काइलियन एम्बाप्पे
![]() एम्बाप्पे २०१८ फिफा विश्वकपमा फ्रान्सको प्रतिनिधित्व गर्दै | |||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | काइलियन सन्मी एम्बाप्पे लोट्टिन | ||||||||||||||
जन्म मिति | [१] | २० डिसेम्बर १९९८||||||||||||||
जन्म स्थान | पेरिस, फ्रान्स | ||||||||||||||
उचाई | १.७८ मी (५ फिट १० इन्च) | ||||||||||||||
खेल्ने स्थान | अग्रपंक्ति | ||||||||||||||
क्लबको विवरण | |||||||||||||||
हालको क्लब | पेरिस सेन्ट-जर्मेन | ||||||||||||||
सङ्ख्या | ७[२] | ||||||||||||||
युवा क्लब | |||||||||||||||
२०१०-२०१३ | बोन्डी सिएफ | ||||||||||||||
२०११-२०१३ | क्लार्फोटेईन | ||||||||||||||
२०१३-२०१५ | मोनाको | ||||||||||||||
वरिष्ठ क्लब* | |||||||||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | ||||||||||||
२०१५-२०१६ | मोनाको | १२ | (५) | ||||||||||||
२०१५– २०१७ | ए एस मोनाको एफसी | ४१ | (१७) | ||||||||||||
२०१७–२०१८ | पेरिस सेन्ट-जर्मेन (रिणमा) | २७ | (२) | ||||||||||||
२०१८– | पेरिस सेन्ट-जर्मेन | २९ | (३३) | ||||||||||||
राष्ट्रिय टोली† | |||||||||||||||
२०१४-२०१५ | फ्रान्स-१८ | २ | (०) | ||||||||||||
२०१६ | फ्रान्स-१९ | ११ | (७) | ||||||||||||
२०१७– | फ्रान्स | ३० | (१२) | ||||||||||||
सम्मान
| |||||||||||||||
|
काइलियन एम्बाप्पे(Kylian Sanmi Mbappé Lottin) (फ्रान्सेली उच्चारण: [kiljan (ə)mbape]; जन्म २० डिसेम्बर १९९८) एक फ्रान्सेली व्यवसायिक फुटबल खेलाडी हुन् । १९ वर्षको उमेरमा, उनलाई विश्वकै उत्कृष्ट युवा फुटबलर घोषणा गरियो । साथै उनलाई फुटबल जगतको उदाउँदो नक्षत्रको रूपमा पनि चित्रण गरिएको छ । बोन्डी युथ एकेडेमीमा हुँदै एम्बाप्पेको चर्चा चुलिएको थियो जसका कारण फ्रान्सको व्यवसायिक फुटबल क्लब एएस मोनाकोले उनलाई व्यवसायिक फुटबलमा डेब्यु गर्ने निम्तो दियो । सन् २०१५ मा मोनाकोबाट डेब्यु गरेसँगै उनी आफ्नो जादुयी खेलले प्रशिक्षक, समकक्षी र दर्शक सबैको ध्यान आफूतिर केन्द्रित गर्न सफल भए । उनकै उत्कृष्ट प्रदर्शनका बलले मोनाको सन् २०१६-१७ को लिग-१ उपाधी जित्न सफल भयो । यो उपाधी मोनाकोले १७ वर्षपछी जितेको थियो । एक वर्षपछी, फ्रान्सेली क्लब फुटबलको महारथी पेरिस सेन्ट-जर्मेनले एम्बाप्पेलाई आफ्नो क्लबमा भित्रायो । यसरी एम्बाप्पेलाई आफ्नो क्लबमा ल्याउन पिएसजीले १८ करोड युरो खर्च गरेको थियो । २०१७ को डिसेम्बरमा एम्बाप्पेले युइएफए च्याम्पियन्स लिगको दशौँ गोल गरे । यसो गर्ने एम्बाप्पे