कंगो-नेपाल कूटनीतिक सम्बन्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपाल र प्रजातान्त्रिक गणतन्त्र कंगो अर्थात पहिलेको जायरबीच सन् २००६ सेप्टेम्बर २२मा कूटनैतिक-सम्बन्ध स्थापना भएको हो। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली तथा कंगोका विदेश एवं अन्तर्राष्ट्रिय सहयोगमन्त्री रेमन्ड रमाजानी बायाले सन् २००६ सेप्टेम्बर २२मा न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा त्यस सम्बन्धी हस्ताक्षर गर्नुभएको हो।