ओलिभिएर जिरुड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ओलिभिएर जिरुड
Olivier Giroud 2018.jpg
जिरुड २०१८ फिफा विश्वकपमा फ्रान्सबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम ओलिभिएर जिरुड[१]
जन्म मिति (१९८६-०९-३०) ३० सेप्टेम्बर १९८६ (उमेर ३२)
जन्म स्थान चामवेरी, फ्रान्स
उचाई १.९३ मि
खेल्ने स्थान अग्रपङ्क्ति
क्लबको विवरण
हालको क्लब चेल्सी
नम्बर १८
युवा क्लब
१९९२–१९९९ फोर्गस
१९९९–२००५ ग्रिनोबल
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००५–२००८ ग्रिनोबल २३ (२)
२००७–२००८एफसी स्ट्रेस (ऋण) ३३ (१४)
२००८–२०१० टुर्स ४४ (२४)
२०१०–२०१२ मोन्टेपिलर ७३ (३३)
२०१०टुर्स (ऋण) १७ (६)
२०१२–२०१८ अार्सनल १८० (७३)
२०१८– चेल्सी २६ (४)
राष्ट्रिय टिम
२०११– फ्रान्स ८७ (३३)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २७ अगस्त २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १७:१२, १५ जुलाई २०१८ (युटिसी)

ओलिभिएर जिरुड (फ्रान्सेली: ɔlivje ʒiʁu); जन्म ३० सेप्टेम्बर १९८६ एक फ्रान्सेली व्यावसायिक फुटबल खेलाडी हुन् । उनी प्रिमियर लिगको क्लब चेल्सीफ्रान्स राष्ट्रिय फुटबल टिमको लागि खेल्ने गर्दछन् । उनी अग्रपङ्क्तिको रूपमा मैदानमा उत्रने गर्दछन् ।

सन् २००८ मा टुर्स फुटबल क्लबमा सम्मिलित हुनुभन्दा अगावै उनले लिग २ खेल्ने क्लब, ग्रिनोबलबाटआफ्नो आधिकारिक फुटबल कार्यकाल शुरू गरेका थिए । टुर्समा आवद्ध रहेकै समय उनले आफ्नो दोस्रो सिजनमा २१ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका थिए । जसको फलस्वरूप उनी फ्रान्सको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग, लिग १ को फुटबल क्लब मोन्टेपिलरमा आवद्ध हुने मौका पाए । जिरुड सन् २०१० मा अङ्ग्रेजी प्रिमियर लिगको फुटबल क्लब आर्सनलमा आवद्ध हुनु अघि, लिग १ को सिजन २०११-२०१२ मा २१ गोलका साथ पुन सर्वाधिक गोलकर्ता बने, जसले गर्दा उनले खेल्ने क्लब मोन्टेपिलरले आफ्नो पहिलो लिग १ को उपाधि हात पारेको थियो । जिरुले सन् २०१४, २०१५ र २०१७ को एफए कप आर्सनलबाट जितेका थिए । आर्सनल क्लबबाट उनले कुल २५३ खेल खेलेर जम्मा १०५ गोल गरेका थिए । सन् २०१८ जनवरीमा १८ महिनाको सम्झौतामा जिरुड आर्सनल क्लबबाट चेल्सीका लागि ऋणमा आवद्ध भएका थिए ।

सन् २०११ देखि उनी फ्रान्सका लागि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागी हुँदै आइरहेका छन् । उनले फ्रान्स राष्ट्रिय फुटबल टिमका लागि ८० भन्दा बढी उपस्थिति जनाइसकेका छन् भने ३० भन्दा बढी गोल समेत गरिसकेका छन् । युइएफए युरो २०१२२०१४ फिफा विश्वकपमा क्वार्टर-फाइनलमा पुग्ने फ्रान्स फुटबल टोलीका एक महत्त्वपूर्ण सदस्यका रूपमा उनले आफुलाई उभ्याएका थिए । युइएफए युरो २०१६ मा फ्रान्सेली टिम फाइनलसम्म पुगेर दोस्रो हुदाँ उनको भूमिका निकै प्रसंशानीय रहन पुग्यो साथै उनी प्रतियोगिताको दोस्रो सर्वाधिक गोलकर्ता बनेर ब्रोन्ज बुट प्राप्त गर्न सफल भए । फ्रान्स राष्ट्रिय फुटबल टिमले २०१८ फिफा विश्वकपको उपाधि हात पार्दा समेत उनको भूमिका महत्वपूर्ण रहेको थियो ।

बाल्यकाल[सम्पादन गर्ने]

जिरुको जन्म सन् १९८६ सेप्टेम्बर ३० फ्रान्सको चामबेरीमा भएको थियो र उनी ग्रिनोबलमा हुर्केका थिए । जिरुड आफ्ना दुवै हजुरआमाको तर्फबाट इटालियन मुलका हुन् ।[२][३] जिरुले आफ्नो फुटबल जीवनको सुरुवात आफ्नै गृहनगरको क्लबमा खेल्दै गरेका थिए । उनले ६ वर्षको फुटबल प्रशिक्षण पछि १३ वर्षको उमेरमा व्यावसायिक फुटबल खेल्नका लागि ग्रिनोबल फुटबल क्लबमा आवद्ध भएका थिए ।

