ओसाका
ओसाका (जापानी: 大阪市) जापानको होन्शु द्वीपको कान्साई क्षेत्रको एक प्रमुख शहर हो। यो ओसाका प्रान्तको राजधानी पनि हो। टोकियो तथा योकोहामापछि जापानको तेस्रो ठूलो शहर हो। अक्टोबर २०२५ अनुसार, यहाँको जनसंख्या लगभग २.८ मिलियन छ र यो केइहानशिन महानगर क्षेत्रको केन्द्र हो, जसमा १९ मिलियनभन्दा बढी बासिन्दा छन्।[१]
नामको उत्पत्ति
[सम्पादन गर्नुहोस्]ओसाकाको अर्थ "ठूलो डाँडा" वा "ठूलो ढलान" हुन्छ। यस शहरको बारेमा लेखिएको पहिलो प्रमाण १४९६ मा भेटिन्छ। एडो कालमा 坂 कञ्जीलाई 阪 मा परिवर्तन गरिएको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]प्रागैतिहासिक र प्राचीन काल
[सम्पादन गर्नुहोस्]जोमोन कालमा ओसाकाको अधिकांश भाग समुन्द्रमा डुबेको थियो। मोरिनोमियामा भेटिएका पुरातात्विक वस्तुहरूमा औजारहरू, र चामल प्रशोधनका अवशेषहरू पाईएको थियो।[२] यायोई कालमा चामल खेतीले स्थायी बसोबासको विकास भयो।[३]
कोफुन काल
[सम्पादन गर्नुहोस्]कोफुन कालमा बन्दरगाहको स्थापना संगै ओसाका व्यापारिक केन्द्र बन्यो। [४]
असुका र नारा काल
[सम्पादन गर्नुहोस्]६४५ मा सम्राट कोतोकुले नानिवा नगारा-तोयोसाकी दरबार बनाए। ओसाका जापानको राजधानी बन्यो। शितेन्नो-जी मन्दिर ५९३ मा बनेको जापानको सबैभन्दा पुरानो बौद्ध मन्दिर हो।[५]
हिएनदेखि एडो काल
[सम्पादन गर्नुहोस्]१४९६ मा जोदो शिन्शु बौद्धहरूले इशियामा होन्गान-जी स्थापना गरे। ओडा नोबुनागाले नष्ट गरेपछि टोयोतोमी हिदेयोशीले ओसाका किल्ला बनाए। ओसाका जापानको आर्थिक केन्द्र बन्यो। डोजिमा चामल विनिमय १६९७ मा स्थापना भयो।[६]
कबुकी र बुनराकुजस्ता कला फस्टाए। १८३७ मा ओशियो हेइहाचिरोले गरिबीको विरोधमा विद्रोह गरे। १८६८ मा विदेशी व्यापार सुरु भयो।
मेइजीदेखि हेइसेई काल
[सम्पादन गर्नुहोस्]मेइजी पुनर्स्थापनापछि ओसाका तीव्र औद्योगिक केन्द्र बन्यो। १९२५ मा जापानको सबैभन्दा ठूलो शहर बन्यो। जनरल मोटर्सले १९४१ सम्म कारखाना सञ्चालन गर्यो।[७]
दोस्रो विश्वयुद्धमा ओसाका धेरै पटक बमबारीमा पर्यो। युद्धपछि पुनर्निर्माणले समृद्धि ल्यायो। एक्सपो '७० ओसाकामा आयोजना गरियो।
२१औं शताब्दी
[सम्पादन गर्नुहोस्]ओसाकालाई टोकियोजस्तै महानगर बनाउने योजना दुई पटक जनमत संग्रहमा असफल भयो। हन२०१४ मा अबेनो हारुकास जापानको सबैभन्दा अग्लो भवन बन्यो। एक्सपो २०२५ युमेशिमा टापुमा आयोजना भयो।
भूगोल
[सम्पादन गर्नुहोस्]ओसाका ओसाका बेको किनारमा छ र वरिपरि उपग्रह शहरहरूले घेरेको छ। यसको क्षेत्रफल २२२.३० वर्ग किलोमिटर हो।
मौसम
[सम्पादन गर्नुहोस्]ओसाकामा आर्द्र उपोष्णकटिबंधीय मौसम छ। गर्मी तातो र आर्द्र हुन्छ। वर्षा ऋतु जुनदेखि जुलाईसम्म हुन्छ।
अर्थतन्त्र र संस्कृति
[सम्पादन गर्नुहोस्]ओसाका जापानको प्रमुख वित्तीय केन्द्र हो। यहाँ ओसाका एक्सचेन्ज र पानासोनिक, शार्पजस्ता कम्पनीहरू छन्। ओसाका विश्वविद्यालय, कान्साई विश्वविद्यालयजस्ता प्रमुख शैक्षिक संस्थानहरू छन्। ओसाका किल्ला, डोटोनबोरी, सुमियोशी ताइशा आदि सांस्कृतिक स्थलहरू प्रसिद्ध छन्।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "大阪市 推計人口(毎月1日現在)・人口異動", 大阪市トップページ, City of Osaka, अन्तिम पहुँच १६ अक्टोबर २०२५।
- ↑ [11]
- ↑ "Uemachidaichi - A journey to ancient osaka", www.osaka-info.jp, मे १, २००७, मूलबाट डिसेम्बर २८, २०१२-मा सङ्ग्रहित।
- ↑ "Enjoying Sakai - Kofun Tombs (Tumuli)", Sakai City, मूलबाट जुलाई २२, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ८, २०११। वेब्याक मेसिन अभिलेखिकरण जुलाई २२, २०११ मिति
- ↑ 大石慎三郎「日本の遷都の系譜」、『學習院大學經濟論集』第28巻第3号、学習院大学、1991年10月、 31–41頁、 NAID 110007523974。P.31
- ↑ "HISTORICAL OVERVIEW – DISCOVER – OSAKA INFO -Osaka Visitors' Guide", जनवरी २९, २०१८, मूलबाट सेप्टेम्बर २३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १९, २०१६।
- ↑ "Osaka city", Osaka-info.jp, मूलबाट मार्च ६, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ५, २०१०।