कनकाई उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कनकाई विद्यालय परिसर

कनकाई उच्च माध्यमिक विद्यालयको स्थापना वि.सं. २०१५ सालमा भएको हो।[१] स्थापना कालमा यसको नाम सरस्वती प्राथमिक विद्यालय, सुरुङ्गा थियो। जनमेजय अधिकारीका गाई कटेरो नै यसको स्थापना कालको विद्यालय भवन थियो। यस माध्यमिक विद्यालय स्थापना कालका प्रधानाध्यापक दलबहादुर थापा थिए। कनकाई नगरपालिका हुनुपूर्व यो उच्च माध्यमिक विद्यालय झापा जिल्लाको सुरुङ्गा गा.वि.स. वार्ड नं.५ मा पर्दथ्यो भने अहिले कनकाई नगरपालिका वडा नं.३ मा पर्दछ। यो सामुदायिक विद्यालय हो।[२] वि.सं. २०२१ सालमा अनिवार्य निशुल्क शिक्षा लागु भएपछि यसको सञ्चालनको जिम्मा तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतले लियो। त्यसबेला यसको नाम अनिवार्य निशुल्क प्राथमिक पाठशाला केन्द्र नं १ थियो।

जुनियर हाइस्कुलमा स्तरोन्नति[सम्पादन गर्ने]

२०२५ सालमा कनकाई जुनियर हाइ स्कुलको स्वीकृति पाएर कक्षा ६, ७, र ८ को अध्ययन अध्यापन प्रारम्भ भयो । जुनियर हाइ स्कुल भएपछि सो तहतर्फ कृष्णप्रसाद दहाल (सिक्किम) हेड मास्टरमा नियुक्त हुनुभयो भने सहायक शिक्षकमा कोमलप्रसाद पोखरेल र चन्द्रशेखर बोस नियुक्त हुनुभयो । २०२५ देखि २०२९ सम्म प्रथमिक तहमा १-५ र जुनियर हाइ स्कुलमा ६-८ को पढाइ सञ्चालन भयो । त्यसबेला सानो तिन कोठे काठको बेरा र एजबेस्टरको छानु भएको भवन जन श्रमदानद्वारा निर्माण गरिएको थियो । भुइँ ढलाई गर्ने खर्चको अभावले बालुवामा सिट राखेर सारै दुःखले पढ्रने पढाउने काम हुन्थ्यो ।

निम्न माध्यमिक तहसम्मको व्यवस्था[सम्पादन गर्ने]

२०२९ मा नयाँ शिक्षा लागु भएपछि यस विद्यालयकाे स्तर घटेर निम्न माध्यमिक तहसम्म मात्र रहेकाे देखिन्छ । त्यसबेला यस विद्यालयकाे नाम कनकार्इ निम्नमाध्यमिक विद्यालय रहेकाे र कक्षा ७ सम्म मात्र पढाइ हुने गरेकाे थियाे । यसमा कक्षा ७ उत्तीर्ण गर्ने विद्यार्थीहरू कक्षा ८,९,१० पढ्न काेही घैलाडुब्बा जान्थे भने काेही शनिश्चरे जान्थे । त्यसबेला भवनकाे अवस्था निकै नाजुक थियाे । एजबेस्टरकाे छानाे र काठकाे बेरा भएकाे एउटा तिनकाेठे भवन थियाे । तत्कालीन प्रधानपञ्च गणेशप्रसाद पाेखरेलद्वारा प्रदान गरिएका २५ जाेडी सखुवाका फर्निचरबाट दुखंसुखं काम चलाईएकाे थियाे । बालुवै बालुवा भएकाे भुइँमा विद्यार्थीहरूलार्इ माटाे छाप्न लागाएर फर्निचर राखेर पढाउने गरेकाे थियाे । [३] [४] Kankai school of jhapa nepal 3

माध्यमिक तहको स्वीकृति[सम्पादन गर्ने]

उच्च माध्यमिक तहको स्वीकृति[सम्पादन गर्ने]

खेलकुद[सम्पादन गर्ने]

यस उच्च माध्यमिक विद्यालयको मैदानमा सुरङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना हुने गरेको छ।[५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Kankai Secondary School Surunga Jhapa" [कनकाई उच्च माध्यमिक विद्यालय]. Edusanjal (in अङ्ग्रेजी). Retrieved 2019-02-08.
  2. "Public schools attract hordes of students" [विद्यार्थीको घुइचो सामुदायिक विद्यालयतर्फ आकर्षित]. kathmandupost.ekantipur.com (in English). Retrieved 2019-02-08.CS1 maint: unrecognized language (link)
  3. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा ः जिल्ला शिक्षा कार्यालय ।
  4. कनकार्इ स्वर्णवर्ष स्मारिका (२०६८), झापा ः कनकार्इ उच्च माध्यमिक विद्यालय, सुरुङ्गा ।
  5. "Surunga Gold Cup" [सुरङ्गा गोल्ड कप]. The Himalayan Times (in अङ्ग्रेजी). 2015-11-05. Retrieved 2019-02-08.

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]