कम जन्म तौल

कम जन्म तौल भन्नाले विश्व स्वास्थ्य सङ्गठनका अनुसार गर्भको अवधि जतिसुकै भए पनि शिशुको जन्मँदाको तौल २,४९९ ग्रा (५ पाउन्ड ८.१ औंस) वा सोभन्दा कम हुनु हो।[१] शिशु समय अगावै जन्मिनु, वातावरणीय कारणहरू वा गर्भावस्थामा आमाको स्वास्थ्य अवस्था जस्ता कारकहरू कम जन्म तौल हुनुका पछाडि विभिन्न कारणहरू हुन्।[२][३] यस्ता शिशुहरूमा थप स्वास्थ्य जोखिमहरू हुने भएकाले विशेष व्यवस्थापनको आवश्यकता पर्दछ, जसका लागि धेरैजसो अवस्थामा नवजात शिशु सघन उपचार कक्षमा राख्नुपर्ने हुन्छ। कम जन्म तौल भएका शिशुहरूको व्यवस्थापनमा शरीरको तापक्रम नियन्त्रण, तरल पदार्थको सन्तुलन, पोषण र कतिपय अवस्थामा रक्तसम्बन्धी उपचार समावेश हुन्छन्। उनीहरूमा दीर्घकालीन स्वास्थ्य समस्याहरूको जोखिम समेत बढी हुने हुनाले समय-समयमा फलो-अप गरिरहनु पर्दछ।[४] कम जन्म तौलका कारण जन्मिएको केही हप्ताभित्रै शिशुको मृत्यु हुने सम्भावना उच्च रहनुका साथै स्नायु विकाससम्बन्धी विकारहरू देखिने जोखिम पनि रहन्छ। विशेष गरी दक्षिण एसिया र उप-सहारा अफ्रिका जस्ता बढी प्रभावित क्षेत्रहरूमा कम जन्म तौलको दरलाई कम गर्नु एक विश्वव्यापी पहलका रूपमा रहेको छ।[५]
वर्गीकरण
[सम्पादन गर्नुहोस्]जन्मँदाको तौल भन्नाले शिशु जन्मिएको समयमा वा जन्मिए लगत्तैको तौललाई बुझाउँछ। आदर्श रूपमा यो जन्मिएको पहिलो केही घण्टाभित्र नापिएको पहिलो तौल हो।[६]
जन्मँदाको तौललाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ:[७]
- उच्च जन्म तौल: ४,२०० ग्रा (९ पाउन्ड ४ औंस) भन्दा बढी
- सामान्य जन्म तौल: २,५००–४,२०० ग्रा (५ पाउन्ड ८ औंस – ९ पाउन्ड ४ औंस)
- कम जन्म तौल: २,५०० ग्रा (५ पाउन्ड ८ औंस) भन्दा कम
- धेरै कम जन्म तौल: १,५०० ग्रा (३ पाउन्ड ५ औंस) भन्दा कम
- अत्यधिक कम जन्म तौल: १,००० ग्रा (२ पाउन्ड ३ औंस) भन्दा कम
कारणहरू
[सम्पादन गर्नुहोस्]कम जन्म तौल कि त समय अगावै जन्म (अर्थात् जन्मँदा गर्भको अवधि कम हुनु, जसलाई सामान्यतया ३७ हप्ताभन्दा कमको गर्भ अवधिका रूपमा परिभाषित गरिन्छ) वा शिशु गर्भ अवधिको तुलनामा सानो हुनु (अर्थात् शिशुको जन्मपूर्वको विकास दर सुस्त हुनु) वा यी दुवैको संयुक्त मिश्रणका कारणले हुने गर्दछ।[६]
सामान्यतया, कम जन्म तौल हुनुमा योगदान पुर्याउने आमाका जोखिमपूर्ण कारकहरूमा सानो उमेर, बहुगर्भ (एकभन्दा बढी बच्चा पेटमा हुनु), पहिले पनि कम तौल भएका शिशुहरू जन्मिएको इतिहास, कुपोषण, मुटुको रोग वा उच्च रक्तचाप, उपचार नगरिएको सिलियक रोग, नशालु पदार्थको लत, अत्यधिक मदिरा सेवन, र अपर्याप्त प्रसवपूर्व हेरचाह पर्दछन्। यो समस्या प्रसव पीडा सुरु हुनु अगावै पानीको थैली फुट्ने समस्याका कारणले पनि हुन सक्छ।[८] वातावरणीय जोखिमका कारकहरूमा धुम्रपान, सिसाको संसर्ग, र अन्य प्रकारका वायु प्रदूषणहरू समावेश छन्।[९][१०][११]
महामारी विज्ञानमा
[सम्पादन गर्नुहोस्]
