कतारको कूटनीतिक सङ्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कतारको कूटनीतिक सङ्कट
अरबी शीत, कतार–साउदी अरब कूटनीतिक सङ्कट, र इरान–साउदी अरब परोक्ष सङ्कटको भाग
मितिसन् २०१७ जुन ५ (वि.सं. २०७४ जेठ २२) –सन् २०२१ जनवरी ५ (वि.सं. २०७७ पुस २१)[४]
स्थान
स्थिति

अल उला घोषणा हस्ताक्षर (सन् २०२१ जनवरी ५)[५][६]

कूटनीतिक विवादमा संलग्न भएका दलहरू
  • बदलिएको सर्तहरू सहित १३ बुँदे अन्तिम चेतावनी जारी गरिएको थियो।[८]
  • कतारले यमनको युद्धमा आफ्नो संलग्नता समाप्त गरेको थियो।[९] र रास दुमेरामा शान्ति स्थापना गरियो।
  •  साउदी अरब
    संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमिरेट्स
     बहराइन
    इजिप्ट मिस्र
     माल्दिभ्स
     यमन[a]
    मौरिटानिया मुरितानिया
    जिबुटी जिबुती
    कोमोरोस कोमोरोस
    नाइजर नाइजर
    गाबोन गाबोन
    अन्य:
     लिलिया (तुब्रुक)[b]
    सोमालिल्यान्ड सोमालिल्यान्ड[c]
    पूर्व:
    सेनेगल सेनेगाल (सन् २०१७ सम्म)
    चाड चाड (सन् २०१८ सम्म)
     जोर्डन (सन् २०१९ सम्म)[१]
     कतार
    समर्थक:
     टर्की (खाद्य सहायता, कूटनीतिक र सैन्य समर्थन)[२]
     इरान (खाद्य सहयोग, वायु सहयोग र कूटनीतिक समर्थन)[३]
    अन्य:
    लिबिया लिबिया (त्रिपोली)
    मुस्लिम भातृभाव
    हमास (आरोपित)
    अदनमा तैनाथ सरकारले कतारसँगको सम्बन्ध विच्छेद गरेको छ।
    तुब्रुक-आधारित सरकारले जनवरी २०१६ मा, राष्ट्रिय सहमतिको सरकारको गठन गरेसँगै अन्तर्राष्ट्रिय मान्यता गुमाएको छ।तुब्रुकस्थित सरकारले कतारसँगको कूटनीतिक प्रतिनिधित्व नभएपनि सम्बन्ध बिच्छेद गरेको दावी गरेको छ।
    सोमालिल्यान्डको स्वतन्त्रतालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता प्रदान गरेको छैन।

    कतारको कूटनीतिक सङ्कट एउटा कूटनीतिक घटना थियो वि.सं २०७४ जेठ २२ तदनुसार सन् २०१७ जुन ५ मा, सुरु भएको थियो जब साउदी अरबले, संयुक्त अरब इमिरेट्स, बहराइनइजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध बिच्छेद गर्दै कतारमा दर्ता भएका विमान र जहाजहरूलाई साउदी अबरको आफ्नो हवाई क्षेत्र र समुद्री मार्गहरूको उपयोग गर्न प्रतिबन्ध लगाएको थियो।[१०] यसमा पछि जोर्डन पनि सामेल भएको थियो जसलाई माल्दिभ्स, मौरिटानिया, सेनेगल, जिबुटी, कोमोरोस, यमनलिबियामा तुब्रुक आधारित सरकारले उनीहरूलाई सहयोग पुर्‍याएको थियो।[११]

    साउदी नेतृत्वको गठबन्धनले कतारको आतङ्कवादको लागि कथित समर्थनलाई उसको कार्यको मुख्य कारणको रूपमा उद्धृत गर्दै खाडी सहयोग परिषद्को सदस्य राष्ट्र कतारलाई सन् २०१४ को सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको थियो।[१२] साउदी अरब र अन्य देशहरूले अल जजिरा र इरानसँगको कतारको सम्बन्धलाई आलोचना गरेका थिए। कतारले केही इस्लामी समूहहरू (जस्तै मुस्लिम भातृभाव) लाई सहयोग पुर्‍याएको तर अल-कायदा वा इस्लामी राज्यसँग सम्बन्धित लडाकू समूहलाई सहयोग गर्न अस्वीकार गरेको स्वीकार गरेको थियो। कतारले संयुक्त राज्य अमेरिकालाई आतङ्कवाद विरूद्धको युद्ध र इस्लामी राज्य विरूद्ध भइरहेको सैन्य हस्तक्षेपमा सहयोग पुर्‍याएको दावी गरेको थियो।