क्लब कार्यकाल[सम्पादन गर्ने]

ग्रिनोबल[सम्पादन गर्ने]

२१ वर्षको उमेरमा पहिलो व्यावसायिक क्लबमा आवद्ध हुनु अघि जिरुले ५ वर्ष ग्रिनोबल युथ एकेडेमीमा प्रशिक्षण लिएका थिए । खेलाडीको रूपमा व्यावसायिक फुटबल क्लबसँग अनुबन्धनले उनको खेल विकासमा एक महत्वपूर्ण भाग भएको कुरा उनले पछि स्वीकारेका थिए । त्यसै समय उनले 'यसले मेरो पहिलो व्यावसायिक सम्झौतामा मेरो क्षमताको बारेमा जानकारी गराउन मद्दत गर्नेछ' भन्ने कुरा बताएका थिए ।[४] २००५-०६ को सिजन पछि उनलाई क्लबको सुरक्षित टिममा राखिएको थियो जसले फ्रान्सको पाँचौ तहको लिग खेलिरहेको थियो । जिरुले सो लिगमा खेलेका १५ खेलहरूमा १५ गोल गर्दै टोलीमा एक महत्वपूर्ण खेलाडीको रूपमा आफुलाई स्थापित गरेका थिए ।[५] उनको स्थायी प्रदर्शनले गर्दा टिमको नयाँ प्रबन्धक पेटन प्युलेक्वेन र निकोला माल्ग्रीले उनलाई वरिष्ठ टिमको लागि पदोन्नति गरि २२ नम्बरको जर्सी प्रदान गरेका थिए । सन् २००७ फेब्रुअरी २६ मा, जिरुले फ्रान्सेली फुटबल क्लब ले हाब्रे विरुद्ध अतिरिक्त समयमा आफ्नो पहिलो व्यावसायिक गोल गर्दै टिमलाई विजयी बनाएका थिए ।[६]

स्ट्रेस एफसी (ऋणमा)[सम्पादन गर्ने]

केही खेलकुद समय कमाउने प्रयासमा जिरुले सन् २००७-०८ सिजनमा स्ट्रेस एफसीको लागि ऋणमा आवद्ध भए । उनले आफ्नो विकास एक स्ट्राइकरको रूपमा जारी राखे र उनको दोस्रो खेलमा क्लबको साथमा लेवललाई २-१ ले पराजित गरे ।[७] त्यसको दई हप्ता पछि, जिरुले भेनेस र क्रिटेल विरुद्ध गोल गरे ।[८][९] उनले अर्लस-एभिगनन विरुद्ध दुई गोल गरे जुन खेल २-० को गोल अन्तरमा समाप्त भएको थियोे[१०] र त्यसको १५ दिन पछि, जिरुले पाउ फुटबल क्लबको बिरुद्धमा फेरि दुई गोल गरे र यो समयमा ३-२ को गोल अन्तरले स्ट्रेस फुटबल क्लब खेल अाफ्नो पक्षमा पार्न सफल भएको थियो ।[११] उनले स्ट्रेसको लागि १४ गोल गरेका थिए ।

टुर्स[सम्पादन गर्ने]

जिरुड २०१० मा टुर्सको लागि खेल्दै ।

सन् २८ मे २००८ मा जिरुले लिग २ को क्लब टुर्सको लागि ३ वर्षको सम्भैता गरे । उनेलाई १२ नम्बरको जर्सि दिईयो र चोटको कारण टुर्सका आवद्ध भएको ५ महिना पझि उनले सन् २००८ सेप्टेम्बर ३ मा आफ्नो पहिलो खेल खेले । उनको टर्सबाट रहेको पहिलो खेलमा टुर्सले बोलग्नेलाई कोप्ले डी ला लिगमा २-१ गोल अन्तरले हराएको थियो । त्यसको एक महिना पछि, उनले क्लबको लागि आफ्नो पहिलो गोल गरेका थिए । उनले टुर्स क्लबको लागि आफ्नो क्लब कार्यकाल भरी जम्मा २४ गोल गरेका छन् ।

मोन्टपेलियर[सम्पादन गर्ने]

जिरुड आधिकारिक रूपमा सन् १ जुलाई २०१० मा मोन्टपेलीयर क्लबमा आबद्ध भएका थिए । उनी सँगै २९ जुलाई मा मन्टपेलीयरको यूईएफई युरोपपा लीगको तेस्रो क्वालिफिकेसनमा हङ्गेरिया क्लब ग्यारीय ईटीओको पहिलो चरणमा उनको क्लब र युरोपेली क्लबको खेल भएको थियो । खेलमा, जिरुले पहिलो खेलको पहिलो हापमा क्लबको लागि पहिलो गोल गरेका थिए ।[१२]

आर्सनल[सम्पादन गर्ने]

२०१२–१३ सिजन[सम्पादन गर्ने]

