कविप्रसाद गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कविप्रसाद गाैतमबाट अनुप्रेषित)

काठमाडौँको पाको पोखल्ड्याङ, नयाँ सडकमा जन्मिएका कविप्रसाद गौतम (१९६०-२०४२) नेपालका त्यागी आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन् । आध्यात्मिक साहित्यमा योगदान गर्ने गौतमका दशवटा कृति प्रकाशित छन् भने उनका निर्देशनमा लेखिएका १०८ जति आध्यात्मिक कृतिहरू प्रकाशित छन् । पशुपतिनाथ मन्दिरको पश्चिमपटि विक्रम सम्वत१९८६ मा गौतमले प्रारम्भ गरेको अखण्ड हरिकीर्तन आजसम्म चलिरहेको छ । [१]

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  • मुरली (निबन्ध १९९४),
  • हरिनाम वितरण नाटक (२००३),
  • पशुको पुकार (काव्य २०११),
  • भावार्थ कुञ्ज (भावानुवाद २०१४),
  • सख्यरस प्रथमखण्ड (२०३५)
  • सख्यरस भाग १-४ (२०३५)
  • सख्यरस सातौँ खण्ड (२०४१)
  • सख्यरस आठौँ खण्ड (२०४१),
  • भावार्थ कुञ्ज (१-८ स्कन्ध भागवत (२०४४),
  • भावार्थ कुञ्ज (श्रीमद्भागवत सम्पूर्ण (२०५८),

सन्दर्भस्रोत[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

[१]