सबैभन्दा कान्छा खेलाडी हुन् । व्यवसायिक फुटबलमा डेब्यु गरेको साल एम्बाप्पेले मोनाको लाई लिग-१, कप डी फ्रान्स र कप डी ला लिग गरी तिन विभिन्न ट्रफि (ट्रेबल) जिताएका थिए । २०१७ मा फ्रान्सको राष्ट्रिय टिमबाट डेब्यु गर्नु अघि एम्बाप्पेले फ्रान्सको १७ र १९ वर्ष मुनिको फुटबल टिमबाट समेत फ्रान्सको प्रतिनिधित्व गरेका थिए । २०१८ फिफा विश्वकपमा एम्बाप्पे फ्रान्सको लागि विश्वकपमा गोल गर्ने सबभन्दा कान्छा खेलाडी बने । त्यस्तै पेले पछि विश्वकप फुटबलको फाइनलमा गोल गर्ने दोस्रो टिनएजर बने - एम्बाप्पे । फ्रान्सले २०१८ फिफा विश्वकपको उपाधी जित्दा उनी प्रतियोगिताकै दोस्रो सर्वाधिक गोलकर्ता मध्येका एक थिए । सो विश्वकपमा उनले बेस्ट योङ् प्लेयर अवार्ड जितेका थिए ।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
फ्रान्सको राजधानी शहर पेरिसमा जन्मिएका एम्बाप्पेका वुवा विलफ्रिड एम्बाप्पे क्यामरूनमा जन्मिएका हुन् । उनी फुटबल प्रशिक्षक समेत हुन् । त्यस्तै काइलियन एम्बाप्पेकी आमा फेजा लमारी पनि अफ्रिकी मुलुक अल्जेरियामा जन्मिएकी हुन् जो पुर्व हेन्डबल खेलाडी हुन् । काइलियनका भाइ इथान एम्बाप्पे पेरिस सेन्ट-जर्मेनको १२ वर्ष मुनिको फुटबल टिमबाट खेल्ने गर्छन् । काइलियनका बाबुले धर्मपुत्र पालेका थिए जसको नाम केम्बो इकोको हो जो एक व्यवसायिक फुटबलर नै हुन् । एम्बाप्पे बाल्यकालमा क्रिस्टियानो रोनाल्डोका तस्विर र पोस्टरहरू आफ्नो कोठाको भित्तामा सजाउने गर्दथे ।
क्लब जीवन[सम्पादन गर्ने]
प्रारम्भिक करियर[सम्पादन गर्ने]
"उसँग तकनीकी कौशल र भिजन छ जुन अधिकांश केटाकेटीमा हुँदैन । उसको टाउको पछाडी आँखा छ । कहाँ हानेको बल कता जान्छ भनेर उसले पुर्वानुमान लगाउन सक्छ ।”
एम्बाप्पेले आफ्नो फुटबल करियर आफ्नै वुवाले प्रशिक्षण दिने एएस बोन्डीबाट सुरू गरेका हुन् । एएस बोन्डीकै अर्का प्रशिक्षक एन्टोनियो रिक्कार्डीले एम्बाप्पेको बारेमा भनेका छन्,
मैले पहिलो पटक उसलाई प्रशिक्षण दिँदा ऊ ६ वर्षको थियो । तपाईँ भन्न सक्नुहुन्छ कि ऊ अरूभन्दा पृथक थियो । काइलियनले अरू बच्चाले भन्दा धेरै राम्रो गर्न सक्छ । त्यतिबेलै उसको ड्रिब्लिङ् उत्कृष्ट थियो र ऊ अन्य बच्चा भन्दा धेरै छिटो दौडन्थ्यो । मैले यहाँ प्रशिक्षण गराएको १५ वर्ष भयो तर यो अवधिमा मैले भेटेका खेलाडी मध्यै ऊ नै उत्कृष्ट हो । पेरिसमा धेरै प्रतिभावान खेलाडी छन् तर ऊ जतिको प्रतिभावान खेलाडी मैले देखेको छैन । ऊ त्यो खेलाडी हो जसलाई हामी 'craque' (उत्कृष्ट) भन्छौँ ।[३]
