कमला थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कमला थापा २०३२ साल देखि सक्रिय राजनीतिमा लागेकी नेपाली काग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिपनि हुनुहुन्छ। आमा ज्ञानुमैया कुवर र बाबु विष्णुबहादुर कुवरीकी छोरी कमलाथापाको जन्म काठमाडौंको सेती देवी गाविस फर्पीङमा २०१५ सालमा भएको हो।

कुमार थापा की श्रीमती कमला गजल र धार्मिक कार्यक्रमहरूसुन्नमा विशेष चाख राख्नुहुन्छ। काभ्रेका विभिन्न सामाजिक सङ्घ संस्थामा काम गरिरहेकी थापा हाल काठमाडौंंको कुलेश्वरमा स्थायी बसोबास गर्दै आउनुभएको छ। काग्रेसको भात्रृ सँगठन नेपाल महिला सघकी पूर्व महासचिव थापाले राजनीतिशास्त्रमा स्नातक तह सम्मको अध्ययन गर्नुभएको छ। महिला कोटामा संविधान सभा सदस्यमा निर्वाचित भएकी थापाले महिलाहरूको हक हित र मानवीय स्वतन्त्रतालाई संविधनमा उल्लेखगर्न आफ्नो प्रमुख भूमिका रहने उल्लेख गर्नुभयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]