कटरडाँगी निम्न माध्यमिक विद्यालय, चकचकी ६

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कटरडाँगी निम्न माध्यमिक विद्यालय दुर्गापुर स्राेतकेन्द्र अन्तर्गत पर्दछ । याे विद्यालय झापा जिल्ला अन्तर्गत चकचकी गाविस वडा नं. ६ मा पर्दछ । झापाकाे व्यापारिक कैन्द्र विर्तामाेडदेखि केही किलाेमिटर पश्चिममा रहेकाे चारपाने बस बिसाउनीबाट दक्षिणतिर अन्दाजी चार किलाेमिटर पार गरेपछि यस विद्यालयमा पुग्न सकिन्छ । यस विद्यालयकाे विधिवत् स्थापना विसं २०११ मा भएकाे देखिन्छ । यसरी हेर्दा याे विद्यालय झापा जिल्लाकाे निकै पुरानाे विद्यालय हाे भन्ने देखिन्छ ।
यस विद्यालयमा कक्षा एकदेखि अाठ सम्म अध्ययन अध्यापन हुने गरेकाे छ । विद्यालय यसकाे स्तराेन्नति तर्फ पनि अग्रसर रहेकाे पाइन्छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा ः जिल्ला शिक्षा कार्यालय ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]