ओड टु जोए (टेलिभिजन श्रृङ्खला)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ओड टु जोए
"अोड टु जोए" दोस्रो संस्करणको आधिकारिक पोस्टर
शैलीनाटक
प्रेमकाहनी
सर्जकसाङ्घाइ मिडिया ग्रुप
लेखकयुवान जिदेन
निर्देशककोङ सिङ्, ज्यान चुन्हे
कलाकारहरूलिवि ताउ
जियाङ शिन
वाङ जिवेन
याङ जी
साव सिन
सुरुवात 'गीत'विभिन्न
अन्त्य 'गीत'देयर विल बी ह्यापीनेस वेटिङ फर यु (पहिलो संस्करण)
अस (दोस्रो संस्करण)
निर्माण गर्ने देशचीन
भाषा(हरू)चिनियाँ
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या४२ (पहिलो संस्करण)
५५ (दोस्रो संस्करण)
निर्माण
निर्माता(हरू)हु होङल्याङ
प्रसारण अवधि४५ मिनेट
निर्माण कम्पनी(हरु)साङडन टेलिभिजन मिडिया ग्रुप (सिजन १)
डेलाइट इन्टरटेन्मेन्ट टेलिभिजन लिमिटेड (पहिलो र दोस्रो संस्करण)
वितरकडेलाइट इन्टरटेन्मेन्ट टेलिभिजन लिमिटेड
प्रसारण
मूल च्यानलड्रागन टेलिभिजन
जोजियाङ टेलिभिजन
प्रथम प्रसारण१८ अप्रिल २०१६ (2016-04-18) – १० जुन २०१७ (2017-06-10)
बाह्य कडीहरू
वेबसाइट

"ओड टु जोए" (सरलीकृत चिनियाँ:欢乐颂 ; परम्परागत चिनियाँ:歡樂頌) सङडन टेलिभिजन मिडिया ग्रुप र डेलाइट इन्टरटेन्मेन्ट टेलिभिजन लिमिटेडले सन् २०१६ मा उत्पादन गरेको एक चिनियाँ टेलिभिजन श्रृङ्खला हो। यो टेलिभिजन श्रृङ्खला नाइद्वारा रचिएको यहि नामको एक उपन्यासमा आधारित छ। यस टेलिश्रृङ्खलाको पहिलो संस्करण १८ अप्रिल २०१६ देखि १० मे २०१६ सम्म प्रसारण गरिएको थियो।

यस टेलिश्रृङ्खलाको दोस्रो संस्करण ११ मे २०१७ देखि १० जुन २०१७ सम्म प्रसारण गरिएको थियो।[१]

सार[सम्पादन गर्ने]

यस टेलिभिजन श्रृङ्खलाका अनुसार पाँच फरकफरक पृष्ठभूमि भएको महिलाहरू चीनको साङ्घाइ स्थित ओड टु जोए नामक एक ठूलो भवनको पाँच बटा कोठाहरूमा डेरामा बसोबास गर्दै आएका छन्। एक श्रृङ्खलाकी प्रमुख पात्र एन्डि (लिवि ताव) एक सफल व्यापारिक महिला हुन्छन्, जो अमेरिकाको न्युयोर्कमा आफ्नो अध्ययन सकाएर चीनमा आफ्नो भाईको खोजि गर्नका लागि फर्किएकी हुन्छिन्। क्यु सावसाव (याङ जी) एक २५ वर्षीय महिला हुन् जसले आफ्नो सानो व्यापार सम्हालेकी हुन्छिन्। फान साङ मे (जियाङ सिन) एक गरिब परिवारमा हुर्किएकी हुन्छिन तर पछि उनले आफुलाई एक सफल विश्वव्यापी कम्पनीको प्रबन्धक हुने मौका पाउँछिन्। च्यु यिङयिङ (याङ जी) एक सानो गाउँकि केटी हुन्छिन् र उनको सपना ठूलो सहरमा स्थापित हुने हुन्छ। ग्वान जुअर (साव सिन) एक २२ वर्षीया उच्च शिक्षा हासिल गरेकी युवती हुन्छिन् र उनलाई एक कम्पनीमा काम गर्ने मौका मिल्छ। यस टेलिश्रृङ्खलामा अन्य विभिन्न पुरुष पात्रहरूको पनि अभिनय रहेको छ।

पात्रहरू[सम्पादन गर्ने]

प्रमुख पात्र[सम्पादन गर्ने]

