काठमाडौँको नगर प्रमुख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काठमाडौँको नगरप्रमुखबाट अनुप्रेषित)
काठमाडौँको महानगरपालिकाको नगर प्रमुख
काठमाडौँको महानगरपालिकाका नगर प्रमुख
काठमाडौँको झण्डा
बहालवाला
बालेन्द्र शाह
सन् २०२२ मे ३० देखि
प्रकारकार्यकारी प्रमुख
आसननगर कार्यपालिकाको कार्यालय, काठमाडौँ
नियुक्तिकर्ताकाठमाडौँको मतदाता
अवधिपाँच वर्ष, एकपटक नवीकरण
गठन साधननेपालको संविधान
प्रथम पदाधिकारीसिंह शमशेर
गठनवि.सं. १९७६
अनौपचारिक नामहरूकाठमेयर
उपकाठमाडौँ महानगरपालिकाको नगर उप-प्रमुख
तलबरु ४६,०००[१]
वेबसाइटkathmandu.gov.np

काठमाडौँको नगर प्रमुख काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको प्रमुख हुन्। नगर प्रमुख पाँच वर्षको अवधिको लागि निर्वाचित हुन्छ र बढीमा दुई कार्यकाल सेवा गर्न सीमित हुन्छ। यो भूमिका पहिलो पटक राणा शासनकालमा वि.सं. १९७६ मा सिर्जना भएको थियो।[२] काठमाडौँको वर्तमान नगर प्रमुख बालेन्द्र शाह हुन्। उनी वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए र वि.सं. २०७९ जेठ १६ मा पदभार ग्रहण गरेका थिए।[३]

काठमाडौँ महानगरपालिकाले काठमाडौँको सहरको व्यवस्थापन गर्छ र नगर प्रमुखलाई काठमाडौँको ३२ वडाका वडा अध्यक्षहरू रहेको नगर कार्यपालिकाले समर्थन गर्ने गर्दछ।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

देशको राजधानीको रूपमा रहेको काठमाडौँमा स्थानीय प्रशासनको आरम्भ तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले गरेका थिए। 'ए श्रेणी'का राणा तथा शासकवर्गहरू हिड्ने बाटो सफा तथा व्यवस्थित गर्नुपर्ने अभिप्रायले गर्दा उनले वि.सं. १९७६ पुस २ गते सवाल सनद जारी गर्दै खड्ग निशान लगाएर भोटाहिटीमा सफाई अड्डाको स्थापना गरेका थिए।[२] सफाई अड्डाको प्रशासनिक व्यवस्थापनमा रैती दुनियाँबाट सात जना भलादमी सदस्यहरू र तत्कालीन राणा सरकारका तर्फबाट चेयरम्यान, भाइस चेयरम्यान, इन्जिनियर र म्युनिसिपालिटी हाकिम गरेर ११ जनाको समिति बनाएका थिए।[५] नेपालमा यसलाई नै स्थानीय प्रशासन विकेन्द्रीकरणको पहिलो प्रयास तथा जनताहरूको समेत प्रत्यक्ष पहुँच र नजिकको सरकारी अड्डाको संस्थागत संरचना मान्ने गरिन्छ। प्रारम्भिक समयमा सफाई अड्डाको स्थापना हुँदा यसलाई तल्लो फाँट र माथिल्लो फाँट गरी २ फाँटमा विभाजन गरिएको थियो जसलाई सुधार गर्न, जनताको काम व्यवस्थापन गर्न र अड्डाको कार्य क्षेत्र फराकिलो बनाउन तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेर राणाले वि.सं. १९८८ मा सवाल सनद जारी गरेका थिए।[६] [७]

सफाई अड्डाको रूपमा २८ वर्षसम्म काम गरेपछि वि.सं. २००३ फाल्गुन २ गते तत्कालीन राणा प्रधानमन्त्री पद्म शमशेर राणाले आफ्नै निवासमा मानिसहरू भेला पारी भोटाहिटी सफाइ अड्डालाई 'काठमाडौँ म्युनिसिपालिटी' घोषणा गरेका थिए। वि.सं. २००४ सालमा भएको काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचनमा राणा शासनले गेहेन्द्र शमशेर थापालाई काठमाडौँको नगर प्रमुख र आम जनताबाट शंकरदेव पन्त नगर उप-प्रमुखमा निर्वाचित गरेका थिए। राणा शासनकै समयमा वि.सं. २००६ चैत्र २७ गते तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेर राणाले नेपालमा नगर पञ्चायत ऐन, २००६ जारी गरेर लागु गरेपछि 'काठमाडौँ म्युनिसिपालिटी' नगर पञ्चायत बन्न पुगेको थियो।[५]

देशमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदय भएसँगै वि.सं. २०१० जेठ ५ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ जारी भएपछि वि.सं. २०१० भदौ १७[८] गते १८ वटा वडाहरू सहितको काठमाडौँ नगरपालिका बनेको थियो। वि.सं. २०१० सालमा भएको पहिलो लोकतान्त्रिक निर्वाचनमा जनकमान श्रेष्ठ काठमाडौँ नगर प्रमुखमा निर्वाचित भई तत्कालिन नगरपालिकाको पहिलो निर्वाचित मेयर बनेका थिए।

वि.सं. २०१७ पौष २२ गते देशमा तत्कालीन राजा महेन्द्र शाहले पञ्चायती व्यवस्था आरम्भ गरेको २ वर्षपछि वि.सं. २०१९ भदौ ५ गते नगर पञ्चायत ऐन, २०१९ जारी गरिएको थियो जसको फलस्वरूप यो नगरपालिका स्वतः नगर पञ्चायतमा परिणत भएको थियो।

पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालीन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते[९] नगरपालिका ऐन, २०४७ घोषणा गरि लागु गरेपछि नगरपालिका बन्नको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले काठमाडौँ स्वतः आधिकारिक रूपमा नगरपालिका बन्न पुगेको थियो।[१०][११] राजधानीको रूपमा रहेको यो नगरमा बढ्दो जनसङ्ख्या, शिक्षा, स्वास्थ्य, खेलकूद, सहरीकरण, यातायात, विमानस्थल लगायतका आवश्यक भौतिक पूर्वाधार भएको कारणले तत्कालीन श्री ५ को सरकारद्वारा वि.सं. २०५२ मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई स्तरोन्नति गर्दै देशकै पहिलो महानगरपालिकाको रूपमा काठमाडौँ महानगरपालिका घोषणा गरेको थियो।[१२] त्यस समयमा काठमाडौँ नगरपालिकाको नगर प्रमुख प्रेमलाल सिंह थिए। वि.सं. २०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको पहिलो नगर प्रमुखको रूपमा केशव स्थापित निर्वाचित भएका थिए।[१३]

नगर प्रमुखहरूको सूची[सम्पादन गर्नुहोस्]

राणा शासनकाल (वि.सं. १९७६–२००७)[सम्पादन गर्नुहोस्]

# नगर प्रमुख पदावधि
सिंह शमशेर[१४] वि.सं. १९७६ अज्ञात
गहेन्द्र शमशेर थापा[१५] वि.सं. २००४[१६] वि.सं. २००७

सङ्क्रमण काल (वि.सं. २०१०–२०१७)[सम्पादन गर्नुहोस्]

# नगर प्रमुख पदावधि राजनीतिक दल
जनकमान श्रेष्ठ[१७] वि.सं. २०१० वि.सं. २०११[१८] नेपाल कम्युनिष्ट पार्टी
प्रयागराज सिंह सुवाल[१९] वि.सं. २०११ वि.सं. २०१७ नेपाली कांग्रेस

पञ्चायत काल (वि.सं. २०२२–२०४७)[सम्पादन गर्नुहोस्]

# प्रधानपञ्च पदावधि
गणेशमान श्रेष्ठ[१९] वि.सं. २०२२ वि.सं. २०२७
चन्द्रानन्द नेवा[२०] वि.सं. २०२७ वि.सं. २०३३
बासुदेव ढुङ्गाना[१९] वि.सं. २०३३ वि.सं. २०३८
प्रेमबहादुर शाक्य[१९] वि.सं. २०३८ वि.सं. २०३९
कमल चित्रकार[१९] वि.सं. २०३९ वि.सं. २०४३
१० हरिबोल भट्टराई [१९] वि.सं. २०४३ वि.सं. २०४७

संवैधानिक राजतन्त्र काल (वि.सं. २०४७–२०६३)[सम्पादन गर्नुहोस्]

# नगर प्रमुख पदावधि राजनीतिक दल
११ प्रेमलाल सिंह[२१] वि.सं. २०४९ वि.सं. २०५४ नेपाली कांग्रेस
१२ केशव स्थापित[२२] वि.सं. २०५४ वि.सं. २०६० नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
१३ राजाराम श्रेष्ठ[२३] वि.सं. २०६० वि.सं. २०६१ राष्ट्रिय प्रजातन्त्र पार्टी

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल (वि.सं. २०७४–वर्तमान)[सम्पादन गर्नुहोस्]

# तस्विर नाम पदावधि निर्वाचित राजनीतिक दल
१४
विद्यासुन्दर शाक्य[२४] वि.सं. २०७४ जेष्ठ १७[२५] वि.सं. २०७९ जेष्ठ ५[२६] २०७४ नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
१५
बालेन्द्र शाह वि.सं. २०७९ जेष्ठ १६[२७] वर्तमान २०७९ स्वतन्त्र