जिरुड अर्सनलको लागि खेल्दै ।

जिरुले सन् २०१२ जुन २६ मा आर्सनल फुटबल क्लबको लागि आबद्ध भएका थिए । उनलाई ९.६ युरोमा आर्सनल क्लबले खरिद गरेको थियो[१३] साथै क्लबले उनलाई १२ नम्बरको जर्सी दिएको थियो ।[१४] आर्सनलका लागि उनले आफ्नो पहिलो खेल १८ अगस्ट, २०१२ मा खेलेका थिए । उनले आर्सनल क्लबका लागि आफ्नो पहिलो गोल भने २६ सेप्टेम्बरमा गरेका थिए । उनको पहिलो प्रिमियर लिग गोल सन् ६ अक्टोबरमा गरेका थिए, वेस्ट ह्याम युनाडटेड विरुद्ध जीरूले पहिलो प्रिमियर लिग गोल गरेका थिए ।[१५]

२०१३–१४ सिजन[सम्पादन गर्ने]

मेसुट अोजल र जिरुड २०१३ मा

जिरुले एस्टन भिल्ला विरुद्ध २०१३-१४ प्रिमियर लिग सिजनको उद्घाटन खेलमा गोल गरेका थिए,[१६] तर उनको क्लब आर्सनलले भने उक्त खेलमा ३-१ को हार बेहोर्नु परेको थियो । १ सेप्टेम्बरमा, उत्तर लन्डनकोमा टोटन्ह्याम हटस्पर विरुद्धको खेलमा उनको मात्र गोल रहेको थियो ।[१७] २६ अक्टोबरमा, आर्सनलले क्रिस्टल प्यालेसलाई २-० को गोल अन्तरले पराजित गर्दा जिरूले सिजनको दोस्रो गोल गरेका गिए, जो प्रीमियर लिगको शीर्ष स्थानमा आर्सनललाई राख्नका निम्ति सफल साबित भएको खेल थियो । त्यसको लगभग एक महिना पछि आर्सनलले साउथ ह्यामटनलाई २-० गोल अन्तरले पराजित गर्दा जिरूले महत्त्वपूर्ण दुबै दुई गोल गरेका थिए ।

२०१४–१५ सिजन[सम्पादन गर्ने]

२०१४ एफए कम्युनिटी शिल्ड को खेलमा म्यान्चेस्टर सिटी विरुद्ध आर्सनलले ३-० को जित दर्ता गर्दा जिरूले तेस्रो गोल गरेका थिए । सन् ३० सेप्टेम्बर २०१४ उनको २८ औं जन्मदिनका दिन, जिरुले आर्सनलमा पुन नयाँ अनुबन्धन हस्ताक्षर गरे, उनले २०१८ सम्म क्लबमा रहने गरि £ ८०,००० सम्म आफ्नो साप्ताहिक ज्याला बढाएर सम्झौता गरेका थिए ।

२०१५–१६ सिजन[सम्पादन गर्ने]

जिरुले ओजिलको पासको सदुपयोग गर्दै क्रिस्टल प्यालेसको बिरुद्ध आर्सनलको लागि सिजनको पहिलो गोल गरेका थिए । सन् २०१६ मे ८ मा जिरुले म्यानचेस्टर सिटीको बिरुद्ध गोल गरेका थिए तर त्यो खेल २-२ गोलमा समाप्त भएको थियो । एक हप्ता पछि २०१५-१६ सिजनको अन्तिम खेलमा जिरुले एस्टन भिल्ला विरुद्ध ह्याटि्रक परा गरेका थिए, प्रिमियर लिगको सिजन २०१५-१६ मा उनले १६ गोल गरेका थिए ।

२०१६-२०१७ सिजन[सम्पादन गर्ने]

२०१६-२०१७ प्रिमियर लिग सिजनमा जिरुले आर्सनलको पहिलो नौ खेलहरुमा मात्र तीन पटक खेलेका थिए । सन् २९ अक्टोबर २०१६ का दिन प्रिमियर लिग को म्याच डेडमा १० औं खेलको मा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका जिरूले उक्त खेलमा २ गोल गरेका थिए । सन्डरल्याण्ड विरूद्वको उक्त खेलमा आर्सनल ४-१ गोल अन्तरले विजयी हुन सफल भएको थियो ।

२०१७-२०१८[सम्पादन गर्ने]

सन् २०१७ सेप्टेम्बर २८ मा जिरुले आर्सनल क्लबको लागि १०० गोल पुरा गर्न सफल भएका थिए ।

चेल्सी[सम्पादन गर्ने]

जिरुड (बायाँ) फेब्रुअरी २०१८ मा चेल्सीको तर्फबाट

सन् ३१ जनवरी २०१८ मा, जिरुले अज्ञात शुल्कको लागि चेल्सीसँग १८ महिना सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।[१८]उनले प्रिमियर लिग शुरु भएको ५ दिन पछि चेल्सीका लागि पहिलो खेल वाटफोर्डको बिरुद्धमा खेलेका थिए । जहाँ उनी पेड्रोको स्थानमा ६४ औं मिनेटमा आएका थिए । यद्यपि, परिणाम ४-१ को गोल अन्तरमा वाटफोर्डले जितेको थियोे । उनले एफए कपमा चेल्सीको तर्फबाट पहिलो गोल हल सिटीको बिरुद्धमा गरेका थिए जसमा चेल्सी ४-० को गृह जित हात पारेको थियोे ।[१९] । १३ फेब्रुअरी मा जिरुले चेल्सीका लागी आफ्नो पहिलो खेल खेलेका थिए । उक्त खेलमा एडन हजर्डको सहायतामा क्लब ३-० गोल अन्तरले विजयी भएको थियो ।[२०]