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ सम्ममा विश्वभर कम जन्म तौलको दर १५% रहेको अनुमान गरिएको थियो, जुन क्षेत्रअनुसार फरक-फरक छ: उप-सहारा अफ्रिकामा १३%, दक्षिण एसियामा २८%, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६%, तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा ९%।[५] संयुक्त राष्ट्र सङ्घद्वारा परिभाषित अति कम विकसित देशहरूमा कम जन्म तौलको कुल दर १३% रहेको छ।[१२][५] विश्व स्वास्थ्य सङ्गठनले प्रसवपूर्व हेरचाहमा सुधार र महिला शिक्षा जस्ता जनस्वास्थ्यका प्रयासहरू मार्फत विश्वभर कम जन्म तौलको दरलाई ३०% ले घटाउने लक्ष्य राखेको छ।[५] गर्भवती महिलाको सामाजिक सहयोग संयन्त्रलाई बढावा दिने कार्यक्रमहरूले कम जन्म तौलको दरलाई उल्लेख्य रूपमा घटाएको नदेखिए तापनि, यस्ता कार्यक्रमहरूले शल्यक्रिया मार्फत हुने जन्मदर र प्रसवपूर्व अस्पताल भर्ना हुनुपर्ने अवस्थालाई कम गरेको पाइएको छ।[१३]
संयुक्त राज्य अमेरिकामा, रोग नियन्त्रण र रोकथाम केन्द्रको प्रतिवेदन अनुसार सन् २०१८ मा ३,१३,७५२ शिशुहरू कम तौलका जन्मिएका थिए, जुन कुल जन्मको ८.२८% हो।[१४] यो संख्या सन् २०११ मा स्वास्थ्य सेवा अनुसन्धान तथा गुणस्तर एजेन्सीले अनुमान गरेको ६.१% को दरभन्दा बढी हो।[१५] सिडिसी ले सन् २०१८ मा धेरै कम जन्म तौलको दर १.३८% रहेको उल्लेख गरेको थियो, जुन सन् २०११ को एएचआरक्यूको अनुमानसँग मिल्दोजुल्दो छ।[१५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "ICD-11 for Mortality and Morbidity Statistics: KA21.2 Low birth weight of newborn", icd.who.int, अन्तिम पहुँच २०२४-०५-०५।
- ↑ SHAH, PRAKESH S. (जुलाई २०१०), "Parity and low birth weight and preterm birth: a systematic review and meta-analyses", Acta Obstetricia et Gynecologica Scandinavica (अङ्ग्रेजीमा) 89 (7): 862–875, आइएसएसएन 0001-6349, डिओआई:10.3109/00016349.2010.486827, पिएमआइडी 20583931, मूलबाट २०२१-०४-१४-मा सङ्ग्रहित।
- ↑ Giurgescu, Carmen; McFarlin, Barbara L.; Lomax, Jeneen; Craddock, Cindy; Albrecht, Amy (जुलाई २०११), "Racial Discrimination and the Black-White Gap in Adverse Birth Outcomes: A Review", Journal of Midwifery & Women's Health (अङ्ग्रेजीमा) 56 (4): 362–370, आइएसएसएन 1526-9523, डिओआई:10.1111/j.1542-2011.2011.00034.x, पिएमआइडी 21733107, पिएमसी 5388001।
- ↑ "Low-birthweight prevention programs: the enigma of failure", Birth 26 (3): 184–91, Sep १९९९, डिओआई:10.1046/j.1523-536x.1999.00184.x, पिएमआइडी 10655819।
- 1 2 3 4 "Global nutrition targets 2025: low birth weight policy brief", www.who.int (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-०४।
