नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) | |
|---|---|
| सभापति | नेत्रविक्रम चन्द |
| प्रवक्ता | खड्गबहादुर विश्वकर्मा[१] |
| स्थापना | वि.सं २०७१ |
| टुक्रिएको | नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) |
| विचारधारा | मार्क्सवाद-लेनिनवाद-माओवाद |
| राजनीतिक स्थान | वामपन्थी राजनीति |
| वेबसाइट | |
| thecpn | |
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको एक नेपाली राजनीतिक दल हो। यो वि.सं २०७१ सालमा, मोहन वैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नामक दलको विघटन भई बनेको थियो।[२][३][४]
दलको गठन र प्रतिबन्ध
[सम्पादन गर्नुहोस्]विसं २०६९ असारमा तात्कालिक समयमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेका एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी नामक पार्टीबाट छुट्टिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा एक छुट्टै दल गठन गरेका थिए भने वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पनि 'क्रान्तिकारी हुन नसकेको' भन्दै विसं २०७१ मङ्सिरमा उनले दल टुक्राउने[५] घोषणा गरेका थिए भने यस दलको आधिकारिक नाम नेपाल कम्युनिस्ट पार्टीराखिएको थियो जसलाई सामान्यतया विप्लव माओवादी भनेर पनि चिन्ने गरिन्छ। केपी ओली नेतृत्वको सरकारले नेकपा विप्लव समूहलाई आपराधिक सङ्गठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो। मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिस्ट पार्टीलाई २९ फागुन २०७५ मा, समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारहरूमाथि बम विस्फोट गरेको[६] र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने लगायतका कार्यहरू गरेको भन्दै सरकारले यस दललाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध अगाडि पनि यस समूह कुनै पनि चुनावमा सहभागी भएको छैन।[७] प्रतिबन्धसँगै उनी भूमिगत भएको समाचारहरू प्रकाशित भएका थिए। प्रतिबन्धसँग विभिन्न स्थानहरूबाट उनी निकटका व्यक्तिहरू प्रकाउ पर्ने क्रम जारी रहेको छ। पक्राउ परेकाहरूलाई रिहा गर्न र दल माथि लागेको प्रतिबन्ध फुकुवा गरेको खण्डमा सरकारसँग वार्ता गरिने उनले बताएका छन्।[८]
सीमा विवादमा विरोध
[सम्पादन गर्नुहोस्]भारतले सन् १९६२ नेपालको कालापानीमा आफ्ना सेनाहरू राखेर त्यस क्षेत्र कब्जा गर्दै आएको थियो भने भारतले कात्तिक २०७६ मा, विवादास्पद भूमिलाई समावेश गरेर नयाँ नक्सा जारी गरेको थियो[९][१०] जसलाई विप्लव समूहले अस्वीकार गरेको थियो।[११] भारतले जारी गरेको नक्साको विरुद्धमा विप्लव निकटका विद्यार्थी सङ्गठनले माइतीघर प्रदर्शन गरेका थिए भने प्रदर्शनकारी मध्ये तीनजनालाई पक्राउ गरिएको थियो।[१२][१३]
दर्ता
[सम्पादन गर्नुहोस्]विप्लवले लेनिनवादी आन्दोलनलाई चुनाव र संसदतर्फ मोड्दै गर्दा पार्टी आधिकारिक रूपमा ११ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो।[१४][१५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "'विप्लव' नेतृत्वको माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ"। खरिबोट (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२०।
- ↑ "यसर्थ गलत थियो, कमरेड वैद्य र विप्लवको पार्टी विभाजन !"। साझा पथ (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२०।
- ↑ "माओवादी ‘बिप्लव’ रहस्य : गुरू प्रचण्ड, ‘मास्टरमाइन्ड’ बाबुराम !", Lokpath | Online Nepali News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-१०-३१।
- ↑ Setopati, सेतोपाटी संवाददाता ::, "बिप्लव नेतृत्वको नेकपाका रौतहट ईन्चार्जसहित दुई जना पक्राउ", Setopati (en-USमा), अन्तिम पहुँच २०२५-१०-३१।
- ↑ "१० वर्षमा ६ टुक्रामा विभाजित भयो माओवादी"। काठमाडौँ टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२०।
- ↑ "नेपालमा विप्लव आतङ्क, प्रतिबन्ध फुकवा गर्ने तयारी अन्योलमा"। विश्व न्युज (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२०।
- ↑ "विप्लव माओवादीको हिंसा के का लागि?" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २० डिसेम्बर २०२०।
- ↑ "हामी भूमिगत छैनौं, खुलामञ्चमा आउन तयार छौं: विप्लव"। सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२०।
- ↑ "कालापानी लगायत विवादास्पद भूभाग समेटदै भारतले जारी गर्यो नयाँ नक्सा"। सफल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२०।
- ↑ "भारतको नयाँ नक्सामा नेपालका कालापानी–लिपुलेक पनि !"। अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२०।
- ↑ "चीन र भारतलाई विप्लवले पठाए यस्ताे ज्ञापनपत्र"। लेकाली अनलाइन (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२०।
- ↑ "सीमा विवादमा भारतविरुद्ध माइतीघरमा प्रदर्शन, विप्लव समूहका विद्यार्थी पक्राउ"। अङ्कुरण खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२०।
- ↑ "भारतीय सीमा अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने विप्लवका तीन कार्यकर्ता पक्राउ"। पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२०।
- ↑ "दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन", नेपाल प्रेस (नेपालीमा), ११ कात्तिक २०८२, अन्तिम पहुँच १४ कात्तिक २०८२।
- ↑ "घोषणाको ११ वर्षपछि विप्लवको दल दर्ताको निवेदन", बाह्रखरी (नेपालीमा), ११ कात्तिक २०८२, अन्तिम पहुँच १४ कात्तिक २०८२।