२०१८-१९[सम्पादन गर्ने]

सन् ८ नोभेम्बर २०१८ मा, जिरूले सिजनको आफ्नो पहिलो गोल गर्न सफल भएका थिए । उनले २०१८-१९ युइएफए युरोपा लिग समूह चरण अन्तरर्गतको चौथो खेल मा बिएटीई बोरीसोभ विरूद्धको खेलमा गोल गरेका थिए । उक्त खेल पछि चेल्सी उक्त प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो ।[२१] यस्तै २४ नोभेम्बरमा जीरूले प्रिमियर लिगमा पनि टोटनह्याम हस्टपर विरूद्ध पहिलो गोल गरेका थिए । उक्त खेलमा भने चेल्सी टोटनह्याम सँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।[२२]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

२२ मार्च २०१३ मा जिरुड फ्रान्सबाट जर्जिजको विरुद्धमा खेल्दै

फ्रान्सेली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नु भन्दा पहिले जिरुले राष्ट्रिय युवा टोलीको साथ कुनै पनि उपस्थिती जनाएका थिएनन् । सन् २००१ मा उनलाई राष्ट्रिय यू-१६ टोलीको प्रतिनिधित्व गर्नका लागि तालिम कार्यशालामा बोलाइएको थियो तर युवा टोलीमा बरिस्ठ युवा खेलाडी योहान कबाय र यान गार्कुफ थिए भने टोलीको प्रशिक्षकको रुपमा पेरी मेनकवास्की रहेका थिए । त्यसैले पनि उनले उक्त टोलीमा स्थान बनाउन सफल भएका थिएनन् ।[२३] त्यस कार्यशाला पछि जिरुले २००१-०२ को सिजन अन्तरालमा पनि खेल्ने मैका पाएका थिएनन् ।

सन् ३ नोभेम्बर २०११ का दिन घरेलु टोली मोन्टेपिलरमा जिरुको प्रस्तुति देखेर राष्ट्रिय टोलीका प्रशिक्षक लरेन्ट ब्याङ्कले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जिरुको नाम खेलाडीको सुचिमा राखेका थिए ।[२४][२५] जिरुले उनको पहिलो अन्तर्राष्ट्रिय खेल सन् ११ नोभेम्बर २०११ मा अमेरिकाको विरुद्धमा खेलेका थिए भने सन् १५ नोभेम्बर २०११ मा बेल्जियमको विरुद्धमा खेलेका थिए । जिरुले उनको पहिलो अन्तर्राष्ट्रिय खेलमा राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा आफ्नो बाल्य अवस्थाको सपना पूरा भएको छ भनेर सञ्चार माध्यमहरूलाई भनेका थिए । उनिले फ्रान्स राष्ट्रिय टिमबाट पहिलो पटक अमेरिकाका विरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेका थिए । जहाँ उनी अतिरिक्त खेलाडिको रुपमा मैदान प्रवेश गरेका थिए । त्यो खेल फ्रान्सले १-० गोल अन्तरले जितेको थियो । जिरुले बेल्जियमका विरुद्ध पनि दोस्रो अन्तर्राष्ट्रिय खेल खेलेका थिए तर खेल गोल रहित समाप्त भएको थियो । सन् २९ फेब्रुअरी २०१२ का दिन जिरुले जर्मनीको विरुद्ध उनको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए जुन खेल २-१ गोल अन्तरमा फ्रान्सले जितेको थियो । त्यस खेलको ३ महिना पछि उनलाई युइएफए युरो २०१२ को फ्रान्सेली फुटबल टिमको अन्तिम खेलाडिहरूको सुचिमा समावेश गरिएको थियो । त्यस घोषणाको दुई दिन अघि जिरुले आइसल्यान्डका विरुद्ध गोल गर्नमा २ सहायता गरेका थिए । [२६]

सन् १६ अक्टोबर, २०१२ मा २०१४ फिफा विश्वकप छनौट खेलमा जिरुले स्पेनका विरुद्ध गोल गर्दै खेललाई १-१ को बराबरीमा पुराएका थिए ।[२७] त्यस खेलमा उनी अतिरिक्त खेलाडिको रुपमा ८८ ‌औं मिनेटमा मैदान भित्र्यिका थिए । उनले स्पेनको विरुद्धमा गरेका गोलका कारणले र आर्सनलमा देखाएको प्रस्तुतिले उनलाई र उनको आर्सनलका खेलाडी साथि लरेन्ट कोसिल्नीलाई १४ नोभेम्बरमा इटालीका विरुद्धमा खेल्नका लागि डाकिएको थियो । [२८]त्यस खेलमा जिरुले निकै थोरै गोल गर्ने मौका पाएका थिए र उनलाई अर्का अतिरिक्त खेलाडीसँग साटिएको थियो । सन् ११ अक्टोबर २०११ का दिन जिरुले अष्ट्रेलियाका विरुद्ध २ गोल गर्दै खेलका उत्कृष्ट खेलाडि घोषित भएका थिए जुन खेलमा फ्रान्सले अष्ट्रेलियालाई ६-० गोल अन्तरले हराएको थियो । [२९]

