ओड्नोकलासनिकी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अोड्नोकलासनिकी
Logo "अोड्नोकलासनिकी"
साइटको प्रकार
सामाजिक सञ्जाल सेवा
उपलब्ध भाषा१४ भाषाहरू:
मालिकमेल डटरू समूह
सृष्टि कर्ताअल्बर्ट पोपकोभ (संस्थापक र प्रमुख)
वेबसाइटok.ru
अलेक्सा क्रमDecrease ७५ (अक्टोबर २०१८)[१]
दर्ताचाहिन्छ; भुक्तान तिर्नु नपर्ने, ३१ अगस्ट, २०१० देखि
आरम्भमार्च ४, २००६; १३ वर्ष अघि (२००६-०३-04)

अोड्नोकलासनिकी, अोके डटरू (रूसी: Однокла́ссники, नेपाली: सहपाठी) सहपाठी वा पुराना मित्रहरूको लागि वनाइएको एक सामाजिक सञ्जाल सेवा हो। यो विशेष गरी रूस र पूर्व सोभियत गणतन्त्रमा प्रयोग गरिन्छ।[२] यो वेबसाइटलाई अल्बर्ट पोपकोभले विकास गरेका थिए जसको सुरुवात ४ मार्च २००६ मा भएको थियो।[३] यस वेबसाइटमा हाल २०० मिलियन भन्दा बढी दर्ता गरिएका प्रयोगकर्ताहरू रहेका छन् भने ४५० लाख दैनिक प्रयोगकर्ताहरू रहेका छन् र यसमा ६५.३ मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू छन्।[४]

यसमा खाता खोल्नका लागि प्रयोगकर्ता कम्तिमा ७ वर्ष कटेको हुनुपर्ने छ।[५] अलेक्सा इन्टरनेटको हालैको तथ्याङ्कअनुसार, विश्वव्यापी रूपमा यो ५६अौँ वरियतामा रहेको छ र रूसमा ७ अौँ स्थानमा रहेको छ। सन् २००८ को पहिलो भागको राजस्व ३.३ मिलियन अमेरिकी डलर रहेको थियो।[६][७][८] सिमिलर वेबको हालैको तथ्याङ्क हेर्ने हो भने यसको विश्वव्यापी क्रम १८ रहेको छ भने रूसमा यसको क्रम ६ हो। वेबसाइटमा उछाल दर २३.८४% रहेको छ।[९]

इतिहास[सम्पादन गर्ने]

प्रयोगकर्ता आधार[सम्पादन गर्ने]

यो वेबसाइट ९ वर्ष देखि चलिआएको छ। यो रूस लगायत उज्बेकिस्तान (अलेक्सा क्रम २ सम्म पुगेको थियो), किर्गिस्तान (अलेक्सा क्रम ४ सम्म पुगेको थियो) र जर्जिया (अलेक्सा क्रम ४ सम्म पुगेको थियो) मा लोकप्रिय छ। [१०]

प्रविधि[सम्पादन गर्ने]

अोड्नोकलासनिकी सञ्चालन गर्ने वेब सेवक, गोल्डेन दूरसञ्चारको सञ्जालमा रहेको छ जून रूसको मस्कोमा अवस्थित छ। यसमा प्रयोग गरिने प्रग्रामिङ भाषा जाभा हो भने वेबसाइटको अगाडि देखिने मुख्य भाषा रूसी हो। यो वेबसाइटले अपाचे टमक्याट नामक वेब सेवकको प्रयोग गर्दछ।[११]

पुरस्कार र पहिचान[सम्पादन गर्ने]

यो वेबसाइटले क्रमश सन् २००६[१२] र २००७[१३] मा रूनेट पुरस्कार प्राप्त गरेको थियो।

सन् २०१२ मा, भेन्चर भिलेज नामक कम्पनीले यसलाई विश्वमा "रूसको उत्कृष्ट १० इन्टरनेट ब्रान्डको रूपमा नामाकरण गरेको थियो। [१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "अोके डटरू वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट 
  2. रूसमा सामाजिक सञ्चार माध्यम, ड्रिमग्रो डटकम, २०११
  3. परियोजनाको बारेमा
  4. "अोड्नोकलासनिकी: प्रयोगकर्ता, सुविधा र समुदायको सामर्थ्य", डिजिटल इन द राउन्ड, अन्तिम पहुँच माघ २९,२०७५ 
  5. अोड्नोकलासनिकी विज्ञापन
  6. "रूसी सामाजिक सञ्जाल अोड्नोकलासनिकीले २० मिलियन आर्जन गरेको छ", अमृत चौधरी, मूलबाट २०१०-०९-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०९-२० 
  7. "अोड्नोकलासनिकी डटरू - ट्राफिक विवरण", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१४-०६-१० 
  8. "अोड्नोकलासनिकी", सर्भर स्लाइडर डटकम, मूलबाट २०१०-१२-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०९-२० 
  9. "वेबसाइटको जानकारी (अोड्नोकलासनिकी)", सिमिलर वेब, पुस २०७५, अन्तिम पहुँच २९ माघ २०७५ 
  10. "अलेक्सा - अोड्नोकलासनिकी डटरू", अलेक्सा डटकम, अन्तिम पहुँच २०१२-०४-१२ 
  11. "अोड्नोकलासनिकी", सर्भर स्लाइडर्स डटकम, मूलबाट २०१०-१२-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०९-२० 
  12. रूनेट पुरस्कार, २००६
  13. रूनेट पुरस्कार, २००७
  14. दस उत्कृष्ट रूसी इन्टरनेट ब्रान्ड

बाह्य कडीहरू[सम्पादन गर्ने]