सामग्रीमा जानुहोस्

कमला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमला
दिव्य आनन्द प्रदान गर्ने देवी[]
दस महाविद्याको सदस्य
कमला
हात्तीहरूद्वारा घेरिएकी कमला
देवनागरीकमला
आबद्धमहाविद्या, शाक्त धर्म, लक्ष्मी
प्रतीककमल
वाहनहात्ती
रानीविष्णु[]

हिन्दु धर्ममा कमला वा कमलात्मिकालाई (जसलाई कमलालया पनि भनिन्छ) समृद्धिकी देवी लक्ष्मीको तान्त्रिक स्वरूप मानिन्छ।[] शाक्त सम्प्रदायमा, उनलाई देवीको पूर्ण सौम्य र अनुग्रहपूर्ण पक्षको रूपमा प्रस्तुत गरिन्छ। उनी दसौँ तथा अन्तिम महाविद्या हुन्[]भने उनलाई देवी आदि पराशक्तिको अन्तिम स्वरूप पनि मानिन्छ।

प्रतिमा लक्षण

[सम्पादन गर्नुहोस्]

शाक्त परम्परा अनुसार देवी कमलाको महिमागान यसरी गरिएको छ:[]

'उनको वर्ण सुनौलो र अति सुन्दर छ। उनलाई चारवटा ठूला हात्तीहरूले अमृतको कलश खन्याएर स्नान गराइरहेका छन्। उनले आफ्ना चार हातहरूमध्ये दुई हातमा कमल धारण गरेकी छिन् र बाँकी दुई हातहरूलाई वरदान दिने र अभय मुद्रामा राखेकी छिन्। उनले देदीप्यमान मुकुट र रेशमी वस्त्र पहिरिएकी छिन्। म उनलाई नमस्कार गर्दछु जो कमलको आसनमा पद्मासन लगाएर विराजमान छिन्।'

विष्णुको हृदयलाई प्रसन्न तुल्याउने आफ्नो अद्भुत कटाक्षले कमलाले हाम्रो रक्षा गरून्। उनी कमलमा विराजमान छिन्, उनको अनुहार मुस्कुराइरहेको छ र आफ्ना चार हातले दुईवटा कमल समातेकी छिन् र अनुग्रह तथा आश्वासन दिने मुद्राहरू गरिरहेकी छिन्। उनको कान्ति बिजुलीको चमक जस्तै छ। उनका स्तनहरू पुष्ट र गह्रौँ छन् र मोतीका मालाहरूले सजिएका छन्।

उनी उदाउँदो सूर्य जस्तै तेजस्वी छिन् र निधारमा चम्किलो चन्द्रकला धारण गर्छिन्। उनी मुकुट र रत्नका हारहरूले सुसज्जित छिन्। उनी आफ्ना ठूला स्तनहरूको भारले अलिकति झुकेकी छिन् र हातमा दुईवटा कमल र धानका दुईवटा बाला लिएकी छिन्। उनका तीनवटा कमल जस्ता आँखाहरू छन्। उनले कौस्तुभ मणी पहिरिएकी छिन् र उनको अनुहार मुस्कानयुक्त छ।

कमला हात्तीहरूसँग जोडिनुको दुईवटा अर्थ छन्: पहिलो, हिन्दु धर्ममा हात्तीहरूलाई बादल र वर्षाको अग्रदूत मानिन्छ जसले उर्वरतालाई सङ्केत गर्दछ; दोस्रो, एक शक्तिशाली प्राणीको रूपमा यसले राजकीय अधिकार र दिव्यताको प्रतिनिधित्व गर्दछ।[]

विष्णुसँगको सम्बन्ध

[सम्पादन गर्नुहोस्]

लक्ष्मीलाई नारायणकी प्रेमी पत्नीको रूपमा चित्रण गरिन्छ र प्रायः उनलाई विनम्र भूमिकामा भगवानको खुट्टा मिचिरहेको देखाइन्छ। तर, कमलालाई आफ्नो भूमिकामा बढी स्वतन्त्र रूपमा प्रस्तुत गरिएको छ, जहाँ उनले आनन्द र समृद्धि भित्र्याउने देवीको रूपमा आफ्ना कर्तव्यहरू निर्धक्कसँग पूरा गर्छिन्। उनलाई अझै पनि विष्णुकी प्रियतम मानिन्छ, तर उनीप्रति वैवाहिक र गृहस्थी दायित्वहरू निर्वाह गर्ने कुरामा उनलाई कम प्रदर्शनकारी रूपमा देखाइन्छ। उनलाई आफ्नै अधिकारमा एक डरलाग्दो देवीको रूपमा पनि चित्रण गरिएको छ। तान्त्रिक परम्परामा उनका केही उपनामहरूमा भीमा, कालरात्रितामसी समावेश छन् जसले उनी आफ्नो संरक्षणको लागि विष्णुमा निर्भर छैनन् र आफ्नै शक्तिले असुरहरूसँग लड्न सक्छिन् भन्ने सङ्केत गर्दछ। महाविद्याको सन्दर्भमा, लक्ष्मीका सीता, राधा वा रुक्मिणी जस्ता अवतारहरूसँग उनलाई विरलै मात्र जोडिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Frawley, David (२०१०), Mantra Yoga and Primal Sound: Secret of Seed (Bija) Mantras, आइएसबिएन 9780910261944
  2. "Tattvālokah", १९९५।
  3. Frawley, David (२०१०), Mantra Yoga and Primal Sound: Secret of Seed (bija) Mantras (अङ्ग्रेजीमा), Lotus Press, आइएसबिएन 978-0-910261-94-4
  4. Kinsley, David R. (१९९७), Tantric Visions of the Divine Feminine: the Ten Mahāvidyās, Berkeley: University of California Press, पृ: 223, आइएसबिएन 0-520-20498-0
  5. Kinsley, David R. (१९९८), Tantric Visions of the Divine Feminine: The Ten Mahāvidyās (अङ्ग्रेजीमा), Motilal Banarsidass Publ., पृ: 223, आइएसबिएन 978-81-208-1522-3
  6. Kinsley, David R. (१९९८), Tantric Visions of the Divine Feminine: The Ten Mahāvidyās (अङ्ग्रेजीमा), Motilal Banarsidass Publ., पृ: 226, आइएसबिएन 978-81-208-1522-3
  7. Kinsley, David R. (१९९८), Tantric Visions of the Divine Feminine: The Ten Mahāvidyās (अङ्ग्रेजीमा), Motilal Banarsidass Publ., पृ: 229–230, आइएसबिएन 978-81-208-1522-3