    प्रारम्भिक आपूर्ति अवरोधहरू इरानटर्कीबाट थप आयातले कम गरेको थियो र कतारले साउदी नेतृत्वको गठबन्धनको कुनै पनि मागमा सहमत भएको थिएन। मागमा इरानसँग कूटनीतिक सम्बन्ध घटाउने, टर्कीसँग सैन्य समन्वय रोक्ने र अल जजिरा बन्द गर्ने जस्ता मागहरू रहेका थिए।[१३][१४]

    सन् २०१७ जुलाई २७ मा कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले पत्रकारलाई बताए अनुसार इजिप्ट, साउदी अरब, संयुक्त अरब इमिरेट्स र बहराइनले कतारलाई जिद्दीपन देखाइरहेको र सङ्कट समाधानका लागि कुनै कदम नचालेको बताएका थिए।[१५]

    अल थानीले यस विषयमा सुरक्षा परिषद्, महासभा र सबै संयुक्त राष्ट्रका संयन्त्रले अवस्था समाधान गर्न भूमिका खेल्न सक्ने बताएका थिए। सन् २०१७ अगस्त २४ मा, कतारले इरानसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनर्स्थापना गरेको घोषणा गरेको थियो।[१६]

    सन् २०२१ जनवरी ४ मा, कतार र साउदी अरब, कुवेत र संयुक्त राज्य अमेरिका सङ्कटको समाधान गर्न सहमत भएका थिए। साउदी अबरले कतारसँगको आफ्नो सिमाना पुनः खोल्ने र मेलमिलापको लागि प्रक्रिया सुरू गर्ने बताइएको थियो। अल-उलामा खाडी सहयोग परिषद्को शिखर सम्मेलन पछि सन् २०२१ जनवरी ५ मा एक सम्झौता हस्ताक्षर गरिएको थियो।[१७] कतारमाथि लगाइएको नाकाबन्दी हटाइएकोमा नेपालले स्वागत गरेको थियो।[१८]


    सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

    1. "Jordan Seeks Middle Ground in Mideast Rift", Voice of America 
    2. "The implications of the Qatar-Turkey alliance", १८ जुन २०१७, अन्तिम पहुँच १८ जुन २०१७ 
    3. "Iran sends five plane loads of food as Kuwait says Qatar 'ready' to listen", ११ जुन २०१७, अन्तिम पहुँच १८ जुन २०१७ 
      "Iran: Hassan Rouhani condemns 'siege of Qatar'", Al Jazeera, २६ जुन २०१७। 
    4. "कतार नाकाबन्दी: साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध 'हटाउने'"बिबिसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    5. "अल उला घोषणापत्र अरब एकताको सकारात्मक सन्देश"साझा पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    6. "अन्ततः झुक्यो साउदी अरब : कतार बिरूद्धको प्रतिबन्ध अन्त्य"अखबर टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    7. "कतार र साउदीबीच सीमाना खोल्ने सहमति, नेपालद्वारा स्वागत"नेपाल समय (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    8. "Saudi-led Bloc", बिबिसी, १९ जुलाई २०१७, अन्तिम पहुँच २ डिसेम्बर २०१७ 
    9. "Arab coalition suspends Qatar's participation in Yemen", अल अरबिया अङ्ग्रेजी, ५ जुन २०१७, अन्तिम पहुँच २० अगस्ट २०१७ 
    10. "युएई, साउदी, इजिप्ट र बहराइनबाट आउने सामान कतारमा प्रतिबन्ध"नागरिक द‌ैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    11. "खासमा के भएको हो कतारमा ? अब के होला ?"क्लिकमान्डू (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    12. "कतार संकट: साउदी अरेबिया र उसका सहयोगी किन भए नरम"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    13. "एक टेलिभिजन जसका कारण कतार संकटमा पर्‍यो, साउदी चाहन्छ बन्द गराउन"लोकान्तर (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    14. "कतार समक्ष खाडी देशहरुको १३ बुंदे माग"बिबिसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    15. "गल्फ राष्ट्रको माग अस्वीकार गर्दै कतारले भन्योः संसार अल्टिमेटममा चलेको छैन"बाह्र खरि (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    16. "कतार संकटबाट इरानलाई फाइदा"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    17. "कतार बिरूद्धको प्रतिबन्ध अन्त्य र खाडी मुलुकबीचको क्षेत्रीय 'एकता र स्थायित्व'का लागि सहमति" (नेपाली) भाषा)। रेडियो नेपाल। सङ्ग्रह मिति ३ जनवरी २०२१ 
    18. कान्तिपुर संवाददाता। "कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालद्वारा स्वागत"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१ 

    बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]