काठमाडौँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
काठमाडौँ

येँ
काठमाडौँ महानगरपालिका
माथिबाट क्रमश: काठमण्डौको एक झलक (माथि), सङ्घीय संसद भवन (बायाँ), रानी पोखरी (दायाँ), काठमाडौँ दरबार क्षेत्र (बायाँ), पशुपतिनाथ मन्दिर (दायाँ), बौद्धनाथ स्तुप (तल)
माथिबाट क्रमश: काठमण्डौको एक झलक (माथि),
सङ्घीय संसद भवन (बायाँ), रानी पोखरी (दायाँ),
काठमाडौँ दरबार क्षेत्र (बायाँ), पशुपतिनाथ मन्दिर (दायाँ),
बौद्धनाथ स्तुप (तल)
काठमाडौँको झण्डा
झण्डा
काठमाडौँको आधिकारिक लोगो
लोगो
आदर्श वाक्य(हरू): 
मेरो पौरख, मेरो गौरव, मेरो कठमाण्डौ
काठमाडौँ is located in Kathmandu Valley
काठमाडौँ
काठमाडौँ
काठमाडौं उपत्यकामा स्थान
काठमाडौँ is located in वाग्मती प्रदेश
काठमाडौँ
काठमाडौँ
काठमाडौँ (वाग्मती प्रदेश)
काठमाडौँ is located in नेपाल
काठमाडौँ
काठमाडौँ
काठमाडौँ (नेपाल)
निर्देशाङ्क: २७°४३′०२″N ८५°१९′२६″E / २७.७१७२°N ८५.३२४०°E / 27.7172; 85.3240निर्देशाङ्कहरू: २७°४३′०२″N ८५°१९′२६″E / २७.७१७२°N ८५.३२४०°E / 27.7172; 85.3240
राष्ट्र नेपाल
प्रदेशवाग्मती प्रदेश
जिल्लाकाठमाडौं जिल्ला
पहिलो बसोबासइसा पुर्व ७२३
नगरपालिका स्थापनासन् १९३१
महानगर घोषितसन् १९९५
सरकार
 • प्रमुखविद्यासुन्दर शाक्य (नेकपा)[१]
 • उप प्रमुखहरिप्रभा खड्गी (नेपाली कांग्रेस)[२]
 • प्रमुख कार्यकारी अधिकृतलक्षमण अर्याल
क्षेत्रफल
 • जम्मा५०.६७ किमी (१९.५६ वर्ग माइल)
उन्नतांश
१,४०० मिटर (४,६०० फिट)
जनसङ्ख्या
 • जम्मा९,७५,४६३
 • घनत्व१९,०००/किमी (५०,०००/वर्ग माइल)
भाषाहरु
 • आधिकारिकनेपाली
 • थप स्थानीयनेपाल भाषा
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
पोस्टल कोड
44600 (हुलाक)
क्षेत्रीय सङ्केत(हरू)०१
मानव विकास सूचकाङ्कIncrease ०.६५० मध्यम [४]
वेबसाइटआधिकारिक वेबसाइट

काठमाडौँ (नेपाल भाषा: येँ देय्‌) (यसका बारेमा सुन्नुहोस् ) नेपालको राजधानी तथा सबैभन्दा ठूलो सहर हो। प्रागऐतिहासिक इतिहास भएको यो नगरलाई मध्यकालमा कान्तिपुर भनिन्थ्यो । इतिहासका विभिन्न कालखण्डमा विभिन्न राजवंशले शासन गरेको यो नगर नेपालको एकिकरण देखि नेपालको राजधनीको रूपमा रहेको छ। काठमाडौं उपत्यका भित्र पर्ने यो सहरमा राष्ट्रपति निवास तथा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय (सिंहदरवार), नेपाल सरकारको केन्द्रीय सचिवालय मन्त्रालयहरू, प्रायः सबै केन्द्रीय कार्यलयहरू, सरकारी तथा निजी टेलिभिजन स्टेसनहरू तथा थुप्रै सरकारी तथा निजी रेडियोहरू तथा समाचार संस्थाहरू रहेका छन्। नेपाली सेनाको केन्द्रीय कार्यालय जङ्गी अड्डा, सशस्त्र प्रहरी-बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यही रहेका छन् ।

