सामग्रीमा जानुहोस्

कर्णाली चिसापानी पवन ऊर्जा आयोजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्णाली–चिसापानी पवन ऊर्जा आयोजना (१० मेगावाट) नेपालको लम्की चुहा नगरपालिका, कैलाली जिल्लामा रहेको कर्णाली चिसापानी पुलदेखि करिब १ किलोमिटर तलको क्षेत्रमा छ। नेपालको ऊर्जा संरचना अहिले जलविद्युतमा मात्र अत्यधिक निर्भर छ। यो आयोजना सफल भएमा नेपालले वैकल्पिक नवीकरणीय ऊर्जा विशेषगरी पवन उर्जा व्यावसायिक रूपमा प्रयोग गर्न थालेको ऐतिहासिक कदम मानिनेछ।[][][][]

मुख्य विशेषता :

[सम्पादन गर्नुहोस्]
  • यो नेपालकै पहिलो ठूलो स्तरको पवन ऊर्जामाेजना हो, जसको क्षमता १० मेगावाट (AC) छ।
  • यसमा ५ वटा टर्बाइन जडान गरिनेछ, हरेकको क्षमता २ मेगावाट रहनेछ।
  • करिब ३३०,००० वर्ग मिटर (४९ बिघा) क्षेत्रफलमा परियोजना फैलिएको छ।
  • पवनको औसत गतिः करिब ६ मि/से (५० मिटर उचाइमा), वाणिज्यिक उत्पादनका लागि उपयुक्त।
  • ५ वटा २.५ MVA ट्रान्सफर्मर।
  • करिब १२ किलोमिटर लम्बाइको ३३ केभी ट्रान्समिसन लाइन।

उत्पादन क्षमता :

[सम्पादन गर्नुहोस्]
  • वार्षिक उत्पादन करिब २१,९१८ MWh (२१.९ GWh) हुने अनुमान।
  • क्षमता उपयोग गुणांक (Capacity Utilization Factor, CUF): करिब २५%।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]