सन् १३ मे २०१४ मा जिरुलाई २०१४ फिफा विश्वकपमा खेल्ने अन्तिम खेलाडीको सुचिमा सुचिकृत गरियो । उनले खेलको पहिलो खेलमा उनी एक अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए जुन खल फ्रान्सले होन्डुरसको विरुद्धमा खेलको थियो । जिरुलाई त्यो खेल पछि फ्रान्सका पशिक्षकले स्विट्जरल्याण्ड विरुद्धमा प्रमुख खेलाडीको रुपमा राखेको थियो । त्यस खेलमा जिरुले १७ ‌औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यो गोल उनको व्यक्तिगत पहिलो विश्वकप गोल र १०० औं अन्तर्राष्ट्रिय खेल थियो ।

सन् १० जुन, २०१६ मा युइएफए युरो २०१६ को पहिलो खेलमा फ्रान्सले रोमानीयालाई २-१ गोल अन्तरले जितेको थियो । जिरुले यस खेलमा फ्रान्सको लागि शुरु देखि अन्तिमसम्म खेल्ने खेलाडीको रूपमा ५० औँ उपस्थिति जनाएका थिए । फ्रान्सको अर्को खेलमा जिरुले ५७ औँ मिनेटमा हेडिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जिरुले क्वाटरफाइनल खेलमा पनि १ गोल गर्न सफल भएका थिए, जुन खेलमा फ्रान्सले आइसल्याण्ड विरुद्ध ५-१ गोल अन्तरले विजय हाँसिल गरेको थियो । युइएफए युरो २०१६ को फाइनल खेलमा फ्रान्स राष्ट्रिय टोली पोर्चुगलसँग हार्न पुगेको थियो । पूर्ण प्रतियोगिताको नतिजा आएपछि जिरुड प्रतियोगिताकै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको दोस्रो स्थानमा परेका थिए जहाँ उनले ३ गोल र २ सहायता गरेका थिए र उनले काश्य जुत्ता पनि जितेका थिए ।

खेल्ने तरिका[सम्पादन गर्ने]

जिरुड धेरै आक्रमणकारी पदहरूमा खेल्ने क्षमता राख्छन्, तर सामान्यतया उनि एक अग्रपङ्क्ति वा केन्द्रिय अग्रपङ्क्तिको रूपमा खेल्ने गरेका छन् तथा उनी कहिले काँही एक दृतिय अग्रपङ्क्तिको रूपमा पनि खेलेको पाईन्छ । उनलाई कडाँ र दमदार स्ट्राइको रूपमा लिन सकिन्छ ।[३०][३१] उनि सामन्यतया अगाडि बढ्दै रक्षापङ्क्तिका खेलाडीहरूलाई भ्रममा पार्न माहिर छन् ।[३२]

फुटबल बाहिर[सम्पादन गर्ने]

ब्यक्तिगत जीवन[सम्पादन गर्ने]

जिरुड मे २०१५ मा

जिरुको एउटा सानो भाइ छन् रोमेन, उनि पनि एक फुटबल खेलाडी हुन् । उनी लिग २ को फुटबल क्लब एक्सर एकेडेमीबाट खेल्दछन् र फ्रान्स राष्ट्रिय फुटबल टिमका लागि १५ बर्ष भन्दा कम वा १७ बर्ष भन्दा कम उमेरका खेलाडीको प्रतिनिधित्व गर्दछन् ।

जिरुले सन् २०११ मा जेनिफरसँग विवाह गरे ।[३३] उनीहरूको छोरी जेड १८ जून २०१३ मा जन्मिएकी थिइन् । जिरुड एक रोमन क्याथोलिक हुन् र उनको दाहिने हातमा ट्याटू रहेको छ । फेब्रुअरी २०१४ मा, जिरुले मोडल सेलीया केसँग मीलि आफ्नी श्रीमतीलाई धोका दिएका थिए । यो घटना पछि, जिरुले आफ्नी श्रीमतीसँग उनलाई व्यभिचार नगरेकोमा माफी मागेका थिए ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