इतिहास[सम्पादन गर्ने]

पुरातात्विक रुपले काठमाडौंमा मानव वस्ती धेरै प्राचीन समयदेखि रहेको पाइन्छ। काठमाडौंमा नवपाषाण युगका अवशेषहरू भेट्टाइएका छन। काठमाडौंको मालीगाउँमा १८५ इस्वी सम्बतको मूर्ति सबैभन्दा प्राचीनतम तिथि सहितको अवशेष हो। चावहिलमा अवस्थित सम्राट अशोकको पुत्रीद्वारा निर्मित धन्दो चैत्य करिब दुई हजार वर्ष पुरानो चैत्य हो।

प्राचीन काल[सम्पादन गर्ने]

काठमाडौं नगरको प्राचीनतम् इतिहास धार्मिक ग्रन्थ तथा वंशावलीहरूबाट प्राप्त गर्न सकिन्छ। यस्ता ग्रन्थहरू तथ्यपरक भन्दा पनि भावात्मक हुने भएकाले यिनीहरूलाई ठोस प्रमाणको रुपमा भने लिन सकिन्न। यस्ता ग्रन्थहरू मध्ये एक प्रमुख ग्रन्थ स्वयम्भू पुराण हो। यो ग्रन्थ अनुसार काठमाडौं उपत्यका प्राचीन समयमा एक दह थियो। यस दहको नाम नागदह थियो। महाचीनबाट बुद्ध धर्मका बोधिसत्त्व मञ्जुश्रीले यस दहमा आलौकिक रश्मि देखेर यहाँ मानव वस्ती निर्माण गर्ने निधो गरे। उनले यस दहको दक्षिणमा रहेको कच्छपाल पर्वतमा चन्द्रह्रास खड्गले प्रहार गरेर यहाँको पानी निकास गरिदिए। तत्पश्चात, वर्तमान काठमाडौंमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे। वर्तमान काठमाडौंको मजिपात (मञ्जुपत्तनको अपभ्रंश)मा रहेको मञ्जुश्रीको मन्दिरलाई सो प्रथम सभ्यताको केन्द्रको रुपमा सांस्कृतिक रुपमा लिइने गरिन्छ।

गोपाल राजवंशावली संस्कृत र नेपाल भाषामा लिखित नेपालको राजवंशावली हो। यस वंशावलीको पहिलो केही पृष्ठहरू अनुपलब्ध छन। यस वंशावलीका उपलब्ध पृष्ठहरू अनुसार नेपाल मण्डलमा (काठमाडौं लगायत उपत्यका वरिपरिका क्षेत्रमा) गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंसहरूले शासन गरेका थिए।

काठमाडौं केन्द्रित किरात राजा यलम्बरले महाभारत युद्धमा सहभागी भएको भन्ने विश्वास छ। साथै, सातौं किरात राजा जितेदास्तीको समयमा बुद्ध वा बौद्ध भिक्षुहरू काठमाडौं उपत्यका आएको पनि ग्रन्थहरूमा उल्लेख गरिएको छ। यसकालमा काठमाडौंमा यम्बु भन्ने मुख्य वस्ती थियो र यँगाल भन्ने (मञ्जुपत्तन निकट) सानो वस्ती थियो। काठमाडौंलाई अहिले पनि केही भोट-बर्मेली भाषाहरूमा यही नामबाट "यम्बु" भनिने गरिन्छ। साथै, नेपालभाषामा काठमाडौंको नाम येँ पनि यही शब्दबाट उत्पन्न भएको नाम हो।

