कागेश्वरी–मनोहरा नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कागेश्वरी–मनोहरा नगरपालिका
—  नगरपालिका  —
कागेश्वरी–मनोहरा नगरपालिका is located in Nepal
कागेश्वरी–मनोहरा नगरपालिका
कागेश्वरी–मनोहरा नगरपालिका
नेपालमा कागेश्वरी–मनोहरा नगरपालिका
निर्देशाङ्क (कागेश्वरी): २७°४३′३३″ उत्तर ८५°२४′४२″ पूर्व / २७.७२५८३° उत्तर ८५.४११६७° पूर्व / 27.72583; 85.41167निर्देशाङ्क: २७°४३′३३″ उत्तर ८५°२४′४२″ पूर्व / २७.७२५८३° उत्तर ८५.४११६७° पूर्व / 27.72583; 85.41167
देश  नेपाल
विकास क्षेत्र मध्यमाञ्चल
अञ्चल बागमती अञ्चल
जिल्ला काठमाडौं जिल्ला
स्थापना मंसिर २०७१
क्षेत्रफल
 - जम्मा २७.५ किमी (१०.६ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[१]
 - जम्मा ६०,२३७
 जनघनत्व २,१९०.४/किमी (५,६७३.२/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-१

कागेश्वरी–मनोहरा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौं जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लामा गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोटगागलफेदी यी ६ गाउँ विकास समितिहरूलाई समेटेर कागेश्वरी–मनोहरा नगरपालिका घोषणा गरिएको हो।[३][४] कागेश्वरी–मनोहरा नगरपालिकाको केन्द्रभने साविक डाँछी गाविसको कार्यलय रहेको स्थान रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

कागेश्वरी–मनोहरा नगरपालिका साविकका गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोटगागलफेदी गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा कागेश्वरी–मनोहरा नगरपालिकाको कूल जनसङ्ख्या ६०,२३७ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]