सामग्रीमा जानुहोस्

कच्चा फलाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कच्चा फलाम वा 'पिग आइरन'

कच्चा फलाम भनेको फलामको अयस्कलाई उच्च कार्बन इन्धन (जस्तै कोक) ले पगालेपछि बन्ने मध्यवर्ती उत्पादन हो।यसमा, चुनढुङ्गा लाई प्रायः फ्लक्सको रूपमा प्रयोग गरिन्छ।

कोइला र एन्थ्रासाइटलाई पनि इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ। कच्चा फलाममा कार्बनको मात्रा धेरै (सामान्यतया ३.५-४.५%) हुन्छ । यस कारणले गर्दा, कच्चा फलाम धेरै भंगुर (Brittle) हुन्छ। यसलाई वेल्डिङ पनि गर्न सकिँदैन। त्यसैले, यसको प्रत्यक्ष प्रयोग धेरै कम हुन्छ।

ब्लास्ट भट्ठीबाट कच्चा फलाम मात्र निस्कन्छ। वास्तवमा 'कच्चा फलाम' भनेको फलाम, कार्बन, सिलिकन, म्याङ्गनीज, फस्फोरस र सल्फरको मिश्र धातु हो। यो एक माध्यमिक उत्पादन हो जसलाई अन्य उत्पादनहरू बनाउन थप प्रशोधन गरिन्छ। यो अन्य चीजहरू बनाउनको लागि 'कच्चा पदार्थ' हो, त्यसैले यसको नाम 'कच्चा फलाम' राखिएको हो।

प्रयोग

[सम्पादन]

डक्टाइल आइरन बनाउन कच्चा फलाम प्रयोग गरिन्छ।

वर्गीकरण

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]