कमला सांकृत्यायन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कला जीवनका लागि, कला विश्वका लागि भनेर अाफ्नो विचार राख्ने कमला सांस्कृत्यायन (१९२०-२००९ र्इ.) भारतीय नेपाली साहित्यकार हुन् । कुशल हिन्दी लेखकका रूपमा परिचित सांकृत्यायन प्रसिद्ध भारतीय विद्वान् एवं इतिहासकार राहुल सांकृत्यायनकी धर्मपत्नी हुन् । [१]

साहित्यिक यात्रा[सम्पादन गर्ने]

डा.कमला सांकृत्यायन कुशल नेपाली साहित्यकार र अनुवादक हुन् । उनले बाल्मिकी रामायणलार्इ नेपालीमा अनुवाद गरेकी छन् । उनी नेपाली र हिन्दी दुबै भाषा र साहित्यमा उत्तिकै कलम चलेकी लेखक तथा साहित्यकार हुन् । यस बाहेक अनुवादमा पनि उनकाे दक्षता उत्तिकै रहेकाे देखिन्छ । उनले हिन्दी र नेपाली साहित्यका लागि प्रदान गरिने थुप्रै पुरस्कार प्राप्त गरेकी छन् । तिनमध्ये भानु पुरस्कार (१९८२) र महापण्डित राहुल सांकृत्यायन पुस्कार (१९९३) रहेका छन् ।

प्रकाशित कृतिहरू[सम्पादन गर्ने]

  • एसियामा रामायण परंपरा,
  • नेपाली साहित्य (१९८६)
  • अासाम की लाेक कथाएँ (१९८१-१९९३ र्इ)
  • महामानव महापण्डित (१९९५ र्इ),
  • प्रभा (१९९४ र्इ)
  • दिव्य मणि (२००८ र्इ)
  • विचार तथा विवेचना

निधन[सम्पादन गर्ने]

२५ अक्टुबर १९०९ मा दार्जिलिङकाे कर्नेल भिल्ला स्थित राहुल निवासमा उनकाे देहान्त भयाे ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य लिङ्क[सम्पादन गर्ने]

[१]