अद्यावधिक १ सेप्टेम्बर २०१८[३४][३५]
गोलहरु र क्लब खेलहरुमा सहभागीता
क्लब सिजन लिग राष्ट्रिय कप[nb १] लिग कप[nb २] युरोप[nb ३] अन्य[nb ४] जम्मा
विभाग खेल गोल खेल गोल खेल गोल खेल गोल खेल गोल खेल गोल
ग्रिनेवल २००५–०६ लिग २
२००६–०७ १७ १९
जम्मा २३ २५
स्ट्रोस २००७–०८ राष्ट्रिय च्यापियन ३३ १४ ३४ १४
टुर्स २००८–०९ लिग २ २३ २६ १३
२००९–१० ३८ २१ ४१ २३
जम्मा ६१ ३० ६७ ३६
मोन्टपिलर २०१०–११ लिग १ ३७ १२ ४३ १४
२०११–१२ ३६ २१ ४२ २५
जम्मा ७३ ३३ ८५ ३९
आर्सनल २०१२–१३ प्रिमियर लिग ३४ ११ ४७ १७
२०१३–१४ ३६ १६ ५१ २२
२०१४–१५ २७ १४ ३६ १९
२०१५–१६ ३८ १६ ५३ २४
२०१६-१७ २९ १२ ४० १६
२०१७–१८ १६ २६
जम्मा १८० ७३ २३ १३ ३८ १६ २५३ १०५
चेल्सी २०१७–१८ प्रिमियर लिग १३ १८
२०१८–१९
जम्मा १६ २१!१५
कार्यकाल जम्मा २८६ १५५ ३६ २१ १९ ४१ १७ ४८५ २०१
नोट

अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

अद्यावधिक २०१९, २५ मार्च सम्मको तथ्याङ्क[३६]
राष्ट्रिय टोलीमन जनाएको उपस्थित र गरेका गोलहरू
राष्ट्रिय टोली वर्ष खेलहरू गोलहरू
फ्रान्स २०११
२०१२ १२
२०१३ १२
२०१४
२०१५ १०
२०१६ १४
२०१७ १०
२०१८ १८
२०१९
जम्मा ८९ ३५

अन्तर्राष्ट्रिय गोलहरू[सम्पादन गर्ने]

२५ मार्च २०१९ का अनुसार[३७]
मितिका अनुसार अन्तर्राष्ट्रिय गोलहरू, स्थान, उपस्थिती, प्रतिशपर्धी, अङ्क, नतिजा
न. मिति स्थान उपस्थिती प्रतिशपर्धी अङ्क नतिजा प्रतिशपर्धा
२९ फेब्रुअरी २०१२ वेसरस्टेडन, ब्रिमेन, जर्मनी  जर्मनी १–० २–१ मैत्रीपुर्ण खेल
१६ अक्टोबर २०१२ भिसेन्ट रङ्गशाला म्याड्रिड, स्पेन १३  स्पेन १–१ १–१ २०१४ फिफा विश्वकप छनौट
२२ मार्च २०१३ स्टेट डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स १६  जर्जिया १–० ३–१
११ अक्टोबर २०१३ पार्क डेस प्रिन्सेस, पेरिस, फ्रान्स २३  अस्ट्रेलिया २–०
६–०
मैत्रीपुर्ण खेल
३–०
२७ मे २०१४ स्टेट डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स २८  नर्वे २–०
४–०
४–०
८ जुन २०१४ स्टेड पेरि, फ्रान्स ३०  जमैका ४–० ८–०
२० जुन २०१४ इटिपाभ एरिना, साल्भाडोर, ब्राजिल ३२  स्विजरल्याण्ड १–० ५–२ २०१४ फिफा विश्वकप
१० २९ मार्च २०१५ स्टेट गिचार्ड, सेन्ट-इटिना, फ्रान्स ३७  डेनमार्क २–० २–० मैत्रीपूर्ण अेल
११ ११ अक्टोबर २०१५ पार्केन स्टेडन, कोपनहेगन, डेन्मार्क ४३  डेनमार्क १–०
२–१
१२ २–०
१३ १३ नोभेम्बर २०१५ स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स ४४  जर्मनी १–० २–०
१४ २५ मार्च २०१६ अाम्स्टरडम एरिना, अामस्टरडम, नेदरल्यान्ड ४६  नेदरल्याण्ड २–० ३–२
१५ ३० मे २०१६ स्टेड डे ला, नान्टेस, फ्रान्स ४८  क्यामेरून २–१ ३–२
१६ ४ जुन २०१६ स्टेड सेन्ट, मेट्ज, France ४९  स्कटल्यान्ड १–०
३–०
१७ २–०
१८ १० जुन २०१६ स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स ५०  रोमानिया १–० २–१ युइएफए युरो २०१६
१९ ३ जुलाई २०१६ स्टेड डे फ्रान्स , सेन्ट-डेनिस, फ्रान्स ५३  आइसल्याण्ड १–०
५–२
२० ५–१
२१ १ सेप्टेम्बर २०१६ स्टेडियो सान निकोला, बरी, इटाली ५६  इटाली २–१ ३–१ मैत्रीपूर्ण खेल
२२ २५ मार्च २०१७ स्टेड जोसे, लक्जम्बर्ग सहर, लग्जम्बर्ग ६०  लक्जेम्बर्ग १–०
३–१
२०१८ फिफा विश्वकप छनौट
२३ ३–१
२४ २ जुन २०१७ रोजहन पार्क, रिन्स, फ्रान्स ६२  पाराग्वे १–०
५–०
मैत्रीपूर्ण
२५ २–०
२६ ३–०
२७ ९ जुन २०१७ फ्रेन्डस् एरिना , सोल्ना, स्वीडेन ६३  स्विडेन १–० १–२ २०१८ फिफा विश्वकप छनौट
२८ १० अक्टोबर २०१७ स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स ६८ Belarus बेलारुस २–० २–१
२९ १० नोभेम्बर २०१७ स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स ६९  वेल्स २–० २–० म‌ैत्रीपूण
३० २३ मार्च २०१८ स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स ७०  कोलम्बिया १–० २–३
३१ २८ मे २०१८ स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स ७२  आयरल्याण्ड १–० २–०
३२ ९ सेप्टेम्बर २०१८ स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स ८३  नेदरल्याण्ड २–१ २–१ २०१८-१८ युइएफए राष्ट्र लिग
३३ २० नोभेम्बर २०१८ स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स ८७  उरुग्वे १–० १–० मैत्रिपूण खेल
34 22 March 2019 जिम्ब्रु रङ्गशाला, चिसिनाउ , माल्डोभा ८८  मोल्डोभा ३–० 4–1 २०२० युइएफए युरो कप छनोट
35 २५ मार्च २०१९ स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स ८९  आइसल्याण्ड २–० ४–०

