कर्णाली प्राविधिक शिक्षालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्णाली प्राविधिक शिक्षालय जुम्ला स्थीत चन्दननाथ नगरपालिकको उतर भेगमाको घुघुत्ती भन्ने ठाउँमा अवस्थित छ । यो शिक्षालय वि.सं. २०३७ सालमा स्थापना भएको हो । यो नेपालकै अग्रगामी प्राविधिक तथा ब्यावसायिक बिधालय हो । यो शिक्षालयलाई प्राबिधिक तथा ब्यवसायिक तालिम परिषदबाट संबन्धन प्राप्त छ ।

यो शिक्षालय करिव ३ कि.मि. लम्वाई र ०.५ कि.मि चौडाइमा फैलिएको छ । यस अन्तर्गत कृषि, स्वास्थ्य, निमार्ण सम्बन्धी विषय पढाई हुने गर्दछ । यो 29°18'23.1" उत्तर र 82°10'44.5" पूर्वमा अवस्थित छ । [१]

जुम्ला सदरमुकाम देखि ४० मिनेटको पैदल यात्रा दुरीमा रहेको छ । यस शिक्षालयमा विशेष गरी दुर्गम भेगका, विछडिएका बर्गलाई पेशामुलक शिप दिन स्थापना भएको र यहां अध्ययनरत अधिकांश विधार्थी समेत यसै कर्णाली अञ्चलकै रहने गरेको पाईन्छ ।

शुरु स्थापना कालदेखि हालसम्म हजारै प्राविधिक जनशक्त्ति उत्पाद गरी सकेको यस शिक्षालयले समग्र कर्णालीको शिक्षा क्षेत्रमा अतुलनिय योगदान रहेको नकार्न सकिदैन् । यस शिक्षालयमा रहेको भवनको डिजाईन र योजनात्मक बनावटले जो सुकैको मनमा कैतुहलता उत्पन्न गराउन सफल रहेको छ । यस शिक्षालय अन्तगर्त गरिव ४७ वटा भवन रहेको जस अन्तर्गत कक्षा कोठा, गोष्ठि तथा सेमिनार हल, विधार्थीको आवाश भावन, कर्मचारीहरूको आवाश भवन, कृषी फर्म, चमेना गृह लगायत अन्य भवन रहेका छन् । कृषी उत्पादन तथा खेलकुदलाई प्रात्साहन गर्न यथेष्ट जमिन छुट्याईएको छ । स्वच्छ, शान्त र उच्च ठांउमा अवस्थित यस शिक्षालयले विधार्थीहरूलाई अध्ययनको वातावरण सिर्जना गरेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]