सामग्रीमा जानुहोस्

ओजोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओजोन अक्सिजनको ३ अणु (O३) बाट वनेको पदार्थ हो। यो वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ। यसलाई नै ओजोन तह भनिन्छ। पृथ्वीमा कलकारखाना र सवारी साधनमा प्रयोग हुने इन्धन तथा रसायन बाट निस्केको ओजोन वायुमण्डलमा गएर एकत्रित हुने गर्दछ। यसले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ। परावैजनी किरण यस्ता हानिकारक किरण हुन जुन किरण मानव, जिवजन्तु तथा वोटविरूवामा आन्तरिक तथा व्याह्य रूपमा नराम्रो असर पुर्याउछ |

ओजोन (O) अक्सीजनको तीन परमाणुहरू सँग मिलेर बनेको एक ग्याँस हो. जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२%)मा पाइन्छ। यो तीखो गन्ध वाला अत्यन्त विषालु ग्याँस हो। जमीनको सतहको माथि अर्थात तल्लो वायुमंडलमा यो एक खतरनाक दूषक छ, जबकि वायुमण्डलको उपरी परत ओजोन परतको रूपमा यो सूर्यको परावैजनी किरणबाट पृथ्वीमा जीवनलाई बचाउँछ। जहाँ यसको निर्माण औक्सीजनबाट पराबैंगनी किरणहरूको प्रभावस्वरूप हुन्छ। ओजोन औक्सीजनको एक अपररूप हो। यो समुद्री वायुमा पाइन्छ।

वन म्यारमले सन १७८५मा विद्युत विसर्जन यन्त्रहरूको नजीकै एक विशेष प्रकारको गन्धको अनुभव गरे, जसको उल्लेख उनले आफ्नो लेखहरूमा पनि गरेका थिए। सन् १८०१ मा क्रिक शैंकको पनि औक्सीजनमा विद्युत विसर्जन गर्दा खेरी यही अनुभव भयो। सन् १८४० मा शानबाइन ले यस गन्धको कारण एक नयाँ ग्याँस बताए र उनले यसलाई ओजोन नाम दिए जुन यूनानी शब्द ओजो यानि म सूँघछुमा आधारित थियो। सन १८६५ मा सोरेटले यो सिद्ध गरे कि यो ग्याँस औक्सीजनको एक अपररूप हो र यसको अणुसूत्र O छ।


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]