लुम्बिनीमा शाक्य वंश माथि विरुढकद्वारा आक्रमण भएपश्चात बचेका शाक्य र कोलियहरूको आगमन पश्चात काठमाडौंमा रहेका बस्तीहरूको नाम यम्बुबाट कोलिग्राम र यँगालबाट दक्षिणकोलिग्राममा परिवर्तन भए।

शैक्षिक संस्थाहरू[सम्पादन गर्ने]

चिकित्सा शास्त्र अध्यान संस्थान महाराजगंज, अमृत साइन्स, त्रिचन्द्र, रत्न राज्य, नेपाल ल, बाल्मीकी विद्यापिठ, सरस्वती, पब्लिक युथ, रत्न ज्योती, महेन्द्ररत्न, नेपाल कर्मस क्याम्पस,नेपाल ललितकला क्याम्पस , जनप्रशासन क्याम्पस, महेन्द्र संस्कृत विश्वविद्यालय काठमाडौं कार्यालय, नेपाल मेडिकल कलेज, काठमाडौं डेन्टल कलेज, राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान वीर अस्पताल लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षिक संस्था यो नगरमा छन्।

स्वास्थ्य संस्थानहरू[सम्पादन गर्ने]

नेपालका केन्द्रिय अस्पतालहरू बीर अस्पताल, शहीद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्र, शहीद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखाकेन्द्र, कुष्ठरोग अस्पताल, टोखा नेपाली सेनाका त्रिचन्द्र अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पायोनिएर अस्पताल, शसस्त्र प्रहरीको ज्ञानेन्द्र शसस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरीको वीरेन्द्र प्रहरी अस्पताल, त्रिभुवन विश्वविद्यालय चिकित्सासास्त्र अध्यान संस्थानको शिक्षण अस्पताल महाराजगंज, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, आयुर्वेदिक अस्पताल नरदेवी, सुस्माकोइराला प्लास्टिक सर्जरी अस्पताल सांखु का साथै नर्भिक, मेडीकेयर, काठमाडौं मोडेल अस्पताल लगायतका प्रशिद्ध थुप्रै निजी तथा सामुदायिक अस्पतालहरू पनि यहाँ रहेका छन।

व्यवसाय यातायात तथा संचार[सम्पादन गर्ने]

विभिन्न निजी कम्पनीहरूका केन्द्रिय कार्यालय, केही कारखानाहरूका साथै बालाजु औद्योगिक क्षेत्र र थुप्रै विक्री केन्द्र यहाँ रहेका छन्। काठमाडौंको टेलिफोन कोड ०१ हो। यो सहरमा झन्डै ८ लाख मानिस बसोबास गर्दछन्। काठमाडौं उपत्यकाभित्र पर्ने यो सहरमा नेपाल सरकारको केन्द्रीय सचिवालय, सिहंदरवार, मन्त्रालयहरू, प्राय सबै केन्द्रीय कार्यालयहरू, नारायणहिटी राजदरवार काठमाडौंमा नै छन्। नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल काठमाडौंमा रहेको छ। त्रिभुवन विमानस्थलबाट मस्को, आम्स्टर्डम, भियना, दुबई, अबुधावी, सारजाह, रियाद, दमाम, मनामा, मस्कट, दोहा, करांची, दिल्ली, मुम्वइ, कलकत्ता, वाराणसी, पटना, ढाका, रंगुन, बैंकक, सिंगापुर, क्वालालाम्पुर, पारो, चेन्दु, लासा, ग्वान्जु, सांघाई, बेइजिंग, सिउल, ओसाका लगायतका सहर विभिन्न विमान सेवा मार्फत प्रत्यक्ष जोडिएका छन्। त्यसैगरी यहाँको स्युचाटार भन्ने ठाँउमा साना विमानहरू मात्र अवतरण र उडान गर्नसक्ने अर्को सानो विमानस्थल सञ्चालित थियो तर विश्वखाद्य कार्यक्रमले खाद्यान्न ढुवानीका लागि सुरू गरेको उक्त विमानस्थल हाल विमानस्थल नभइ खेलमैदानको रूपमा रहन गएको छ।

