कांगेल
कांगेल | |
---|---|
देश | ![]() |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | सोलुखुम्बु जिल्ला |
जनसङ्ख्या (२०५८) | |
• जम्मा | २०८७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
कांगेल नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
इतिहास[सम्पादन गर्नुहोस्]
मुक्ली गा.वि.स.का मानिसहरु दसैँ तथा तिहारको अवसरमा घर सिंगार्नका लागि चाहिने रातो माटो लिनका लागि पञ्चन गा.वि.स.मा जाने गर्दथे र त्यो हालसम्म पनि यथावत् नै छ । त्यसबखत माटो बोकेर ल्याउने क्रममा हाल कांगेलमा रहेको एउटा चौतारामा भारी बिसाउने गर्दथे । किंरात “थुलुङ्ग” राई भाषा अनुसार “क्वा” भन्नाले माटो र “ङेलुङ्ग” भन्नाले बिसाउने चौतारी हो । यही “क्वा ङेलुङ्ग” वाक्य नै पछि अपभ्रंश भई “कांगेल” हुन गएको हो । जुन चौतारा हालसम्म पनि यथावत् नै रहेको छ र यहां एउटा शिलालेख समेत राखिएको छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]