उपाधि तथा सम्मानहरू[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

फ्रान्स मोन्टपेलियर

इङ्गल्याण्ड अार्सनल

इङ्गल्याण्ड चेल्सी

अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

 फ्रान्स

व्यक्तिगत[सम्पादन गर्ने]

  • लिग १ सर्वाधिक गोलकर्ता : २०११-१२[४१]
  • राष्ट्रिय खेलाडीहरू लिग १ का वर्ष खेलाडी : २०११-१२[४२]
  • लिग २ खेल्ने राष्ट्रिय उत्कृष्ट वर्ष खेलाडी :२००९-१९०[४४]
  • लिग २ वर्ष उत्कृष्ट टिम : २००९-१०
  • लिग २ खेल्ने राष्ट्रिय उत्कृष्ट महिना खेलाडी : सेप्टेम्बर २००९, नोभेम्बर २००९[४५]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू" (अङ्ग्रेजीमा), प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१७ 
  2. "Aux origines de Payet, Giroud et Griezmann", La revue française de Généalogie 
  3. "Giroud, la Marseillaise et sa mamie", सोफुट डटका 
  4. "Olivier Giroud, buteur né", ले मोन्डे, ३० अक्टोबर २०११, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२ 
  5. "Olivier Giroud, buteur né", ले मोन्डे, ३० अक्टोबर २०१२, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२ 
  6. "ग्रिनोवल र लि हाभ्रे बिच भएको खेलको प्रतिवेदन", Ligue de Football Professionnel, २६ फेब्रुअरी २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२ 
  7. "लेवल र स्ट्रेस बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, ११ अगस्ट २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२ 
  8. "भेनेस र स्ट्रेस बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, २५ अगस्ट २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२ 
  9. "क्रिटल र स्ट्रेस बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, १ सेप्टेम्बर २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२ 
  10. "अार्लस एभिगनन र स्ट्रेस बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, २२ सेप्टेम्बर २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२ 
  11. "पाउ र स्ट्रेस बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, ६ अक्टोबर २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२ 
  12. "ग्यो र मोन्टेपिलर बिच भएको खेलको प्रतिवेदन", युइएफए (फ्रान्सेलीमा), २९ जुलाई २०१०, अन्तिम पहुँच ६ फेब्रुअरी २०१२ 
  13. हारे, जो (२ जुलाई २०१२), "जिरुड अार्सनलसँग अाबद्ध भएका छन्", लन्डन: द टेलिग्राफ, अन्तिम पहुँच २४ जनवरी २०१४ 
  14. "जिरुड अार्सनलमा अाबद्ध भएका छन", अार्सनल फुटबल क्लब, मूलबाट २ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१२ 
  15. "वेस्ट ह्याम १–३ अार्सनल बिबिसी स्पोर्ट अभिगमन मिति ६ अक्टोबर २०१२
  16. अोर्नसटेन, डेभिड (१७ अगस्ट २०१३), "अार्सनल १–३ एस्टन भिल्ला", बिबिसी (बिबिसी स्पोर्ट), अन्तिम पहुँच ७ सेप्टेम्बर २०१३ 
  17. मागोवन, एलिस्टर (१ सेप्टेम्बर २११३), "अार्सनल १–० टोटन्ह्याम हटस्पर", बिबिसी (बिबिसी स्पोर्ट), अन्तिम पहुँच ७ सेप्टेम्बर २०१३ 
  18. "जिरुड चेल्सीमा आबद्ध भएका छन्", चेल्सीको अाधिकारिक वेबसाइट (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ जनवरी २०१८ 
  19. "चेल्सी ४ हल सिटि ० खेलको विवरण", इभिनिङ स्ट्यान्डर्ड (अङ्ग्रेजीमा), १७ फेब्रुअरी २०१८। 
  20. "चेल्सी ३–० वेस्ट ब्रुमविच एल्बियन खेलको विवरण", स्काईस्पोर्ट्स (अङ्ग्रेजीमा), १२ फेब्रुअरी २०१८। 
