सामग्रीमा जानुहोस्

काँचो पदार्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रबरको रुखबाट दूध सङ्कलन गरिदै।

काँचो पदार्थ ती आधारभूत सामग्रीलााई भनिन्छ जुन विभिन्न शिल्पमा उत्पादनको कामको लागि प्रयोग गरिन्छ। उदाहरणका लागि, चिनी मिलको लागि उखु, कपडा उद्योगको लाागि कपाास, कागजको लागि बाँस तथा पराल र फलाम कारखानाको लागि फलाम कच्चा पदार्थ हुन् ।

औद्योगिक दृष्टिकोणबाट, युरोपका विकसित पुँजीवादी देशहरूलाई काँचो पदार्थको आवश्यकता थियो, त्यसैले उनीहरू विश्वको अन्य महाद्वीपहरूमा धेरै उपनिवेशहरू स्थापना गरे र त्यहाँको काँचो पदार्थबाट बिभिन्न बस्तुहरू तयार गरे र फेरी उनीहरूकै देशहरूमा विक्री गरी धेरै लाभ प्राप्त गरे।

कच्चा पदार्थको द्वन्द्व

[सम्पादन गर्नुहोस्]

प्रशस्त कच्चा पदार्थ र थोरै आर्थिक विकास भएका ठाउँहरूमा प्रायः "डच रोग" वा "स्रोत अभिशाप" भनेर चिनिने घटना देखिन्छ। यो तब हुन्छ जब कुनै देशको अर्थतन्त्र मुख्यतया यसको शासन विधिको कारणले निर्यातमा आधारित हुन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Bernard Tchibambelela, Le commerce mondial de la faim: stratégie de rupture positive au Congo-Brazzaville, Éditions L'Harmattan, 2009, p. 183.