सामग्रीमा जानुहोस्

कनसुत्लो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कनसुत्लो
सामयिक शृङ्खला: 428–0 Ma Late Silurian – Present
वैज्ञानिक वर्गीकरण
जगत:

कनसुत्लो फाइलम आर्थ्रोपोड र सबफाइलम माइरियापोडाको एउटा जनावर हो। यिनीहरू खजुरोकिराहरूसँग सम्बन्धित छन्, र हेराईमा पनी झन्डै उस्तै देखिन्छ। एउटै कनसुत्लोमा ७५० वोटा खुट्टा सम्म हुन सक्छ।

कनसुत्लोको छाला कडा हुन्छ। यसको शरीरमा २५-१०० खण्डहरू हुन्छन्, र हरेक खण्डमा २ जोडी खुट्टा हुन्छन्।

कनसुत्लोका दुइटा आँखा हुन्छन्, तर केही प्रजातिहरू अन्धो पनी हुन सक्छ। यसको शरीर बेलनाकार हुन्छ र टाउको गोलो हुन्छ।

खजुरोहरू धेरैजस्तो कुहिएका पात र काठ खान्छन् र भुईमा बस्छन्। मानिसलाई टोक्न अथवा चोट पुर्‍याउन सक्दैन। कुनै प्रकारका कनसुत्लोहरूले थोरै मात्रामा विख बनाउन सक्छन्, तर यो मात्रा मानिस मार्न पुग्दैन।