सामग्रीमा जानुहोस्

कबवेब (नेपाली ब्यान्ड)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कबवेब
उत्पत्तिपाटन, नेपाल
विधाहार्ड रक
सक्रिय वर्ष१९९३ देखि हालसम्म
वेबसाइटCobweb Nepal
सदस्यहरू
  • दिबेश मुल्मी (गितार/गायक)
  • निलेश जोशी (बास)
  • आशिष गुरुङ (भोकल)
  • बिपिन श्रेष्ठ (ड्रम्स)
  • सुजन तण्डुकार (लिड गिटार)
पूर्व सदस्य(हरू)
  • उर्दीप जोशी
  • महेश नकर्मी
  • पवन शाक्य
  • राजेन्द्र डख्वा
  • रोहित बनमाली
  • सुनिल शाक्य
  • निकेश के.सी.
  • सिद्धार्थ डख्वा
  • सृजन विक्रम गेवाली
  • सञ्जय आर्याल

कबवेब नेपालको एउटा हार्ड रक ब्याण्ड हो[][], जुन पाटन, नेपालमा गठन भएको हो। ब्याण्ड सन् १९९३ मा पाटनका केही विद्यालयका साथीहरूद्वारा स्थापना भएको थियो र आफ्नो पहिलो एल्बम "अनजान" सार्वजनिक गरेको थियो। पहिलो एल्बम खासै सफल भएन। तर, दोस्रो एल्बम "कबवेब" ले राम्रो प्रतिक्रिया पायो, विशेष गरी "मार्यो नि मार्यो" जस्तो गीतहरूले नेपाली रक संगीतलाई मुख्यधारमा स्थापित गर्न योगदान पुर्यायो।

यो ब्याण्डलाई आधुनिक नेपाली संगीत उद्योगमा ट्रेन्ड सेट गर्ने ब्याण्डहरूमध्ये एक मानिन्छ।[]

ब्याण्ड सन् १९९३ मा एल्बम "अनजान" को सार्वजनिक गर्दै गठन भएको थियो। तर, उक्त एल्बम र यसको संगीत भिडियो नेपाली समाजले राम्रोसँग स्वीकार गरेन। लामो कपाल, पुरुषले कानमा मुन्द्रा लगाउने जस्ता त्यसबेलाका समाजमा असामान्य देखिने पहिरनहरूलाई आलोचना गर्दै यसलाई नकारात्मक रूपमा लिइएको थियो। तर, दोस्रो र त्यसपछि आएका एल्बमहरू युवाहरूबीच लोकप्रिय भए। विशेष गरी "मार्यो नि मार्यो" गीतको भिडियो, जुन युवाहरू माझ हिट भएको थियो, नेपाल टेलिभिजनमार्फत इमेज च्यानलमा प्रसारण गरिएको थियो।[]

कबवेब का एल्बमहरूको दृश्यात्मक शैली पश्चिमी हेभी मेटल संगीतबाट प्रभावित देखिन्थ्यो। तर, यसको प्रचार रणनीति भने आधुनिक गीत जस्तै थियो, जसमा ‘तपाईंको हृदय जित्न समर्पित संगीतकर्मीहरू’ र ‘हृदय स्पर्श गर्ने संगीत’ जस्ता नाराहरू प्रयोग गरिएका थिए।[]

ब्यान्डले निम्न एल्बमहरू सार्वजनिक गरेको छ।[]

  • अन्जान, १९९३
    • याद मा
    • बिपाशा यो जीवन
    • अन्जान
    • नसा
    • जुनेली रात
    • एकलई
    • सुन्दर सुन्दर
    • बिचोड
  • कबवेब, १९९६
  • रोलिंग स्ट्रिङ, १९९८
  • मर्सिडीज बेन्ज
  • रक एन रोल
  • अस्तित्भ २०१६, []
  • नमस्ते
  • स्विंग

ब्यान्डका सदस्यहरू तल सूचीबद्ध छन्ः []

  • दिबेश मुल्मी (गितार/गायक)
  • नीलेश जोशी (बास)
  • बिपिन श्रेष्ठ (ड्रम)
  • सुजान तन्दुकर (गितार)
  • आशीष गुरुंग (गायक)

ब्यान्डका पूर्व सदस्यहरू

[सम्पादन गर्नुहोस्]
  • उर्दीप जोशी (१९९२ - १९९५) (ड्रम्स)
  • महेश नकर्मी (१९९२ - २००५) (गिटार)
  • पवन शाक्य (१९९२ - २००५) (किबोर्ड)
  • राजेन्द्र डख्वा (१९९५ - १९९८) (ड्रम्स)
  • सुबोध शाही (१९९७ - १९९८) (भोकल)
  • रोहित बनमाली (२००५ - २०१०) (भोकल / गिटार)
  • सुनिल शाक्य (२०१० - २०१३) (भोकल / गिटार)
  • निकेश के.सी. (२०१३ - २०१४) (गिटार)
  • सञ्जय आर्याल (२०१३ - २०२३) (भोकल)
  • सृजन विक्रम गेवाली (२०१४ - २०२२) (गिटार)
  • सिद्धार्थ डख्वा (१९९८ - २०२४) (ड्रम्स)
  • प्रोग्रेस कार्की (२०२५) (गिटार)

कन्सर्ट र शोहरू

[सम्पादन गर्नुहोस्]
  • युरोप []
  • फिनल्यान्ड
  • अष्ट्रेलिया []
  • अमेरिका, 2017 []
  • दिल्लीमा सार्क ब्यान्ड महोत्सव, 2009 [१०]
  • दुबई []
  • टुबोर्ग संगीत पुरस्कार

पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Greene, Paul (२००१), "Mixed Messages: Unsettled Cosmopolitanisms in Nepali Pop", Popular Music 20 (2): 169–187, आइएसएसएन 0261-1430, जेएसटिओआर 853650, डिओआई:10.1017/S0261143001001398, अन्तिम पहुँच २०२१-०२-०९
  2. Smucker, Kyle, Himalayan Metal of Death: Heavy Metal and Middle Class Social Identity in Kathmandu, पृ: 48।
  3. South Asian Media Cultures: Audiences, Representations, Contexts, २०१०।
  4. 1 2 "25 Years of CobWeb: Celebrating A Legacy", TNM, अन्तिम पहुँच २०२१-०२-०९ अभिलेखिकरण २०२१-०५-०७ वेब्याक मेसिन
  5. Cobweb, "Cobweb Nepal", अन्तिम पहुँच २०२१-०२-०९
  6. "Kantipur-कबवेबको २५ वर्ष - कान्तिपुर समाचार", अन्तिम पहुँच २०२१-०२-०९
  7. Cobweb, "Cobweb Nepal", अन्तिम पहुँच २०२१-०२-०९Cobweb. "Cobweb Nepal". Retrieved 2021-02-09.
  8. 1 2 "Despite tough journey, Nepalese rock band Cobweb keeps moving forward", The National, २०१४-१२-१७, अन्तिम पहुँच २०२१-०२-०९
  9. Sansar, Nepali (२०१७-०९-०२), "Cobweb – Live Charity Concert in Boston | NepaliSansar", Nepali Sansar, अन्तिम पहुँच २०२१-०२-०९
  10. "25 Years of CobWeb: Celebrating A Legacy", TNM, अन्तिम पहुँच २०२१-०२-०९ अभिलेखिकरण २०२१-०५-०७ वेब्याक मेसिन"25 Years of CobWeb: Celebrating A Legacy" अभिलेखिकरण २०२३-०६-०४ वेब्याक मेसिन. TNM. Retrieved 2021-02-09.