कप्लान टर्बाइन
कप्लान टर्बाइन एक प्रोपेलर-प्रकारको पानी टर्बाइन हो जसमा समायोज्य ब्लेडहरू हुन्छन्। यसको बिकास सन् १९१३ मा अस्ट्रियाका प्रोफेसर भिक्टर कप्लानले गरेका थिए। [१] जसले स्वचालित रूपमा समायोजित प्रोपेलर ब्लेडलाई स्वचालित रूपमा समायोजित विकेट गेटहरूसँग जोडेर प्रवाह र पानीको स्तरको विस्तृत दायरामा दक्षता हासिल गर्न मद्दत गर्यो।
कप्लान टर्बाइन फ्रान्सिस टर्बाइनको बिकासक्रम थियो। यसको आविष्कारले कम हेडको उपयोगमा कुशल ऊर्जा उत्पादनलाई सम्भव बनायो दियो जुन फ्रान्सिस टर्बाइनहरूसँग सम्भव थिएन। [२] यस प्रकारको टर्बाइनले १० देखि ७० मिटर (३३ देखि २३० फिट) सम्मको हेडमा काम गर्न सक्छ र उत्पादन दायरा ५ देखि २०० मेगावाट सम्मको विद्युत उत्पादन गर्छ । रनरको व्यास २ देखी ११ मिटरको बीचमा हुन्छ। टर्बाइन स्थिर दरमा घुम्छन्, जुन सुविधा अनुसार फरक हुन्छ। त्यो दर ५४५ देखि ४५० चक्र प्रति मिनेट सम्म हुन्छ। [३]
कप्लान टर्बाइन अहिले उच्च-प्रवाह, कम-हेड पावर उत्पादनमा विश्वव्यापी रूपमा व्यापक रूपमा प्रयोग गरिन्छ।
प्रयोग
[सम्पादन गर्नुहोस्]कप्लान टर्बाइन विश्वव्यापी रूपमा बिजुली उत्पादनको लागि व्यापक रूपमा प्रयोग गरिन्छ। यसले सबैभन्दा तल्लो हेड भएको जलविद्युत साइटहरू कभर गर्छन् र विशेष गरी उच्च प्रवाह अवस्थाहरूको लागि उपयुक्त हुन्छ।
व्यक्तिगत पावर उत्पादनको लागि ३ मिटर हेडको लागि डिजाइन गरिएको माइक्रो टर्बाइनहरू पर्याप्त पानी प्रवाह ०.३ मिटर हेडमा पनि काम गर्न सक्छ,यद्यपि यसको कुशलता कमी आउँछ। [४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "New Austrian Stamps", The Sun (1765) (Sydney), २४ जनवरी १९३७, पृ: १३, अन्तिम पहुँच १० मार्च २०१७ – National Library of Australiaद्वारा।, ...Victor Kaplan, inventor of the Kaplan turbine....
- ↑ Creating the twentieth century: technical innovations of 1867-1914 and their lasting impact, Oxford, २००४, पृ: ९०।
- ↑ Hydropower project Tocoma।
- ↑ "1000W Low-Head Kaplan Hydro Turbine", Aurora Power & Design, अन्तिम पहुँच २०१५-०९-१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
- National Historic Mechanical Engineering Landmark Kaplan Turbine, retrieved 2010 June 24
- Bently Nevada Application Note on Hydro turbine vibration, retrieved 2014 August 14
- 3D model Kaplan turbine, retrieved 2021 February 10