कम्प्युटर नेटवर्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राउटर: एडीएसल(ADSL) टेलिफोन लाईन र इथरनेट नेटवर्क केवल जडान देखाएको

एउटा कम्प्युटरमा रहेको फाइल, डाटा तथा प्रोग्रामहरु अरू कम्प्युटरहरूबाट चलाउन दुई वा सोभन्दा बढी कम्प्युटरहरूलाई आपसमा तार वा ताररहित माध्यम जोड्नु वा सम्बन्ध कायम गराउनुलाई नेटवर्क (संजाल) भनिन्छ ।

नेटवर्क प्रकारहरु[सम्पादन गर्नुहोस्]

LAN WAN scheme

लोकल क्षेत्र नेटवर्क[सम्पादन गर्नुहोस्]

लोकल क्षेत्र नेटवर्क

आकारका हिसाबले यो लोकल क्षेत्र नेटवर्क सवभन्दा सानो नेटवर्क हो । एउटा घर, कार्यालयमा केहि किलोमिटर दुरीसम्म यो नेटवर्क फैलिएको हुन्छ प्रायजसो सानो कार्यलय , घर, विद्यालयमा प्रयोग गरियको हुन्छ। यसलाई अङ्ग्रेजीमा Local Area Network (LAN) भनिन्छ ।

मेट्रोपोलिटन क्षेत्र नेटवर्क[सम्पादन गर्नुहोस्]

दुई वा दुई भन्दा बढी लोकल क्षेत्र नेटवर्कहरूलाई समेटेर ठूलो आकारको नेटवर्क बनेको हुन्छ । एउटा कोठा भवनमा मात्र सिमित नभएर कुनै शहर, नगर मा फैलेको हुन्छ यो नेटवर्क ठुला कार्यालय जस्तैः बैङ्क, विश्वविद्यालय ले प्रयोग गर्ने गरेको पाइन्छ । यो नेटवर्क मा राउटर, स्विच तथा हब्सहरूको प्रयोग गरी मेट्रोपोलिटन क्षेत्र नेटवर्क तयार पार्न सकिन्छ । यसलाई अङ्ग्रेजीमा Metropolitan Area Network (MAN) भनिन्छ । यो यस्तो सञ्जाल हो जसले पृथिबीलाइ पुरै ढाकेको हुन्छ ।

विस्तृत क्षेत्र नेटवर्क[सम्पादन गर्नुहोस्]

ठूलो भौगोलिक क्षेत्र समेटेको नेटवर्कलाई विस्तृत क्षेत्र नेटवर्क भनिन्छ कुनै एउटा देशको क्षेत्र मात्र नओगटी विभिन्न देशको विभिन्न नेटवर्क साग सम्बन्ध कायम गरी विश्वव्यापी संजाल बनेको हुन्छ यसलाई अङ्ग्रेजीमा Wide Area Network (WAN) भनिन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]