अचानक, उनी क्लेरफन्टाइन फुटबल एकेडेमी गए जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै गर्दा कैयौँ कहलिएका फ्रेन्च क्लब, रियल म्याड्रिड, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र बायर्न म्युनिख जस्ता क्लबले उनलाइ ट्रान्सफरको निसानामा पारेका थिए ।[३] एम्बाप्पे ११ वर्षको हुँदा चेल्सीका लागि ट्रायल दिन लन्डन गए जहाँ उनले चेल्सीको युवा टिमबाट चार्लटन एथ्लेटिक क्लब विरूद्ध खेले ।[४] अन्तन: उनी आफ्नो व्यवसायिक फुटबल एएस मोनाकोबाट खेल्न थाले ।[५]
मोनाको[सम्पादन गर्ने]
२०१५–१६ सिजन[सम्पादन गर्ने]
एम्बाप्पेले २ डिसेम्बर २०१५ मा फाबियो कोन्ट्राओलाई ८८ औँ मिनेटमा प्रतिस्थापन गर्दै लिग-१मा डेब्यु गरेका थिए । मोनाको को घरेलु मैदानमा खेलिएको सो खेल स्टेड मालहर्बी केन विरूद्ध थियो जुन १-१ को बराबरीमा सकियो । त्यसदिन एम्बाप्पे १६ वर्ष ३४७ दिनका थिए जसका कारण उनले मोनाकोको फर्स्ट टिमबाट खेल्ने सबभन्दा कान्छा खेलाडीको किर्तिमान बनाए जुन किर्तिमा २१ वर्ष अघि थिएरी हेनरीले बनाएका थिए ।
२० फेब्रुएरी २०१६ मा, एम्बाप्पले क्लबको फर्स्ट टिमबाट पहिलो गोल गरे । मोनाकोको घरेलु मैदानमा भएको लिग-१को सो खेलमा मोनाकोले ट्रोएज एसीलाई ३-१ ले पराजित गर्दा थिएरी हेनरीको अर्को किर्तिमान भङ्ग भएको थियो जसलाई एम्बाप्पेले अन्जाम दिएका थिए । सो खेलमा गोल गरेर एम्बाप्पे मोनाकोको इतिहाँसमा फर्स्ट टिमबाट गोल गर्ने सबभन्दा कान्छा खेलाडी (१७ वर्ष ६२ दिन) बनेका थिए ।[६][७]६ मार्च २०१६ मा एम्बाप्पेले तिन वर्षसम्म (जुन २०१९ सम्म) मोनाकोमै आबद्ध रहिरहने गरी करार गरे ।[८]
२०१६–१७ सिजन[सम्पादन गर्ने]
१४ डिसेम्बर २०१६ मा २०१६-१७ कप डी ला लिगको नकआउट चरण (अन्तिम १६) मा मोनाकोले स्टेड रेन्नाइस एफसी लाई ७-० को फराकिलो अन्तरले पाखा लगाउँदा एम्बाप्पले आफ्नो फर्स्ट टिम करियरकै पहिलो ह्याट्रिक गरेका थिए ।[९]
११ फेब्रुएरी २०१७ मा एम्बाप्पेले लिग-१मा करियरको पहिलो ह्याट्रिक गरेका थिए जुन खेल मोनाकोको घरेलु मैदानमा एफसी मेट्ज विरूद्ध भएको थियो । सो खेलमा मोनाको ५-० ले विजयी भएको थियो भने १८ वर्ष २ महिनाको उमेरमा लिग-१मा ह्याट्रिक गर्दै एम्बाप्पे सबभन्दा कम उमेरमा लिग-१ मा ह्याट्रिक गर्ने खेलाडी बनेका थिए । उनले जेरेमी मेनेजले २००५ मा राखेको किर्तिमानलाई भङ्ग गरेका थिए ।[१०] १५ मार्चमा भएको युइएफए च्याम्पियन्स लिग को अन्तिम १६ को सेकेन्ड लेग म्याचमा बर्नार्डो सिल्भाको क्रसलाई आठौँ मिनेटमा गोलमा परिणत गर्दै एम्बाप्पेले मोनाकोलाई १-० को अग्रता दिलाए जुन खेलमा मोनाकोले म्यानचेस्टर सिटी फुटबल क्लबलाई ३-१ ले पराजित गर्यो । समग्रमा ६-६ गोल भएपनि मोनाको अवे गोलका आधारमा क्वार्टरफाइनलमा प्रवेश गर्यो ।[११] एम्बाप्पेले सम्पुर्ण प्रकारका प्रतियोगितामा ४४ खेलमा २६ गोल गर्दै २०१६-१७ को सिजन टुङ्ग्याए । अर्को सिजनमा एम्बाप्पे लोनमा पेरिस सेन्ट-जर्मेनमा गए ।[१२]
उपाधि तथा सम्मान[सम्पादन गर्ने]
बाह्य कडी[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा काइलियन एम्बाप्पे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- एम्बाप्पेको प्रोफाइल पेरिस सेन्ट जर्मेनको वेबसाइटमा
- प्रोफाइल फ्रान्स फुटबल सङ्घको आधिकारिक वेबसाइटमा
- काइलियन एम्बाप्पे – फिफा प्रतियोगिता तथ्याङ्क
- काइलियन एम्बाप्पे – यूइएफए प्रतियोगिता रेकर्ड
स्रोत[सम्पादन गर्ने]
- ↑ "MBAPPE LOTTIN KYLIAN", अन्तिम पहुँच २४ फेब्रुअरी २०१६।
- ↑ "Number 29 for Kylian Mbappé", PSG.fr, Paris Saint-Germain Football Club, २ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१७, "पिएसजीका नयाँ स्ट्राइकर एम्बाप्पेले २९ नम्बर जर्सी लगाउने"
- ↑ ३.० ३.१ ३.२ "Kylian Mbappe: How France World Cup star rose to prominence", BBC, १ जुलाई २०१८।
- ↑ "Arsene Wenger has likened him to Thierry Henry – but who is Arsenal target Kylian Mbappe?", The Independent, ६ फेब्रुअरी २०१७।
- ↑ "Kylian Mbappe: the Monaco teen who might be Europe's most wanted youngster", FourFourTwo, ३ सेप्टेम्बर २०१६।
- ↑ "European round-up: What you might have missed", BBC Sport, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६।
- ↑ "Kylian Mbappe offered Monaco contract amid Arsenal, Liverpool links", ESPN FC, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६।
- ↑ "First professional contract for Kylian Mbappé | News | AS Monaco FC", AS Monaco FC, अन्तिम पहुँच ७ मार्च २०१६।
- ↑ "Monaco mash Rennes", Ligue 1, १४ डिसेम्बर २०१६।
- ↑ "Wonderkid Mbappé nets hat-trick as Monaco march on", Ligue 1, ११ फेब्रुअरी २०१७।
- ↑ "मोनाको ३ म्यानचेष्टर सिटी १ (औसत ६–६): ग्वार्डीओलाको टोली अवे गोलका आधारमा प्रतियोगिताबाटै बाहिरियो", The Daily Telegraph, १५ मार्च २०१७।
- ↑ "काइलियन एम्बाप्पे: पेरिस सेन्ट-जर्मेनले मोनाकोका फर्वार्ड लाई लोनमा आफ्नो क्लबमा भित्र्यायो", BBC Sport, ३१ अगष्ट २०१७, अन्तिम पहुँच २३ जुलाई २०१८।