कटारी मल्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कटारी मल्ल सुर्यमन्दिर[सम्पादन गर्ने]

कटारी मल्ल देवता डोटी रैका राजा(जुम्लाको रैका मल्ल राजा )का कुलदेवता हुन् । यी देवता आफुलाई २२ काना, ५२ दल को धनि भनेर भन्ने गर्दछन । डोटी कफलेकीमा हुने अनन्ते चतुर्दशीको जांतमा कटारी मल्ल देवताको पूजा हुने गर्दछ | डोटी रैका राजा सुर्यमल्लले आफ्ना कुलदेवता कटारी मल्लको नामले कटारी मल्ल मन्दिर कुमाऊमा बनाएका छन् । सुर्यमल्ल राजाले (बि.स १४२४) तिर बनाएको सो मन्दिरलाई कुमाऊमा कटारी मल्ल सुर्य मन्दिर भन्ने गरिन्छ । डोटी दिपायल देखि दक्षिण तर्फ रहेका तीन गाउँ विकास समितिहरु भूमिराजमाण्डौ, कपल्लेकी र मुडेगाउँका बीचमा स्थापित र तीनवटै गाउँ विकास समितिका मान्छेका साझा देवता कपल्लेकी देवता (ढँडारमष्टो) हुन् । कपल्लेकी देवताका चारैकुनामा स्थापित गणमानिने देवताहरु

शाके ११४५ (बि .स. १२८०)मा कार्तिकेयपुर राज्य बिजयगरेपछि रैकाराजाद्वार निर्मित काटार मल्ल मन्दिर अल्मोडा
  • तेडी,
  • मष्टो,
  • निमाउने,
  • कपडेउती,
  • राँकरे,
  • गौडीवाघ,
  • चिमराडो,
  • लाटा,
  • कलारै
  • नवादेउ,
  • मसानी
  • कटारीमल्ल,
  • कौछे ,
  • लोहाखडी,
  • एकसरे सहितका धेरै देवता मानिन्छन । यिनै देवताहरुलाई त्यस भेगका मानिसहरुले आप्mना कुदेवता मानि पुज्दै आएकाछन् । कपल्लेकेदार भनिने यहाँका ढंडार मष्टोका ठूला शक्तिशाली मानिने कटारी मल्ल तथा खापरे देवता हुन् । यहाँको जाँतमा नागी मल्लको वंशजको खोजि हुने गर्दछ । पचनाली तलकोटकी जानकी देवी मल्लका अनुसार कफलेकी केदार भनिने ढँडार मष्टाको अधेगा नागीमल्ल राजाकी महारानीहरु हुने गर्दछन् । कटारी मल्ल देवताका धामी र भंराडी सिमलडोर सलेनाका वलायर जातिका हुन्छन् । पहिलेका दिनमा मुडेगाउँ र कपल्लेकी गाउँ विकास समितिको क्षेत्रलाई जिजिकोट गर्खा क्षेत्र भन्ने गरिन्थ्यो । भूमिराजमाण्डौ गाउँ विकास समितिको क्षेत्रलाई सलेना गर्खा भनिन्थ्यो । यी कटारी मल्लदेवता जिजिकोट र सलेना गर्खाका सच्चा देवता हुन । यस क्षेत्रमा यिनकै वोलवाला चल्दछ । कपल्लेकी केदार (ढँडारमष्टो) र शिखर केदारको जाँत
  • प्रत्येक वर्षको भाद्र शुक्ल पक्ष अनन्ते चर्तुदशीमा हुन्छ ।

शिखर लाटाकाफली देवता मुडभराको दक्षिण तेलेको लेकको बीचमा छन् । यिनको स्थापना नागी मल्लले गरेको वताईन्छ । कपलेकी केदार र शिखर एउटै देवता हुन् । कफलेकी केदारमा जाँतका वेला १२ गाउँका १२ देउरा आउँछन् । सलेनाको देउरो, डाणागुमको देउरो, मल्लिगुमको देउरो, वेलडुमराको देउरो, खचाडाको देउरो, खाती गाउँको देउरो सहितका यहाँका ठूला ठूला देवताका देउराहरु यहाँ आउछन् । कटारी मल्ल देवता त्यहाँ वर्षदिनको भविश्य वाँणी वोल्छन् । त्यो वर्षको अनिकाल, भूईचालो, खोला पैरो, भोकमरी, असिना पानी, खेती पाती के हुने के नहुने के गर्नु पर्ने के गर्न नहुने जस्ताकुरा कटारी मल्लले सुनाउने गर्दछन् । यहाँ प्रत्येक १२ वर्षमा कपल्लेकी केदारमा लक्षहोम हुन्छ । लक्षहोम सकिने दिन तथा दशहरामा मेधा हुन्छ । डोटी खत्याडीका अत्रि गोत्रिय मष्टो कुलदेवता भएका मिश्रथरका ब्राह्मण र कटारी मल्ल देवताका धामी दुवै जना साथै देवताको माडौको धुरीमा चढेर तामाका गाग्रीभरेको घीउ धुरीवाट आगामा खन्याउछन् । त्यो आगोका ज्वाला मेधाको दर्शन गर्नु उत्तम मानिन्छ । यहाँका बासीन्दाहरुलाई कटारी मल्ल देवताले पुरानो हमरो साखा भाखा के हो ? पुरानो रीति थिति के हो ? कसले के काम गरेको हो भनेर आप्mनो क्षेत्रका बासिन्दालाई वताउने गर्दछन् । यहाँ कटारी मल्ल देवता आपूmलाई २२ काना ५२ दलको धनि भन्ने गर्दछन् । यसबाट यी कटारी मल्ल देवतासँग ठूला साना गरेर ५२ दल रहेको थाहा हुन्छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. स्थलगत अध्ययन अनुसन्धान , विभिन्न व्यक्ति हरुसंगको भेटघाट, सोधपुछ, जानकारी संकलन


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]