- 1 2 Cutland, Clare L.; Lackritz, Eve M.; Mallett-Moore, Tamala; Bardají, Azucena; Chandrasekaran, Ravichandran; Lahariya, Chandrakant; Nisar, Muhammed Imran; Tapia, Milagritos D.; Pathirana, Jayani; Kochhar, Sonali; Muñoz, Flor M.; Brighton Collaboration Low Birth Weight Working Group (२०१७-१२-०४), "Low birth weight: Case definition & guidelines for data collection, analysis, and presentation of maternal immunization safety data", Vaccine 35 (48 Pt A): 6492–6500, आइएसएसएन 1873-2518, डिओआई:10.1016/j.vaccine.2017.01.049, पिएमआइडी 29150054, पिएमसी 5710991।
- ↑ "eMedicine - Extremely Low Birth Weight Infant: Article by KN Siva Subramanian, MD", अन्तिम पहुँच २००७-११-२८।
- ↑ Rizzo, Nicola; Simonazzi, Giuliana; Curti, Alessandra (२०१५-०९-२४), "Obstetrical risk factors of ELBW", Italian Journal of Pediatrics 41 (Suppl 1): A35, आइएसएसएन 1824-7288, डिओआई:10.1186/1824-7288-41-S1-A35, पिएमसी 4595176।
- ↑ "Labor and delivery - Low Birth Weight", Umm.edu, २००८-१०-२२, मूलबाट २०११-०८-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-०५। अभिलेखिकरण २०१०-११-२७ वेब्याक मेसिन
- ↑ Tersigni, C.; Castellani, R.; de Waure, C.; Fattorossi, A.; De Spirito, M.; Gasbarrini, A.; Scambia, G.; Di Simone, N. (२०१४), "Celiac disease and reproductive disorders: meta-analysis of epidemiologic associations and potential pathogenic mechanisms", Human Reproduction Update 20 (4): 582–593, आइएसएसएन 1355-4786, डिओआई:10.1093/humupd/dmu007, पिएमआइडी 24619876।
- ↑ "Celiac disease and obstetric complications: a systematic review and metaanalysis", Am J Obstet Gynecol 214 (2): 225–34, Oct ९, २०१५, डिओआई:10.1016/j.ajog.2015.09.080, पिएमआइडी 26432464।
- ↑ "UNSD — Methodology: Standard country or area codes for statistical use (M49)", unstats.un.org, अन्तिम पहुँच २०२०-११-०४।
- ↑ East, Christine E; Biro, Mary A; Fredericks, Suzanne; Lau, Rosalind (२०१९), "Support during pregnancy for women at increased risk of low birthweight babies", Cochrane Database of Systematic Reviews (अङ्ग्रेजीमा) 2019 (4), आइएसएसएन 1465-1858, डिओआई:10.1002/14651858.CD000198.pub3, पिएमआइडी 30933309, पिएमसी 6443020।
|article-number=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "FastStats - Birthweight and Gestation", www.cdc.gov (en-usमा), २०२०-०८-०४, अन्तिम पहुँच २०२०-११-०४।
- 1 2 Kowlessar N.M., Jiang H.J., and Steiner C. Hospital Stays for Newborns, 2011. HCUP Statistical Brief #163. October 2013. Agency for Healthcare Research and Quality, Rockville, MD. अभिलेखिकरण २०२२-०८-१८ वेब्याक मेसिन