  21. "जिरुले चेल्सीलाई युरोपा लिगको नकअाउट चरणमा प्रवेश गराय", एसबिएस (अङ्ग्रेजीenमा), अन्तिम पहुँच ९ नोभेम्बर २०१८ 
  22. "प्रिमियर लिग - टोटनह्याम ३ चेल्सी १ - खेलको प्रतिवेदन", बिइन स्पोर्ट्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ नोभेम्बर २०१८ 
  23. "La liste des participants au rassemblement du CTNFS" (फ्रान्सेलीमा), फ्रान्स फुटबल सङ्घ, १७ अगस्ट २००१, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२ 
  24. "सार्बाधिक गोलकर्ता जिरुले फ्रान्स राष्ट्रिय फुटबल टोलीमा अावद्ध भएका छन्", फ्रान्स२४, ३ नोभेम्बर २०११, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२ 
  25. "जिरुड फ्रान्स राष्ट्रिय टोलीमा", युइएफए, १० नोभेम्बर २०११, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२ 
  26. "Le joueur du MHSC Olivier Giroud sélectionné en équipe de France" (फ्रान्सेलीमा), मिडि लिब्रे, ३ नोभेम्बर २०११, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२ 
  27. "फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल जित्न सफल भएको छ", स्काई-स्पोट्स, १४ नोभेम्बर २०१२, अन्तिम पहुँच १६ नोभेम्बर २०१६ 
  28. "ओलिभिएर जिरुड र लरेन्ट कोसील्नीले फ्रान्स राष्ट्रिय टोलीका लागि खेल्ने भएका छन्", स्पोर्ट्स उपडेट, १० नोभेम्बर २०१२, अन्तिम पहुँच ११ नोभेम्बर २०१२ 
  29. "स्पेन १–१ फ्रान्स:", गोल डट कम, १६ अक्टोबर २०१२, अन्तिम पहुँच १४ मे २०१४ 
  30. "Giroud, tras los pasos de Guivarch, el 'falso 9 de la Francia del 98': un delantero sin gol... que es fundamental" (स्पेनीमा), मार्का, १२ जुलाई २०१८, अन्तिम पहुँच ३० नोभेम्बर २०१८ 
  31. "Giroud, un avenir en bleu" [Giroud, a future in blue], Le Dauphiné (फ्रान्सेलीमा), ८ नोभेम्बर २०११, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२ 
  32. "कसरी अार्सनलका जिरुले रक्षपङ्क्तिका खेलाडीहरूलाई भ्रममा पार्दछन् ?", बिबिसी स्पोर्ट्स, २६ सेप्टेम्बर २०१३। 
  33. "अोलिभर जरु र उनकी श्रीमती जेनिफर", फेब्रुअरी २०१४, अन्तिम पहुँच १५ फेब्रुअरी २०१४ 
  34. "अोलिभर जिरुको ,तथ्याङ्क बायोडाटा,समाचार" 
  35. "अोलिभर जिरु" 
  36. "अोलिभर जिरु", राष्ट्रिय फुटबल टिम, अन्तिम पहुँच १४ नोभेम्बर २०१५ 
  37. "अोलिभर जिरू-राष्ट्रिय फुटबल टिम खेलाडी", ५ जुन २०१६, अन्तिम पहुँच ५ जुन २०१६ 
  38. "ओलिभिएर जिरुड", युरो स्पोर्ट्स डटकम 
  39. म्याकनल्टि, फिल (१९ मे २०१८), "चेल्सी १–० म्यानचेस्टर युनाइटेड", बिबिसी स्पोर्ट, अन्तिम पहुँच १९ मे २०१८ 
  40. म्याकनल्टि, फिल (१५ जुलाई २०१८), "फ्रान्स ४–२ कोएसिया", बिबिसी स्पोर्ट्स, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८ 
  41. "फ्रान्स – सर्बाधिक गोलकर्ता", अारएसएसएसएफ डटकम 
  42. "UNFP: Trophées UNFP du football: Le palmarès complet...", नेसनल युनियन अफ प्रोफेसनल फुटबलर, १४ मे २०१२, मूलबाट ३ मार्च २०१४-मा सङ्ग्रहित। 
  43. "अोलिभर जिरु: अवलोकन", प्रिमियर लिग, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८ 
  44. "अाधिकारिक सर्बाधिक गोलकर्ताको सुची: २००९–१० लिग १", लिग १ डटकम 
  45. "Trophées UNFP: अोलिभर जिरु: Palmarès & trophée", नेसनल युनियन अफ प्रफेसनल फुटबलर, अन्तिम पहुँच ६ फेब्रुअरी २०१२ 
  46. "२०१८/१९ प्रमियर लिग माइलस्टोन्स", प्रमियर लिग, २२ अक्टोबर २०१८, अन्तिम पहुँच २७ अक्टोबर २०१८ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]