अभिनेत्री भूमिका उपस्थिति विवरण
लिवी ताउ एन्डि प्रमुख ३१ वर्षीया एन्डि एक सफल व्यापारिक महिला हुन्छन्, जो अमेरिकाको न्युयोर्कमा आफ्नो अध्ययन सकाएर चीनमा आफ्नो भाईको खोजि गर्नका लागि फर्किएकी हुन्छिन्।
जियाङ सिन फान साङ मे प्रमुख ३० वर्षीया फान साङ मे यस टेलिश्रृङ्खलाकी प्रमुख पात्र र एक व्यापारीक कार्यक्रमकि प्रमुख कार्यकारी हुन्छिन्।
वाङ जिवेन क्यु सावसाव प्रमुख २५ वर्षीया क्यु सावसाव एक धनी बुवाकी छोरी र यस टेलिश्रृङ्खलाकी प्रमुख पात्र हुन्छिन्। उनले आफ्नो दाईसँग मिलेर एक सानो व्यवसाय सुरु गर्छिन्।
याङ जी च्यु यिङयिङ प्रमुख २३ वर्षीया च्यु यिङयिङ एक कार्यलयको नियमित कर्मचारी हुन्छिन् र उनी एक सानो गाउँबाट साङ्घाइ आएकी हुन्छिन्।
साव सिन ग्वान जु अर प्रमुख २२ वर्षीया ग्वान जुअर उच्च शिक्षा हासिल गरेकी युवती हुन्छिन् र उनलाई एक कम्पनीमा काम गर्ने मौका मिल्छ।

सहायक[सम्पादन गर्ने]

अभिनेता भूमिका उपस्थिती विवरण
जु फिङ चि ढियान प्रमुख अतिथि चि ढियान लामो समय सम्म एन्डिको अनलाइन साथी हुन्छ भने उनीहरू पछि गएर एक आर्कालाई भेट्छन्।
वाङ काई झाव च्युपिङ प्रमुख एक प्रसिद्ध अस्पताल मा एक प्रमुख चिकित्सक हुन्छ र उसको सावासावसँग सम्बन्धमा हुन्छ।
जिन डङ तान जोङमिङ अतिथि तान एन्डिले काम गर्ने कार्यलयको मालिक हुन्छ र उसले एन्डिलाई उसको भाईलाई खोज्नका लागि सहयोग गर्छ।
याङ साउ बाव युफन अतिथि प्रमुख एन्डिको प्रेमी हुन्छ।
झाङ लु वाङ प्रमुख एक परिश्रमी व्यापारी हुन्छ र आफैले एक कम्पनीको सुरुवात गर्छ। उ फानको सानो देखिको साथी हुन्छ र उसले साङ्घाइमा फानलाई भेटाउँछ।
यु होचेन याङ किन अतिथि प्रमुख यिङयिङ र चीन एकै ठाउँबाट सहरमा आएका हुन्छन् र पछि उनीहरू एक अर्कालाई मनपराउनु थाल्छन्।
डेङ लुन सि टङ प्रमुख' सि टङ एक सङ्गीतकार र ग्वानको प्रेमी हुन्छ।

थप[सम्पादन गर्ने]

परिवार सदस्य[सम्पादन गर्ने]

अभिनेता/अभिनेत्री भूमिका उपस्थिती विवरण
सु सेङजुवा हि युनिल अतिथि एन्डिको हजुरबुबा जो यस संसारमा छैनन्
डिङ यानडाई वाई नियमित एन्डिको बुवा
डे मेहङ एन्डिको आमा अतिथि
सि युङपिङ साव मिङ नियमित एन्डिको भाइ जो मानसिक समस्यबाट ग्रसित छ
झाङ नाइहु फान साउ मेको बुवा नियमित
काङ जुङ्जी फान साउ मेको आमा नियमित
च्यु यिङ फान साउ मेको भाई नियमित
झाव क्याजि Fan Shengmei's sister-in-law नियमित
याङ याचिङ लि लि नियमित फानको बहिनी
वाङ याङकिङ क्यु सावासावको बुवा नियमित
मु लियान क्यु सावसावको आमा नियमित
गुव सिरन च्यु नियमित क्यु सावसावको दाई
फेङ हुई च्यु यिङयिङको बुवा नियमित
याङ जिङयो च्यु यिङयिङको आमा नियमित
तान सि ग्वानको बुवा नियमित
लिवी मिन्टेव ग्वानको आमा नियमित
झाङ च्यानगुवन बाव यफिनको बुवा नियमित
जुवान जी बाव याफिनको आमा नियमित
चिन जिन झावको आमा नियमित
काई ग्याङ याङको बुवा नियमित
लि सावयाङ याङको आमा नियमित
चाव यि यान किङको बुवा नियमित
याङ कुन याङ किनको आमा नियमित

