सामग्रीमा जानुहोस्

कमाण्डरी किताबखाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमाण्डरी खाना
उत्तराधिकारीनिजामती किताबखाना
गठनवि.सं १९०५
संस्थापकजंगबहादुर राणा
प्रकारसरकारी अड्डा
कानुनी वैद्यतानेपाल सरकार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
निजामती किताबखाना
लक्ष्यहालको निजामती किताबखाना
प्रधान कार्यालयकाठमाडौँ
महा-निर्देशक
जयनारायण आचार्य
निर्देशक
राजेन्द्र प्रसाद पराजुली
वेबसाइटhttps://www.pis.gov.np/
पूर्व नाम
मुलुकी किताब खाना

वि.सं १९०३ सालमा राणा शासनको शुरुवात भएपछि पँजनी हुने कर्मचारीको लगत राख्न एक कर्मचारी व्यवस्था गरेर किताबखाना स्थापना गरिएको थियो । जंगबहादुर राणाले निजामती, जंगी, प्रहरी र मिलिसिया कर्मचारीको लगत व्यवस्थित रूपमा राख्ने प्रयोजनको १९०५ सालमा मुलुकी किताबखानाको विधिवत स्थापना भएको हो । यसले देशका सम्पुर्ण कर्मचारीको ब्यक्तिगत बिबरण राख्ने गर्थ्यो । १९३३ सालमा कमाण्डर इन चिफको मातहतमा रहने गरी मुलुकी किताबखानालाई कमाण्डरी किताबखानामा परिणत गरिएको हो ।

१९९७ सालपछि सेवानिवृत्त कर्मचारीलाई निवृत्तभरण (पेन्सन) दिने व्यवस्था लागू भएपछि कर्मचारीको वैयक्तिक विवरण फारम (सिटरोल) भरी राख्न शुरु गरियो ।

२००७ सालसम्म कमाण्डर इन चिफको मातहतमा रहेको यो कार्यालय २००८ साल पछि गृह मन्त्रालय, मन्त्री परिषद सचिवालय, प्रशासन व्यवस्था विभाग अर्न्तर्गत रहँदै हाल सामान्य प्रशासन मन्त्रालय अर्न्तर्गतको एकमात्र विभागको रूपमा रहेको छ ।

२००९ सालमा नेपाली सेनाको पुनर्गठन भएपछि जंगी फाँटलाई अलग गरी सैनिक सेवामा रहेका व्यक्तिको अभिलेख अद्यावधिक राख्न कमाण्डरी किताबखाना फाँटको स्थापना भयो ।

वि.सं २०२२ सालदेखि निजामती किताबखानाको रूपमा नामाकरण भएको अभिलेखबाट देखिन्छ । यस निजामती किताबखानाले निजामती तर्फका सम्पूर्ण सरकारी निकायहरूको अभिलेख राख्नुको साथै त्यहाँ रहने दरवन्दी एवं कर्मचारीहरूको अभिलेख अद्यावधिक रूपमा राख्दै आएको छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]