कानाइघाट उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कानाइघाट उपजिल्ला
কানাইঘাট
ꠇꠣꠘꠣꠁꠊꠣꠐ
—  उपजिल्ला  —
कानाइघाट उपजिल्ला बङ्गलादेश-এ অবস্থিত
कानाइघाट उपजिल्ला
कानाइघाट उपजिल्ला
बाङ्लादेशको नक्शामा कानाइघाट उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग सिलेट विभाग
जिल्ला सिलेट जिल्ला
क्षेत्रफल
 - जम्मा ४१२.२५ किमी (१५९.२ वर्ग मी)
जनसङ्ख्या (सन् १९९१)
 - जम्मा १७८,६५४
 जनघनत्व ४३३.४/किमी (१,१२२.४/वर्ग मी)
मूलबासी नाम कानाइघाटी, सलहटी
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
हुलाक ३१८०
वेबसाइट Kanaighat Upazila

कानाइघाट (बाङ्ला: কানাইঘাট) बङ्गलादेशको सिलेट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[१][२][३]

भूगोल[सम्पादन गर्ने]

कानाइघाट उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°५३' देखि २५°०६' उत्तर अक्षांश र ९२°०१' देखि ९२°२६' पूर्वी देशान्तरणमा अवस्थित छ। कानाइघाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४१२.२५ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई भारतको मेघालय राज्य र जैन्तापुर उपजिल्लाले उत्तर, बियानीबाजारजाकिगञ्ज उपजिल्लाले दक्षिण, भारतको मेघालय राज्यले पूर्व, गोलापगञ्जजैन्तापुर उपजिल्लाले पश्चिमबाट घेरेका छन्। सुरमा र चालत बिल यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने यस युद्धका बेला यस क्षेत्रमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका मानिसहरूले (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरि आतङ्क मच्चाएका थिए जहाँ मालीग्राम र गौरीपुर समावेश थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २१६४९५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०८२३४ छ भने महिलाको जनसङ्ख्या १०८२६१ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २०८१६९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८०३६ छ। त्यस्तै गरि बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २२२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६८ रहेको छ। यस उपजिल्लामा खासिया र मणिपुरी जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा ४९१ मस्जिद र ३० मन्दिर, १ गिर्जाघर रहेका छन्।[४] कानाइघाट जामे मस्जिद, मङ्गलपुर गिर्जाघर आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका २७.९९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ६१.७६% ले पोखरी, १.१७% ले टुटी र ९.८०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ७.८०% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य केन्द्र, ८ सङ्घ स्वास्थ्य तथा परिवार नियोजन केन्द्र, २७ सामुदायिक स्वस्थ्य संस्था र ५ पशसचिकित्सालयहरू रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, चिया, आलु, प्याज, पानको पात, दालचीनीको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया कटहर, भुइँकटर, सुन्तला, कागती, पानको पात, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया चिया, पानको पात, बालुवा दालचीनीको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको खैनी, जुट र गँहु पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्र रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४८.०३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ११.४९%, उद्योगमा ०.४२% वाणिज्यमा ८.९०%, सञ्चार र यातायातमा ०.९५%, निर्माण क्षेत्रमा १.२६%, सुविधामा ४.३०%, धार्मिक सेवामा १.२०%, वैदेशिक रोजगारी तथा भाडामा १२.६१% र अन्यमा १०.८४% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय कानाइघाट थानाको स्थापना सन् १९३२ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा २ नगरपालिका ९ सङ्घ परिषद्, २५२ मौजा/महल्ला र २९९ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; पूर्व लक्ष्मीप्रसाद सङ्घ परिषद्, पश्चिम लक्ष्मीप्रसाद सङ्घ परिषद्, पूर्व दिघीरपार सङ्घ परिषद्, सातबाँक सङ्घ परिषद्, बडचतुल सङ्घ परिषद्, कानाइघाट सङ्घ परिषद्, दक्षिण रानीग्राम सङ्घ परिषद्, झिङ्गाबाडी सङ्घ परिषद्, राजागञ्ज सङ्घ परिषद्।[५]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर २९.६२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३४.४३% छ भने महिलाको साक्षरता दर २४.८९%रहेको छ। यस उपजिल्लामा ३ क्याम्पस, १ प्राविधिक शिक्षण संस्था, २० माध्यमिक विद्यालय, ११३ प्राथमिक विद्यालय, ८ सामुदायिक विद्यालय, १४ बाल उद्धान केन्द्र र १५ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; दुर्गापुर उच्च विद्यालय (सन् १९१५), झिङ्राबाडी सिनियर मदरसा (सन् १८८२), कानाइघाट मनसुरिया सिनियर मदरसा (सन् १८८९), गाछबाडी जामिउल उलुम आलिया मदरसा (सन् १९०१), सडकेर बाजार आहमदिया आलिम मदरसा (सन् १९१४) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "कानाइघाट उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. "কানাইঘাট উপজেলা - বাংলাপিডিয়া", bn.banglapedia.org, २०१९-०६-१०। 
  3. "কানাইঘাট উপজেলা", kanaighat.sylhet.gov.bd, २०१९-०६-१०। 
  4. "মৌনমুখর ‘লোভাছড়া’", NTV Online, २०१९-०६-१०, मूलबाट ২০১৯-০৬-২১-मा सङ्ग्रहित। 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]