गीति आवाजहरू[सम्पादन गर्ने]

पहिलो संस्करण[सम्पादन गर्ने]

शीर्षक गायक/गायिका
"说不出口" लिवि ताउ
"灰姑娘" जियङ सिन
"我要你" (म तिमीलाई चाहन्छु) वाङ जिवेन
"开的比花香" (फुल भन्दा पनि बास्नादार) याङ जी
"破茧" (कोकुनबाट बाहिर)

साव सिन

"陪你左右" (तिम्रो छेउमा) जु फिङ
"空气" (हावा) जु फिङ
"你我" (तिमी र म) याङ साउ
"爱情这样开始" (मया यसरी सुरु हुन्छ) झान जियङ
"欢乐颂" (अोड टु जोए) झाङ जियाङ
"繁星" झाङ जियान
"总有幸福在等你" (त्यहाँ खुसीले तिमीलाई पर्खिरहेका छ) लिवी ताउ, जियङ सिन

वाङ जिवेन, साव सिन, याङ जी

दोस्रो संस्करण[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय प्रसारक[सम्पादन गर्ने]

पहिलो संस्करण[सम्पादन गर्ने]

च्यानल स्थान मिति
ड्रागन टेलिभिजन Flag of the People's Republic of China.svg चीन १८ अप्रिल २०१८
जोजियाङ टेलिभिजन
सङडन टेलिभिजन २४ मे २०१६
ज्याङसी टेलिभिजन २७ जुन २०१६
जिया लि च्यानल (सङटेल टिभी ५०२) Flag of Singapore.svg सिङ्गापुर १ सेप्टेम्बर २०१६
भिडियो अन टिभी Flag of the Republic of China.svg ताइवान २१ सेप्टेम्बर २०१६
इएलटिए ड्रामा ६ अक्टोबर २०१६
एनटिभी७ (एस्ट्रो टेलिभिजन १०७) Flag of Malaysia.svg मलेसिया २७ अक्टोबर २०१६
८टेभी (एस्ट्रो टेलिभिजन ७०८) ८ जुलाई २०१७
ग्वाङडन टेलिभिजन Flag of the People's Republic of China.svg चीन २७ जुन २०१७
टिभीबी Flag of Hong Kong.svg हङकङ २१ जनवरी २०१८ (टिभिबी)
श्रीलङ्का राष्ट्रिय टेलिभिजन Flag of Sri Lanka.svg श्रीलङ्का ८ मे २०१८[२]
एनटीभि प्लस[३] Flag of Nepal.svg नेपाल ६ फेब्रुअरी २०१९

दोस्रो संस्करण[सम्पादन गर्ने]

च्यानल स्थान मिती
ड्रागन टेलिभिजन Flag of the People's Republic of China.svg चीन ११ मे २०१७
जेजियाङ टेलिभिजन
एस्ट्रो क्विन जिया एचडी (एस्ट्रो ३०८) Flag of Malaysia.svg मलेसिया २४ अप्रिल २०१७
तानजिन टेलिभिजन Flag of the People's Republic of China.svg चीन २७ जुलाई २०१७
जाया लि च्यानल (सिङटेल टिभी ५०२) Flag of Singapore.svg सिङ्गापुर २५ सेप्टेम्बर २०१७
भिडियो ल्यान्ड Flag of the Republic of China.svg ताइवान २७ सेप्टेम्बर २०१७
इएलटीए ड्रामा २ अक्टोबर २०१७
साउथइस्ट टेलिभिजन Flag of the People's Republic of China.svg चीन १९ फेब्रुअरी २०१८
टिभीबी Flag of Hong Kong.svg हङकङ १७ मे २०१८

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "अोड टु जोए टेलिभिजन श्रृङ्खलाको दोस्रो संस्करण", साङ्घाइ दैनिक, ३ मे २०१७। 
  2. "श्रीलङ्का राष्ट्रिय टेलिभिजन", Rupavahini.lk, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८ 
  3. "चीनले बहुचर्चित कार्यक्रम अोड टु जोए नेपाललाई बेच्दै", मदर सिप, अन्तिम पहुँच २९ जेठ २०७६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]