कसूर शहर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कसूर
قصُور
—  शहर  —
Bulleh Shah's Shrine.JPG
कसूर पाकिस्तान-এ অবস্থিত
कसूर
कसूर
पाकिस्तानको नक्शामा कसूर शहरको अवस्थिति
देश Flag of Pakistan.svg पाकिस्तान
प्रदेश Punjab (Pakistan) पञ्जाब
जिल्ला कसूर
सरकार
 - नाजिम
क्षेत्रफल
 - जम्मा ३,९९५ किमी (१,५४२.५ वर्ग मी)
अवनति २१८ मि (७१५ फिट)
जनसङ्ख्या (२०१७)
 - जम्मा ४८८,७४१
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+५)
सम्पर्क कोड ०४९
सङ्धिय परिसरको सङ्ख्या

कसूर (पञ्जाबीउर्दू: قصُور) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको कसूर जिल्लाको राजधानी शहर हो । यो शहर लाहोर शहरबाट उत्तरमा रहेको छ र भारतका केही जिल्लासँग सिमाना जेडिएको छ । यो शहर पाकिस्तानको २० अौँ ठूलो शहरको रुपमा रहेको छ । [१]

शव्दको उत्पत्ति[सम्पादन गर्ने]

कसूर शव्दको उत्पत्ति अरबी शव्द कसूरबाट (قصور) उत्पत्ति भएको थियो जसको अर्थ दरबार अथवा सैनिकको किल्ला हुन्छ भने हिन्दु धर्मका अनुसार यस शहरको नाम राजकुमार कुशको नामबाट राखिएको हो भन्ने उल्लेख छ जुन हिन्दु धर्मका भगवान राम र सिताका जेठा छोरा थिए । ऐतिहासिक विवरणमा शहरको पुरातन पौराणिक कथा र स्थापनाका घटनाहरूको अस्वीकार गर्दछ र यसको सट्टा शहर १५२५ सम्मको मितिमा स्थापना भएको थियो जब शहर पठानका खासगी जनजातिले स्थापित गरेका थिए जो उत्तर पश्चिमी पाकिस्तान र अफगानिस्तानबाट आएको थिए ।

इतिहास[सम्पादन गर्ने]

सुरुवात[सम्पादन गर्ने]

९९७ मा गाजनीका साम्राज्यले कसूर शहरको स्थापना गरेको थियो जो गजनावी वंशका शासक थिए । कसूर शहर वरीपरीका क्षेत्र सिन्धुघाँटीको सभ्यताका बेलामा प्रचीन कालमा घना जङ्गल र कृषि र खेती गर्नेका लागि उपयुक्त स्थान रहेको थियो । कसूर क्षेत्रलाई प्रचीन कालमा मैर्य साम्राज्य, अुसान साम्राज्य, गुप्ता साम्राज्य, हिन्दु शाही साम्राज्यहरूले शासन गरेका थिए ।

मुगल साम्राज्य[सम्पादन गर्ने]

मुगल शासन अन्तर्गत शहरले वाणिज्य र व्यापारको लागि प्रशस्त र उल्लेखनीय उपलब्धि हासिल गरेको थियो । मुगल राजा अकबरका पालामा यस क्षेत्रको उल्लेखनीय सुधार र विकास भएको थियो जसमा १२ अोटा सैनिक किल्लाहरू निर्माण गरिएको थियो ।

सिख साम्राज्य[सम्पादन गर्ने]

मुगल साम्राज्यको गिरावट पछि एस शहरमा केही समय कुनै पनि शासकको सत्तामा अाएको थिएन त्यसपछि सन् १७४७ मा यस क्षेत्र सिख साम्राज्यका अहमद शाह दुर्रानीको अाक्रमण पछि सिख साम्राज्यको शासनमा अाएको थियो । सन् १७६३ मा दुर्रानी यस ठाउँ छोडेर अफगानिस्तान गएपछि सन् १८०७ मा सिख साम्राज्यका अर्का राजा रणजित सिंहको कब्जामा अाएको थियो ।

ब्रिटिस्ट साम्राज्य[सम्पादन गर्ने]

सिख साम्राज्यको गिरावट पछि यस क्षेत्र ब्रिटिस्ट साम्राज्यको शासनमा अाएको थियो । यस समयमा ब्रिटिस्ट शासकहरूले सिंचाइ अायोजना निर्माण गरेका थियो र यस क्षेत्रमा बसोबास गर्ने सिख, हिन्दु, मुस्लिम अादी जनजातिमा बाँडिएको थियो भने अन्य थुप्रै विकासका कार्यहरू पनि ब्रिटिस्ट साम्राज्यकालमा भएका थिय ।

बर्तमान[सम्पादन गर्ने]

ब्रिटिस्ट भारतको विभाजनमा बसाइँसराइ गरेका सरणार्थीहरू १९४७

सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि अल्पसंख्यक हिन्दूहरू र सिखहरू भारतमा बसाइँसराइ गएर भारत गएका थिए भने मुस्लिम शरणार्थी भारतबाट पाकिस्तान र कसूरमा अाएर बस्न थालेका थिय । कासुरलाई ९ सेप्टेम्बर १९६५ मा भारतीय सेनाले आक्रमण गरेतापनि पाकिस्तानी सेनाले यस शहरलाई लुट्नबाट बचाएका थिए ।

भूगोल[सम्पादन गर्ने]

कसूर शहर पाकिस्तानको पञ्जाब प्रान्तको कसूर जिल्लामा पर्न सदरमुकाम शहर हो । कसूर जिल्ला पाकिस्तानको कुल क्षेत्रफलको ४,७९६ वर्ग किलोमिटर अोगटेको छ ।

कृषि[सम्पादन गर्ने]

कासूर शहरको मुख्य खेती गँहु, मकै, धान, आलु, उखु अादी हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "पाकिस्तानका ठूला शहरहरूको जनगणना-२०१७", पिबिएस सेन्सस डट जिअोभि डट पिके। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]