कन्या शिशु हत्या
कन्या शिशु हत्या भन्नाले नवजात बालिकाहरूको जानीजानी हत्या गर्ने कृत्य भन्ने बुझिन्छ। विश्वका कैयौँ ठाउँमा कन्या शिशुको हत्या हुने गरेको पाइएको छ। पुरूष प्रधान समाजमा व्याप्त नारीमाथीको निच मानसिकताका कारण छोरी मान्छेको जन्म हुनुलाई अभिसापको रूपमा लिइन्छ।[१] वर्तमान समयमा लैङ्गिक अनुपात कायम गर्न पनि भ्रुण हत्याको सहारा लिइन्छ।
सन् १९७८ मा, लैला विलियमसन नाम गरेकी मानवशास्त्रीले नवजात शिशुको हत्या गर्ने कार्य विश्वमा कति सामान्य छ भन्ने कुराको अध्ययन गर्न यससम्बन्धी तथ्याङ्कहरूको पुनरावलोकन गरेकी थिइन्। उक्त अध्ययनले नवजात शिशुको हत्या गर्नेहरूमा हरेक महाद्वीपका खानाबदोस शिकारी समूह देखि लिएर प्रगतिशील एवं उन्नत सामाजिक समूह कोही पनि अछुतो नरहेको देखाएको थियो। श्रीमती विलियमसनका अनुसार, शिशु हत्या दुर्लभ नभएर अधिक मात्रामा हुँदो रहेछ।[२] यसलाई अस्ट्रेलिया, उत्तरी अलास्का र दक्षिण एशियाका आदिवासीहरूमा रेकर्ड गरिएको छ।[स्रोत नखुलेको] बार्बारा मिलरले शिशु हत्याको कृत्य पश्चिमी विकसित राष्ट्रहरूमा सहित गरेर लगभग विश्वव्यापी भएको उल्लेख गरेकी छन्। मिलरका अनुसार कन्या शिशु हत्या त्यहाँ बढी भएका छन् जहाँ महिलाहरूले बाहिर काम गर्दैनन् तथा त्यस्ता परिवारमा हुन्छन् जहाँ दाइजो प्रथा प्रचलित छ।[३] सन् १८७१ मा चार्ल्स डार्विनले द डिसेन्ट अफ मेन, एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स मा लेखे अनुसार यस्तो हत्या अष्ट्रेलियाका रैथाने जनजातिमा सामान्य मानिन्थ्यो।[४] कन्या शिशु हत्याको कारण अक्सर अशिक्षा र गरीबीसँग गएर जोडिन्छ र मुलत: भारत, पाकिस्तान तथा पश्चिम अफ्रिकामा यसले जरो गाडेर बसेको छ।[५]
सन् १९९० मा न्युयोर्क रिभ्यु अफ बुक्समा लेख्ने क्रममा अमर्त्य सेनले एशियामा महिलाको जनसंख्या अपेक्षा गरिए भन्दा करिब १० करोड जति कम भएको आँकलन गरेका थिए। उनी भन्छन्: गायब भएको यो महिला संख्याले महिला असमानता र उपेक्षाको विकराल तथ्यलाई प्रतिविम्बित गर्छ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ जोन्स १९९९–२०००.
- ↑ Milner, Larry S., "A Brief History of Infanticide", Infanticide.org, [मूलबाट २००६-०८-१५)-मा सङ्ग्रहित।[स्थायी मृत कडी]
- ↑ Einarsdóttir 2004, पृष्ठ 142.
- ↑ डार्विन १८७१, पृष्ठ 365.
- ↑ ["Preventing gender-biased sex selection"।](https://www.ohchr.org/sites/default/files/Documents/Issues/Women/GenderAndEquality/PreventingGenderBiasedSexSelection.pdf}})
- ↑ Sen, Amartya (१९९०-१२-२०), ["More Than 100 Million Women Are Missing", The New York Review, आइएसएसएन 0028-7504, अन्तिम पहुँच २०२१-०१-१९।](https://www.nybooks.com/articles/1990/12/20/more-than-100-million-women-are-missing/%7Caccess-date=2021-01-19%7Curl-access=subscription}})
बाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- [१][स्थायी मृत कडी]
- Jones, Adam (१९९९–२०००), "Case Study: Female Infanticide", Gendercide.org।