सामग्रीमा जानुहोस्

कर्मचारीतन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्मचारीतन्त्र वा ब्यूरोक्रेसी भन्नाले त्यस्तो संगठन प्रणाली हो जसमा गैर-निर्वाचित अधिकारीहरू वा कर्मचारीहरू बाट कानून वा नियामक अधिकारहरू कार्यान्वयन र पालना गरिन्छ। साधरणतया, कर्मचारीतन्त्रले सरकारी प्रशासनको लाई बुझाउँछ, जसले विभिन्न विभागहरू सञ्चालन गर्छन् र उक्त विभागहरूमा निश्चित प्रणालीबाट नियुक्त भएका व्यक्तिहरू कार्यरत हुन्छन्। कर्मचारीतन्त्रको परिभाषाले सार्वजनिक वा निजी क्षेत्रको कुनै ठूला संस्था वा संगठनको प्रशासनिक प्रणाली पनि समेट्दछ तर विशेष रुपमा, धेरै देशहरूमा सार्वजनिक प्रशासनका अधिकांश काम कर्मचारीतन्त्र मार्फत सञ्चालन गरिने भएकाले कर्मचारीतन्त्र लाई सार्वजनिक प्रशासन सँग बढी सम्बन्धित रहेको पाइन्छ। साथै निगम, सामाजिक संस्था, गैर-नाफामूलक संगठन, र क्लब जस्ता केन्द्रीकृत पदानुक्रम भएका संरचनाहरू पनि कर्मचारीतन्त्रको भुमिका रहन्छ।

कर्मचारीतन्त्रमा दुई मुख्य समस्याहरू छन्। पहिलो समस्याः सम्बन्धित कर्मचारीहरूले कति स्वायत्तता राख्ने र कति प्रत्यक्ष रूपमा आफ्नो राजनीतिक अधिपति वा सरकारप्रति जिम्मेवार हुने र दोस्रो समस्याः सम्बन्धित कर्मचारीहरूले पूर्वनिर्धारित नियमहरू कति पालना गर्ने र अप्रत्याशित परिस्थितिहरूमा उपयुक्त समाधान तय गर्न कति स्वतन्त्रता राख्ने।

धेरै विश्लेषकहरूले आधुनिक समाजमा कर्मचारीतन्त्रको आवश्यकता औँल्याएका छन्। जर्मन समाजशास्त्री म्याक्स वेबरका अनुसार, कर्मचारीतन्त्र मानव क्रियाकलापलाई व्यवस्थित गर्ने सबैभन्दा कुशल र तर्कसंगत तरिका हो। व्यवस्था कायम रहन, कार्यक्षमता अधिकतम बनाउन, र पक्षपात कम होस् भन्नका निम्ति प्रणालीगत प्रक्रिया र संगठनात्मक पदानुक्रम आवश्यक पर्दछन्। तर, वेबरले कर्मचारीतन्त्रको अत्यधिक वा अनियन्त्रित रूपलाई पनि व्यक्तिगत स्वतन्त्रताका लागि खतरा मानेका छन्। यस्तो अवस्थामा व्यक्ति नियम-आधारित, तर्क संगत नियन्त्रणको “फलामको पिंजरा” भित्र फस्न सक्ने सम्भावना रहने विश्लेषण गरिएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]