कसूर जिल्ला
कसूर जिल्ला ضِلع قصُور | |
---|---|
![]() पञ्जाब प्रदेशमा कसूर जिल्लाको अवस्थिति | |
देश | ![]() |
राज्य | ![]() |
सदरमुकाम | कसूर |
सरकार | |
• जिल्ला समन्वय अधिकारी | सायरा ओमेर |
• जिल्ला परिषद अध्यक्ष | राना सिकन्दर हयात |
क्षेत्रफल | |
• जम्मा | ३,९९५ किमी२ (१,५४२ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[१] | |
• जम्मा | ३,४५४,९९६ |
• घनत्व | ८६०/किमी२ (२,२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
तहसील | कसूर कोट राधा किसन |
कसूर जिल्ला (पञ्जाबी र उर्दू: ضِلع قصُور) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो । यो जिल्ला १ जुलाई १९७६ मा अस्तित्वमा आएको थियो । यो जिल्ला सन् १९७६ भन्दा पहिला लाहोर जिल्लाको एक भागको रूपमा रहेको थियो ।
यो शहरको सदरमुकाम कसूर शहर हो जुन सुफिवादी कवि बुल्ले शाहको जन्म स्थल हो । यो शहर पुरै पाकिस्तानमा बुल्ले शाहको जन्म स्थलको रूपमा प्रचलित छ । यस जिल्लाले पाकिस्तानमा कुल ४,७९६ वर्ग किलोमिटर ओगटेको छ । [२]
जनशाङ्खिकि[सम्पादन गर्ने]
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या २३,७५८,५५ रहेको छ जसमध्य पुरुषको जनसङ्ख्या १२,४३८,१८ छ भने महिलाको जनसङ्ख्या ११,३२०,५७ रहेको छ । जनगणना अनुसार पुरुषको आवधी ५२.७५% छ भने महिलाको आवाधी ४७.६४% रहेको छ । यस जिल्लामा मुख्यतया मानिसहरू पञ्जाबी भाषा बोल्छन् जसको आवाधी ८८% छ भने उर्दु भाषाको आवाधी ६.२% रहेको छ ।[३]
विकास[सम्पादन गर्ने]
कृषिमा आम जनसमुदायको आक्रसण र पँहुच पुगाउनका लागि कसूर जिल्ला सरकारले बाम्बावाली-रवी-बादिन नहरको स्थापना गरेको थियो । कसूर जिल्लामा वाणिज्य र औद्योगिक विकास भएता पनि यस क्षेत्र मुख्यतया कृषिनै जनसमुदायको पेशाको रूपमा रहेको छ । कसूर सेनाले जिल्लामा आर्मी ब्यारेको र बासस्थानको स्थापना गरेको छ ।
विषेशताहरू[सम्पादन गर्ने]
कसूर जिल्लालाई रावी नदिले उत्तर-पश्चिमबाट घेरेको छ भने सतलेज नदिले दक्षिण-पुर्वमा तर्फबाट घेरेको छ भने ब्यास नदिले जिल्लालाई दुई बराबर भागमा विभाजन गरेको छ । यस जिल्ला प्रकृतिक रूपमा समुन्द्री सतहबाट १९८ मिटरको उचाइमा रहेको छ । कसूर जिल्ला पुर्वमा लाहोरसँग जोडिएको छ भने ननकाना साहिब जिल्लाको उत्तर तर्फ अवस्थित छ त्यस्तै गरी फैसलनबाद जिल्लाको पश्चिममा रहेको छ भने दक्षिणमा ओकरा र भारत रहेका छन् ।
रुचिका स्थानहरू[सम्पादन गर्ने]
कसूर जिल्लाले सिमान क्षेत्रमा अजस्थित छ । कसूर जिल्ला यहाँ हुने सैनिक परिवर्तन समारोहबाट निकै प्रख्यात र पर्यटनको आसय बनेको छ । कसूर जिल्ला कास्सुरी मेथी कास्की माछा को लागि पनि प्रसिद्ध छ । कसूर जिल्लाको कसूर शहर सुफिबाद कवि बुल्ले शाहको अन्त्यस्टी स्थल पनि हो । कासूर यहाँको स्वादिष्ट माछाको लागि प्रसिद्ध छ । इन्द्रास फलुँदा र कसूरी मेथी एक मिठो परिकार यस जिल्लामा पाइन्छ । यस जिल्लामा रहेका अन्य पर्यटकीय स्थलहरू-
- फुल नगर अौधोगीक क्षेत्र
- कसूर सङ्ग्राहलय
- गन्दा सिंह वाला पाकिस्तान-भारत सिमाना
- कसूर रेल मार्ग
- चङ्गा मङ्ग जङ्गल
सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि यहाँ रहेका सिखहरू बसाइँसराइ गरेर भारतको पुर्वी पञ्जाबमा गएका थिए । पञ्जाबी लेखक बाबा सोहन सिंह सितल यही स्थानमा बसोबास गर्थे भने उनको निधन पछि उनको घरमा इस्लामी सरणार्थीहरूले शरण लिएका थिए । यस जिल्लामा मुख्यतया मेवातका मिओ जातिहरू बसोबास गर्छन् । [४]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "२०१७- पाकिस्तानको जिल्ला अनुसारको जनगणना", पिबिएस सेन्सस।
- ↑ कसूर जिल्लाका प्रहरी
- ↑ "पाकिस्तानका जिल्ला अनुसारको जनगणना", पिबिएस सेन्सस।
- ↑ "कसूर जिल्ला", अल एबाउट सिख, अन्तिम पहुँच २०१३-०१-१५।