कल्याणी रिमाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कल्याणी रिमालसँग सञ्चारक्षेत्रमा लामो समय काम गरेको अनुभव छ। उहाँले २०११ देखि २०४९ सालसम्म रेडियो नेपालमा काम गर्नुभयो। उहाँले सुरुमा महिला कार्यक्रम, बालकार्यक्रम, जीवन-सँगीतजस्ता कार्यक्रम चलाउनुभयो। २०२५ पछि समाचार पढ्नुभयो। कल्याणीको जन्म १९९३ साल मंसिरमा काठमाडौंंको कोटेश्वरमा भएको हो। उहाँका पिताको नाम कृष्णप्रसाद र माताको नाम चन्द्रकला पौडेल हो। उहाँहरू एक दाजु र चार दिदी-बहिनी जन्मनुभएको हो। कल्याणी कान्छी छोरी हो। उहाँले पद्म कन्या कलेज, बागबजारमा आइए पढ्नुभयो। फर्पिङमा खोलिएको एक स्कूलमा पढाएपछि उहाँ रेडियो नेपालको जागीरे हुनुभयो। उहाँ वरिष्ठ कलाकार हरिप्रसाद रिमालकी श्रीमती हुनुहुन्छ। कल्याणीले धेरै सम्मान पाउनुभएको छ। उहाँले भारत, मलेसिया, अमेरिका आदि देशको भ्रमण गर्नुभएको छ।