कल्पनादेवी सुवेदी
Jump to navigation
Jump to search
कल्पनादेवी सुवेदी अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय सल्लाहकार हुनुहुन्छ। २०३६ सालमा उहाँका श्रीमान् दुर्गा सुवेदी राज्यपक्षबाट मारिएपछि उहाँ राजनीतिमा सक्रिय हुनुभएको थियो। उहाँ माओवादी निकट महिलाको केन्द्रीय उपाध्यक्ष हुनुभयो १० वर्षसम्म।
पार्टीमा क्षेत्रीय समितिहुँदै विभिन्न जिम्मेवारी सम्हाल्नुभएकी सुवेदीकी छोरी वन्दना र ज्वाइ गङ्गा श्रेष्ठ दुवै माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। गङ्गा अन्तरिम व्यवस्थापिकामा विधायक हुनुहुन्थ्यो।
सुवेदीले आफ्ना ज्वाई गङ्गासँगै साढे ३ वर्ष जेल जीवन बिताउनुभयो। ४७ वर्षीया सुवेदीले राज्यको पुनर्संरचनामा जनताका आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई संविधानमै ग्यारेन्टी गराउनु उहाँको मूल एजेण्डा छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |