सामग्रीमा जानुहोस्

कागवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कागावा प्रान्त (香川県, कागावा केन) जापानको शिकोकू टापुमा अवस्थित छ। सन् २०२० अनुसार यहाँको जनसंख्या ९४९,३५८ र क्षेत्रफल १,८७७ वर्ग किलोमिटर रहेको छ। कागावाको दक्षिण–पश्चिममा एहिमे प्रान्त र दक्षिणमा टोकुसिमा प्रान्त छन्।[]

ताकामात्सु यो प्रान्तको राजधानी र सबैभन्दा ठूलो शहर हो। अन्य मुख्य शहरहरूमा मारुगामे, मिटोयो, र कानोनजी पर्दछन्।

कागावा प्रान्त सेतो भनिने भित्री समुन्द्रको किनारमा अवस्थित छ र होन्शु टापुको ओकायामा प्रान्तसँग पुल द्वारा जोडिएको छ। यो प्रान्तमा शोडोशिमा, दोस्रो ठूलो टापु, पनि पर्छ।

कागावाको दक्षिणी भूभागको सिमाना सानुकी पर्वतशृंखला रहेको छ।

कागावा पहिले सानुकी प्रान्त भनेर चिनिन्थ्यो। सन् १८७६ अगस्टदेखि १८८८ डिसेम्बरसम्म छोटो अवधिका लागि कागावा एहिमे प्रान्तको हिस्सा बनाइएको थियो।[]

कागावाको राजधानी ताकामात्सुमा रहेको याशिमा पर्वत प्रसिद्ध युद्धस्थल हो, जहाँ हाइके र जेन्जी कुलबीचको प्रसिद्ध संघर्ष भएको थियो।

कागावाको जीडीपी करिब ३,८०२ अर्ब येन छ। मुख्य निर्यात उद्योगहरूमा सवारी उपकरण, विद्युत उपकरण, रासायनिक उत्पादन, सामान्य मेशिनरी, खनिज इन्धन, निर्मित वस्तु, कच्चा पदार्थ, र खाद्य वस्तु पर्दछन्।[]

खाना र परिकार

[सम्पादन गर्नुहोस्]

"सानुकी उडोन" (चाउचाउ) कागावाको सबैभन्दा प्रसिद्ध स्थानीय परिकार हो। सन् २००८ मा मात्रै ७०० भन्दा बढी उडोन रेस्टुरेन्ट यहाँ थिए।[]

त्यसबाहेक, कागावामा "होने–त्सुकी–दोरी", हड्डीसहितको मसलेदार कुखुराको जांघ पनि प्रसिद्ध छ। यो परिकार मारुगामे सहरबाट सुरु भएको हो र अहिले जापानभरिका इजाकाया रेस्टुरेन्टमा लोकप्रिय छ।

कागावा जापानमा पहिलोपटक जैतुन सफलतापूर्वक खेती गरेको ठाउँ हो। सन् १९०८ देखि यहाँ जैतुन तेल र सम्बद्ध उत्पादनहरू बनाइँदै आएका छन्। जैतुन उद्योगबाट प्राप्त जैतुनको फोहोर गाई र माछाको खाना बनाउन प्रयोग हुन्छ।

अन्य स्थानीय विशेष परिकारमा वासानबोन चिनीका मिठाइ, सोमेन चाउचाउ, र सोयासस पर्दछन्।

अक्टोबर २०२० अनुसार, कागावामा अनुमानित जनसंख्या ९५०,२४४ छ, जुन सन् २००० को जनगणना (१,०२२,८९०) भन्दा ७.१% कम हो। प्रिफेक्चरको क्षेत्रफल १,८७७ वर्ग किलोमिटर र जनसंख्या घनत्व ५०६.३/वर्ग किलोमिटर छ।[]

कागावा शिकोकूको उत्तर–पूर्वी कुनामा पर्दछ। पश्चिममा एहिमे प्रान्त, दक्षिणमा टोकुशिमा प्रान्त, र उत्तरमा सेतो समुन्द्र को किनारा छ। दक्षिणी सिमानामा सानुकी पर्वतशृंखला फैलिएको छ।[]

कागावा हाल जापानको सबै भन्दा सानो प्रान्त हो। यहा भूमि अपेक्षाकृत साँघुरो छ, पर्वत र समुद्रबीच अवस्थित।

सन् २०१२ अप्रिल १ सम्म, कागावाको कुल भूमि क्षेत्रफलको ११% प्राकृतिक पार्कका रूपमा तोकिएको थियो। प्रमुख पार्कहरूमा सेतोनािकाई नेशनल पार्क र ओताकी–ओकावा प्रान्त प्राकृतिक पार्क पर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. NHK Broadcasting Culture Research Institute, सम्पादक (२४ मे २०१६), ja:NHK日本語発音アクセント新辞典, NHK Publishing। 
  2. Ikatachōshi Editing Committee, सम्पादक (मार्च ३१, १९८७), 伊方町誌 [Ikata Town History] (जापानीमा), Town of Ikata, printed by DAI-ICHI HOKI Publishing। 
  3. 日 本 貿 易 振 興 機 構 ( J E T R O ); 香 川 貿 易 情 報 セ ン タ ー (मार्च २०२०), "香川県貿易実態調査 2020 年(令和 2 年)3 月", 香川県貿易実態調査: 155। 
  4. "Yuki Yuna is a Hero" Fights for Local Tourism in Kan'onji City", Crunchyroll, अन्तिम पहुँच २९ अक्टोबर २०२२ 
  5. Kagawa, Prefecture Demographics, "Japan: Kagawa", www.citypopulation.de, अन्तिम पहुँच १७ मे २०२२ 
  6. "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment, अन्तिम पहुँच १९ अगस्ट २०१२