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ऐन विधायिका (सामान्यतया संसद वा परिषद्) बाट पारित गरिने कानूनी पाठ हो। ऐन समाजलाई नियमन गर्ने, न्याय कायम गर्ने, समानता सुनिश्चित गर्ने र अधिकार–कर्तव्य स्पष्ट पार्ने आधारभूत साधन हो। ऐन बिना सामाजिक, आर्थिक र राजनीतिक गतिविधिहरूमा स्पष्ट नियम हुँदैन, जसले अराजकता, विवाद र अन्याय निम्त्याउन सक्छ। त्यसैले कानुनी शून्यता हटाउन, सबैलाई बराबरी कानुनी संरक्षण दिन र राज्य सञ्चालनलाई व्यवस्थित बनाउन ऐन आवश्यक हुन्छ।

संसदीय प्रणाली भएको अधिकांश देशहरूमा संसदको ऐन, प्रारम्भमा विधेयक (Bill) को रूपमा प्रस्तुत हुन्छ, जसलाई विधायिकाले मतदान गरेर सर्वसम्मतले पारित गर्छ। सरकारको संरचनाको आधारमा, उक्त पाठ कार्यपालिका शाखाबाट वा कुनै स्वतन्त्र संवैधानिक निकाय वा व्यक्तित्व बाट स्वीकृत वा अनुमोदन प्राप्त गर्नुपर्ने हुन सक्छ।

ऐन निर्माण प्रक्रिया

[सम्पादन गर्नुहोस्]

अन्य मुलुकहरू

[सम्पादन गर्नुहोस्]

ऐनका भागहरू

[सम्पादन गर्नुहोस्]

सामान्यतया कुनै पनि ऐनमा विभिन्न खण्ड वा भागहरू हुन्छन्, जसले ऐनको संरचना र विषयवस्तु स्पष्ट पार्छन्। मुख्यतया यसका भागहरू यस प्रकार हुने गर्दछन्–

  • शीर्षक (Title): ऐनको नाम र परिचय दिने भाग।
  • प्रस्तावना (Preamble): ऐन किन ल्याइएको हो भन्ने उद्देश्य स्पष्ट गर्ने भाग।
  • विस्तार र प्रारम्भः कहिले देखि लागु हुने,
  • परिभाषा (Definitions): ऐनमा प्रयोग गरिएका शब्द वा पद वा पारिभाषिक शब्द हरूको अर्थ स्पष्ट गर्ने भाग।
  • मुख्य प्रावधानहरू (Substantive Provisions): ऐनले ल्याउने नियम, अधिकार, कर्तव्य, निषेध वा अनुमति सम्बन्धी मूल कानुनी व्यवस्था।
  • प्रक्रियागत प्रावधानहरू (Procedural Provisions): ऐन कार्यान्वयन गर्ने तरिका, निकायहरूको अधिकार र दायित्व उल्लेख गर्ने भाग।
  • दण्ड/कारबाही प्रावधान (Penal Provisions): ऐन उल्लंघन भएमा लागू हुने सजाय वा कारबाही सम्बन्धी व्यवस्था।
  • अन्तिम प्रावधानहरू (Miscellaneous/Final Provisions): ऐनलाई कार्यान्वयन गर्ने मिति, पुराना ऐनहरूको खारेजी, र अन्य अतिरिक्त प्रावधानहरू।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
    "https://ne.wikipedia.org/w/index.php?title=ऐन&oldid=1315700" बाट अनुप्रेषित