कमला साङ्कृत्यायन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कमला सांस्कृत्यायनबाट अनुप्रेषित)

कला जीवनका लागि, कला विश्वका लागि भनेर आफ्नो विचार राख्ने कमला सांस्कृत्यायन (१९२०-२००९ र्इ.) भारतीय नेपाली साहित्यकार हुन् । कुशल हिन्दी लेखकका रूपमा परिचित सांकृत्यायन प्रसिद्ध भारतीय विद्वान् एवं इतिहासकार राहुल साङ्कृत्यायनकी धर्मपत्नी हुन् । [१]

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

डा.कमला सांकृत्यायन कुशल नेपाली साहित्यकार र अनुवादक हुन् । उनले बाल्मिकी रामायणलाई नेपालीमा अनुवाद गरेकी छन् । उनी नेपाली र हिन्दी दुबै भाषा र साहित्यमा उत्तिकै कलम चलेकी लेखक तथा साहित्यकार हुन् । यस बाहेक अनुवादमा पनि उनको दक्षता उत्तिकै रहेको देखिन्छ । उनले हिन्दी र नेपाली साहित्यका लागि प्रदान गरिने थुप्रै पुरस्कार प्राप्त गरेकी छन् । तिनमध्ये भानु पुरस्कार (१९८२) र महापण्डित राहुल सांकृत्यायन पुस्कार (१९९३) रहेका छन् ।

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  • एसियामा रामायण परंपरा,
  • नेपाली साहित्य (१९८६)
  • आसाम की लोक कथाएँ (१९८१-१९९३ र्इ)
  • महामानव महापण्डित (१९९५ र्इ),
  • प्रभा (१९९४ र्इ)
  • दिव्य मणि (२००८ र्इ)
  • विचार तथा विवेचना

निधन[सम्पादन गर्नुहोस्]

२५ अक्टुबर १९०९ मा दार्जिलिङको कर्नेल भिल्ला स्थित राहुल निवासमा उनको देहान्त भयो ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

[१]