सामग्रीमा जानुहोस्

ओविड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओविड
अज्ञात मूर्तिकारद्वारा बनाइएको ओविडको मूर्ति, पहिलो शताब्दी ईस्वी, उफिजी ग्यालेरी, फ्लोरेन्स
अज्ञात मूर्तिकारद्वारा बनाइएको ओविडको मूर्ति, पहिलो शताब्दी ईस्वी, उफिजी ग्यालेरी, फ्लोरेन्स
जन्मपब्लियस ओविडियस नासो[]
२० मार्च ४३ ईसापूर्व
सल्मोना, इटाली, रोमी गणराज्य
मृत्युसन् १७ वा १८ (उमेर ५९–६१ वर्ष)
कन्स्टेन्टा, सिसिया माइनर, रोमी साम्राज्य
पेशाकवि
विधाएलिजी, महाकाव्य, नाटक
उल्लेखनीय कार्यहरूमेटामर्फोसेस

पब्लियस ओविडियस नासो (२० मार्च ४३ ईसापूर्व – सन् १७/१८), जसलाई अङ्ग्रेजीमा ओविड भनिन्छ, सम्राट अगस्टसको समयमा जीवित रहेका एक रोमी कवि थिए।[][] उनी भर्जिलहोरससँगै ल्याटिन साहित्यका तीन महान् कविहरूमध्ये एक मानिन्छन्। रोमी विद्वान क्विन्टिलियनले उनलाई आफ्नो प्रकारका अन्तिम महान् प्रेम कविको रूपमा उल्लेख गरेका छन्।[]

ओविड आफ्नो जीवनकालमै अत्यन्त लोकप्रिय थिए, तर सम्राट अगस्टसले उनलाई जीवनका अन्तिम ९ वा १० वर्षका लागि ब्ल्याक सी (कृष्ण सागर) किनारको सहर टोमिसमा बस्न पठाए। ओविडका अनुसार उनलाई एक कविता र एउटा गल्तीका कारण निर्वासित गरिएको थियो, तर उनले कहिल्यै त्यसको विस्तृत कारण बताएनन्, जसले विद्वानहरूलाई अनुमान गर्न बाध्य बनायो।

ओभिडको सबैभन्दा प्रसिद्ध कृति मेटामर्फोसेस हो। १५ भागमा लेखिएको पौराणिक कथा–सम्बन्धी लामो काव्य, जुन ड्याक्टिलिक हेक्सामिटर शैलीमा लेखिएको छ। उनले आर्स एमाटोरिया (Ars Amatoria) ("प्रेमको कला") र फास्टी जस्ता कविताहरू पनि लेखे, जुन एलिजियाक कपलेट शैलीमा छन्।

उनीका कृतिहरू लेट एन्टीक्विल्टीमध्य युगमा धेरै प्रतिलिपि गरिएका थिए र तिनले पश्चिमी कला र साहित्यमा गहिरो प्रभाव पारेका छन्। मेटामर्फोसेस आज पनि शास्त्रीय पौराणिक कथा बुझ्नका लागि मुख्य स्रोतहरूमध्ये एक मानिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Random House Webster's Unabridged Dictionary: "Ovid"
  2. Kenney, Edward John, ["Ovid", Encyclopaedia Britannica, अन्तिम पहुँच २२ फेब्रुअरी २०२४ ]
  3. Quint. Inst. 10.1.93
  4. Mark P.O. Morford, Robert J. Lenardon, Classical Mythology (Oxford University Press US, 1999), p. 25. आइएसबिएन ०१९५१४३३८८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found