कनकाई प्रवाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


पहिलाे तरङ्ग[सम्पादन गर्ने]

कनकार्इ प्रतिभा प्रतिष्ठान, सुरुङ्गा, झापाबाट सामयिक सङ्कलनका रूपमा कनकाई प्रवाहकाे प्रथम तरङ्ग (२०५६) प्रकाशित भएकाे देखिन्छ । यसभित्र कविता, गीत, गजल १९; कथा २; संस्मरण १; भाषासम्बन्धी लेख २; समालाेचना ८; निबन्ध ६ र विविध विषय २ गरी जम्मा ४० वटा सामग्रीहरू समाविष्ट देखिन्छन् । बाह्य आवरणबाहेक यसमा ६+११६ पृष्ठ रहेकाे पाइन्छ । कवि दैवज्ञराज न्याैपाने (२००४-२०६८)काे नेपाल हाम्राे सुन्दर धर्ती शीर्षक कविता यसकाे पहिलाे पृष्ठमा छापिएकाे छ ।

यस तरङ्गमा झापाबाहिरका कवि तथा साहित्यकारहरूका रचनाहरू पनि समावेश गरिएकाे छ । तिनमा दैवज्ञराज न्याैपानेकाे नेपाल हाम्राे सुन्दर धर्ती शीर्षक कविता, अच्युतरमण अधिकारीकाे जेलचलान शीर्षक लघुकाथा, श्यामप्रसाद शर्माकाे सुरुवालकाे धाेती लाएकाे शीर्षक संस्मरण, नरेन्द्र चापागाईंकाे भाषामा हुने परिवर्तनका कारणहरू शीर्षक लेख, घटराज भट्टराईकाे नेपाली जीवनी साहित्य ः संक्षिप्त अध्ययन शीर्षक लेख, डा.शम्भुप्रसाद काेइरालाकाे अन्तर्द्वन्द्वीय परिप्रेक्ष्यमा उर्वशी खण्डकाव्य शीर्षक समालाेचना जस्ता स्तरीय कृतिहरू रहेका पाइन्छन् ।

दाेस्राे तरङ्ग[सम्पादन गर्ने]

तेस्राे तरङ्ग[सम्पादन गर्ने]

चाैथाे तरङ्ग[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]