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शर्मा, भुवन, "महानगरका मेयरको तलब कति?", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०६-२९ 
  2. २.० २.१ "स्थानीय तह अभ्यासका सय वर्ष", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-१८ 
  3. मचामसी, अमित, "तस्वीरमा बालेनको शपथ ग्रहण", हिमाल खबर, अन्तिम पहुँच २०२२-०६-२९ 
  4. नेपालको संविधानको धारा २१६ को उपधारा २ बमोजिम (सन् २०१५ सेप्टेम्बर २०)
  5. ५.० ५.१ "स्वायत्त शासन" (नेपालीमा), स्वशासन अध्ययन प्रतिष्ठान, वि.सं. २०७२ बैशाख, पृ: ७, अन्तिम पहुँच वि.सं. २०७८ चैत्र २  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-१६ मिति
  6. आचार्य, सन्तोष, "रोलक्रम परिवर्तन र प्रजातन्त्रको उदय", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०३ 
  7. "नगर परिचय", काठमाडौँ महानगरपालिका कार्यालय (नेपालीमा), २००६-०५-०१, अन्तिम पहुँच २०२२-०४-०३ 
  8. "कहिले-कहिले भएको थियो स्थानीय तह निर्वाचन?", द नेपाल टप (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-१८ 
  9. "नगरपालिका ऐन, २०४७" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १० 
  10. "श्री ५ महारजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान २०४७ बक्सेको घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ कार्तिक २३, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १ 
  11. "मेचीदेखि महाकाली" (नेपालीमा), श्री ५ सरकार सूचना मन्त्रालय, सन् १९७५, अन्तिम पहुँच २०२२-०२-१५ 
  12. "नगर कार्यपालिकाको कार्यालय - काठमाडौँ महानगरपालिका" (नेपालीमा), काठमाडौँ महनगरपालिका कार्यालय, वि.सं. २०७८, पृ: १, अन्तिम पहुँच वि.सं. २०७८ चैत्र २ 
  13. "गेहेन्द्र शम्शेरदेखि विद्यासुन्दरसम्म : ७५ वर्ष क-कसले हाँके काठमाडौं ?", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२२-०६-३० 
  14. खतिवडा, दिपेश, "A mayoral history of Kathmandu" [काठमाडौँको मेयर इतिहास], काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  15. "गेहेन्द्र शम्शेरदेखि विद्यासुन्दरसम्म : ७५ वर्ष क-कसले हाँके काठमाडौं ?", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२२-०७-०२ 
  16. अर्याल, दीपक, "राणाकालको चुनाव", हिमाल खबरपत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०७-०२ 
  17. थापा, सूर्य, "जो २४ वर्षको उमेरमा काठमाडौँको पहिलो मेयर बने", नेपालखबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०१ 
  18. अधिकारी, प्रकृति, "प्रजातन्त्रपछिको पहिलो स्थानीय निर्वाचन", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०५-२८ 
  19. १९.० १९.१ १९.२ १९.३ १९.४ १९.५ नेपाल, खेमराज (वि.सं. २०७३ आसार), "नगरपालिका: के छ, के छैन?" (नेपालीमा), स्वशासन अध्ययन प्रतिष्ठान, पृ: १२, अन्तिम पहुँच वि.सं. २०७८ चैत्र २०  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०४-०३ मिति
  20. "रहेनन् काठमाडौं महानगरका पूर्ववडाध्यक्ष चन्द्रानन्द नेवा", ललितपुर खबर (नेपालीमा), २०२२-०५-१२, अन्तिम पहुँच २०२२-०६-२८ 
  21. "यसरी जितेका थिए पिएल सिंह र केशव स्थापितले काठमाण्डौ महानगरको चुनाव, अहिले त्यस्तै तयारी नथाले जित्न मुस्किल पर्छ !", सूर्य खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  22. "केशव स्थापित सरकारबाट विस्थापित होलान् ?", मकालु खबर (नेपालीमा), २०१८-११-०२, अन्तिम पहुँच २०२२-०४-०२ 
  23. "आधा दर्जन पूर्वसांसद मेयरमा भिड्दै (सूचीसहित)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०३ 
  24. "काठमाडौँ महानगरमा एमालेका विद्यासुन्दर शाक्य विजयी", नागरिक सामचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  25. "काठमाडौं महानगरमा नवनिर्वाचित विद्यासुन्दर शाक्य सहितका जनप्रतिनिधिको शपथ ग्रहण आज", जनबोली न्यूज (नेपालीमा), २०१७-०५-३१, अन्तिम पहुँच २०२२-०७-०२ 
  26. "स्थानीय जनप्रतिनिधिको कार्यकाल कहिले सकिन्छ ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०७-०२ 
  27. "काठमाडौंका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०७-०२