सरकारी तथा निजी टेलिभिजन प्रसारण केन्द्रहरू, थुप्रै सरकारी तथा निजी रेडीयोहरू तथा समाचार संस्थाहरू रहेका छन। सबै प्रकारका फोन सेवा तथा इन्टर्नेट सेवा यहाँ उपलब्ध छन्। देशका प्राय सबै भागसँग सडकमार्ग बाट जोडिएको यो सहरमा यातायात साधनको अभाव छैन तर साँगुरा र भत्केका सडक उल्लेख्य मात्रामा सुधारको अबस्थामा रहेका छन्।

जनसङ्ख्या[सम्पादन गर्ने]

बि.स. २०६८ को जनसङ्ख्या विवरण अनुसार नेपालको सबैभन्दा बढी जनसंख्या काठमाडौमा बस्छन् । पछिल्लो जनगणना अनुसार काठमाडौंको जनसङ्ख्या ९,७५,४६३ रहेको छ ।[स्रोत नखुलेको]

ऐतिहासिक महत्वका तथा अन्य महत्वपूर्ण स्थलहरू[सम्पादन गर्ने]

चित्र दिर्घा[सम्पादन गर्ने]

भगिनी सहर[सम्पादन गर्ने]

काठमाडौँको भगिनी सहर

हालसम्म भगिनी सम्बन्ध स्थापित भएका अन्र्तराष्ट्रिय सहरहरू[५] भगिनी सम्बन्ध स्थापनका लागि प्रक्रियामा रहेका अन्तर्राष्ट्रिय सहरहरू
  • संयुक्त राज्य बोल्डर , संयुक्त राज्य अमेरिका (proposed) [२०]
  • थाइल्याण्ड बैङकक , थाईल्याण्ड (proposed) [२१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://www.kathmandu.gov.np/
  2. http://www.kathmandu.gov.np/
  3. "National Population Census 2011", National Planning Commission Secretariat, Central Bureau of Statistics (CBS), Government of Nepal, September २०११।  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. http://www.internal-displacement.org/8025708F004CE90B/(httpDocuments)/0865FF03B159B9C1C1257980002F2D30/$file/Nepal_Central_Region_Overview_Paper.pdf
  5. http://www.kathmandu.gov.np/ne/content/%E0%A4%95%E0%A4%BE%E0%A4%A0%E0%A4%AE%E0%A4%BE%E0%A4%A1%E0%A5%8C-%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7
  6. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच २ अक्टोबर २०१७ 
  7. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच २ अक्टोबर २०१७ 
  8. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच २ अक्टोबर २०१७ 
  9. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच १६ अप्रिल २०१८ 
  10. "Twin towns and Sister cities of Minsk [via WaybackMachine.com]" (Russianमा), The department of protocol and international relations of Minsk City Executive Committee, मूलबाट २ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१३ 
  11. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच २ अक्टोबर २०१७ 
  12. Corfield, Justin (२०१३), "Sister Cities", Historical Dictionary of Pyongyang, London: Anthem Press, पृ: १९६, आइएसबिएन 978-0-85728-234-7 
  13. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच १६ अप्रिल २०१८ 
  14. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच १६ अप्रिल २०१८ 
  15. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच १६ अप्रिल २०१८ 
  16. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच १६ अप्रिल २०१८ 
  17. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच २ अक्टोबर २०१७ 
  18. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच १६ अप्रिल २०१८ 
  19. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच १६ अप्रिल २०१८ 
  20. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच १६ अप्रिल २०१८ 
  21. "KMC International Relationship With Sister Cities", अन्तिम पहुँच १६ अप्रिल २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]